होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रुकुम- सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिए । उनका अनुसार चौरजहारी नगरपालिका–८ […]
काठमाडौं, ३१ असार । नेपाल पत्रकार महासंघले दैनिक जीवनयापनमा समस्या हुँदा पेशाबाटै पलायन हुनुपर्ने स्थिति आउन नदिन केन्द्रीय समिति मातहतका पत्रकारका लागि आपतकालीन राहत कोष स्थापना गर्ने भएको छ। महासंघका महासचिव रमेश विष्टले महासंघको केन्द्रीय समितिले ३० लाख रूपैयाँ राखेर कोष सुरु गरेको पनि बताउनुभयाे। उहाँका अनुसार कोषमा महासंघका बेलायत, युरोप, जापान, युएई, कोरिया, कुवेत, भारत, […]
मेलम्ची, ३१ असार । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परिक्षणको क्रममा सुरुङको १७ नं गेट फुट्दा हिजो दिउँसो १२ बजे बेपत्ता भएका २ जना मध्ये १ जनाको शव फेला परेको छ । त्यहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएका थिए । तिमध्ये इन्जिनियर सतिस गोहितको शव […]
काठमाडौं, ३१ असार । यातायात व्यवसायीहरुले वातावरण सहज बने लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन् ।यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज वातावरण भए लामो दुरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन् । सरकारले आफुहरुसँग परामर्श नगरी यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट बनेको व्यवसायीहरुले विभागमा भएको सर्वपक्षीय […]
काठमाडौं, ३१ असार । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।आज दिउँसो उपचारको क्रममा रौतहट परोहाका ३६ बर्षीय एक पुरुषको कोभिड १९ कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार केही दिन अघि भारतबाट फर्किएका ती पुरुष रौतहटको परोहाको क्वारेन्टाइनमा […]
काठमाडौं, ३० असार । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६१ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलसनमा ६ हजार ६ सय ९५ जना संक्रमित उपचाररत रहेका छन् । मंगलबार ३४ जना […]
काठमाडौं, ३० असार । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीभित्रको अन्तरविरोध समाधान गर्ने विषयमा छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा अध्यक्षद्वयबीच पार्टीभित्रको विवादमा सहमति खोज्ने प्रयास भइरहेको जनाईएको छ । विवाद समाधानका लागि भन्दै अध्यक्षद्वय ६ दिनपछि छलफलमा जुट्नु भएको हो । यसअघि पनि बिवाद समाधानका […]
काठमाडौं ३० असार। नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायका व्यक्ति पुगेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा. मानबहादुर बीकेलाई सचिवमा बढुवाको निर्णय गरेको हो । लोकसेवा आयोगको अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि बीकेसँगै गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम सिफारिस गरेको थियो । तीनमध्येबाट बीके सचिव […]
कञ्चनपुर: भारतबाट मल ल्याउन पाउनुपर्ने माग राख्दै कञ्चनपुरका किसानहरु आन्दोलित भएका छन्। भीमदत्त नगरपालिका–१३ का किसानहरु खेतमा मलको अभाव भएपछि भारतबाट ल्याउन दिनुपर्ने माग राख्दै आन्दोलित हुन। मंगलबार बिहानदेखि झोलुंगे पुलमा ताला लगाएर स्थानीय किसानहरुले आन्दोलन गरिरहेका छन्। खेतमा हाल्नको लागि मलखाद नभएको र सरकारले अहिलेसम्म पनि कुनै व्यवस्था नगरेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको स्थानीय […]
धनगढी : गत असार १९ गते सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि पाँच सय १५ जनामा कोरोना भाइरस पुष्टि भयो। धनगढी प्रयोगशाला र काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ८ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पाँच सय १५ जनामा कोरोना पुष्टि भएको थियो। सो दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ४७ जना, त्रिवि शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा […]
राजेन्द्र बिक/बाजुरा ३०असार। बन्दाबन्दिको समयमापनि बालबालिकाको सिकाइलाइ निरन्तरता दिन संचालन गरिएको रेडियो कार्यक्रम सिक्दै सिकाउंदै बाजुरामा अत्यन्तै प्रभावकारी बन्दै गएको छ । दुर्गम जिल्लाका दुरदराज स्थित गाउँका अभिभावकहरुलाई बालबालिका प्रतीको आमा बुवाको जिम्मेवारि बोध गराइ बालबालिकाको खेल्दै सिक्दैको वातावरण लाई सिर्जनात्मक बनाउने उद्देश्यका साथ संचालन गरिएको सो कार्यक्रम युनिसेफ नेपालको आर्थिक तथा प्राबिधिक सहयोग सेतो […]
३० असार, काठमाडौं । अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको रूकुमकाे चाैरजहारी घटना नियोजित भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ । आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले निष्कर्ष निकालेको छ । अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको […]
काठमाडौं : काठमाडौं उपत्यका सार्वजनिक यातायात सञ्चालनमा आएकोे छ। बन्दाबन्दीपछि मयूर यातायातले उपत्यकामा यात्रु सेवा सुरु गरेको हो। सरकारले असार २६ गतेदेखि ५० प्रतिशत क्षमतामा यात्रु बोक्न दिने गरी सार्वजनिक यातायात सुरु गर्ने निर्णय गरेको थियो। तर ठूला यातायात कम्पनीले सरकारसँग विभिन्न सर्त राखेर यातायात सञ्चालन गरेका छैनन्। मयूर यातायातले २६ गतेदेखि नै यात्रु सेवा सुरु […]
काठमाडौं, ३० असार । नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न/देख्न पाउँदैनन्। दार्चुलाको व्यास–१ छाङरुस्थित बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) बाट कालापानी हिँडेको सशस्त्र प्रहरीको टोली गत जेठ १८ गते त्यहाँभन्दा १.२ किलोमिटर वरैबाट फर्किएको […]
काठमाडौंं, ३० असार । देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले सरकारले प्रारम्भिक आकस्मिक सेवा कार्यक्रम सुरु गर्न लागेको हो । केन्द्रीय अस्पतालहरूमा आकस्कि सेवा निःशुल्क बनाउने […]
नागरिक रैबार/ बाजुरा ३० असार । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । पहिराेमा पुरिएर मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ३ मेलढुस्काका ७२ बर्षिया शिब बोहोरा रहेका छन् । साेमबार दिउसो गाइ गोरु चराउन गएका बेला मेलढुस्का काप्कोट सडकको बिचमा गोरु चराउन गएका बेला पहिरोमा पुुुुरिएर […]
काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक दलित सचिवमा बढुवा भएका छन् । सहसचिव डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका हुन् । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिव डा. विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा पहिलोपटक दलित समुदायको सचिवमा विकको नाम लेखिएको छ । पाल्पाका विकले माइक्रोफाइनान्समा पीएचडी गरेका हुन् । खाद्य सुरक्षाबारे उनी […]
मदन विक/बाजुरा २९ असार। बडीमालिका नगरपालिका वडा नं. २ स्थित भौनेराको क्वारिन्टाईनमा मृत्यु भएका भुपेन्द्र दमाईको परिवारलाई राहत सहयोग गरिएको छ । नेकपा बडीमालिका वडा संगठन कमिटीको समन्वय, नेकपा नगर संगठन कमिटीको पहल तथा सदरमुकाम स्थित व्यापारी र कर्मचारीको आर्थिक सहयोगमा मृतक दमाईको परिवारलाई राहत स्वरुप खाद्यन्न र जिन्सी सामाग्री सहयोग गरिएको हो । क्वारिन्टाईनमा […]
काठमाडौँ । सरकारले खरिद गर्ने भनिएको ३०० विद्युतीय बस खरिद अन्योलमा परेको छ । गत वर्ष छुट्याइएको बजेट फ्रिज भएको र आगामी आवका लागि बजेट विनियोजन नभएपछि बस खरिद अन्योलमा परेको हो । दुई वर्ष पहिले वर्ष सरकारले साझा यातायात सहकारी प्रालिमार्फत बस खरिद गर्न शेयर खरिद गरेको थियो । सोहीअनुसार प्रालिले आवश्यक तयारी गर्दा […]
२९ असार, काठमाडौं । अग्लो कद, लामो कपाल र सुगठित शरीरका एक लक्का जवानले नेपाली चलचित्र उद्योगमा धमाकेदार इन्ट्री गरे, २०४० को दशकमा । नाम– राजेश हमाल । आफ्नै मामाले निर्देशन गरेको ‘युगदेखि युगसम्म’ बाट डेब्यू गरेका हमालले अन्तत नेपाली चलचित्रमा ‘एक युग’ नै राज गरे । पहिलो चलचित्रबाटै ‘स्टार’ भएपछि उनले कहिल्यै पछाडि फर्केर […]