होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो
स्वास्थ्य-जीवनशैली

कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो

  • नागरिक रैबार
कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो

कोरोनाभाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । गत वर्षको अन्त्यमा चीनमा पहिलोपटक देखिएको भाइरसका कारण विश्वभर संक्रमित हुने संख्या १ करोड नाघिसकेको छ ।

यसमध्ये आधाभन्दा बढी संक्रमित अमेरिका र युरोपमा रहेका छन् । तर, पछिल्लो समय अमेरिकी महादेशमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । त्यस्तै, दक्षिण एसिया र अफ्रिकामा कोभिड–१९ को संक्रमण फैलिदो छ । विश्वका अन्य भागमा पनि भाइरसको संक्रमण फैलिरहेको छ । पछिल्लो ६ दिन थप १० लाख नयाँ संक्रमित फेला परेका छन् ।

हालसम्म अमेरिकामा सर्वाधिक २५ लाख संक्रमित भेटिएका छन् भने १ लाख २५ हजार बढीले ज्यान गुमाएका छन् । लकडाउन खुकुलो पारेसँगै अहिले अमेरिकाका टेक्सास र फ्लोरिडामा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

विज्ञापन

अमेरिकापछि ब्राजिलमा सर्वाधिक १३ लाख मानिस संक्रमित रहेका छन् । त्यहाँ ५७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

यता, चीनले आइतबारदेखि बेइजिङ नजिकै थप कडा लकडाउन लागू गरेर नयाँ संक्रमणलाई रोक्ने प्रयास थालेको छ । यता, बेलायतको लेस्टरमा संक्रमितको संख्या बढ्न थालेपछि बेलायतले पनि लकडाउन गर्ने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार