होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा कोरोना परीक्षण घटेपछि दैनिक संक्रमण पनि घट्यो
Breaking News

सुदूरपश्चिममा कोरोना परीक्षण घटेपछि दैनिक संक्रमण पनि घट्यो

  • नागरिक रैबार
सुदूरपश्चिममा कोरोना परीक्षण घटेपछि दैनिक संक्रमण पनि घट्यो

धनगढी : गत असार १९ गते सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि पाँच सय १५ जनामा कोरोना भाइरस पुष्टि भयो। धनगढी प्रयोगशाला र काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ८ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पाँच सय १५ जनामा कोरोना पुष्टि भएको थियो।

सो दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ४७ जना, त्रिवि शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा दुई सय सात र धनगढीको सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तर पछिल्लो केही दिनदेखि भने सुदूरपश्चिमबाट स्वाब संकलन नै घटेपछि कोरोना परीक्षण पनि घटेको छ। असार दोस्रो र तेस्रो सातामा संकास्पद विरामीको संख्या बढेपछि देशभरीका पाँच वटा प्रयोगशाला मार्फत सुदूरपश्चिमबाट संकलित स्वाबको नमुना परीक्षण थालिएको थियो। तर अहिले भने डडेल्धुरा, धनगढी र टेकु ,प्रयोगशाला मार्फत मात्रै सुदूरपश्चिमबाट संकलन गरिएका स्वाबको परीक्षण हुने गरेको छ।

सोमवार साँझसम्म ६ सय १ जनाको स्वाबको मात्रै परीक्षण बाँकी रहेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालाका प्रमुख रमेश शाहीले अहिले पनि औसतमा दैनिक तीन सय जनाको कोरोना परीक्षण हुँदै आएको बताए। उनले भने, ‘भारतबाट फर्किनेको संख्या घटेको छ। त्यसैले पनि कोरोना संक्रमणको दर कम भएको हुनुपर्छ। समुदाय स्तरको परिक्षण सुरु समेत नगरीएकोले जोखिम टरेको छैन्।’

विज्ञापन

प्रदेशमा पछिल्लो समय संक्रमितको संख्या घटेपछि जोखिम कम भएको अनुमान भईरहेको बेला परीक्षण समेत घटेको पाईएको छ। भारत तथा कोरोना प्रभावित क्षेत्रबाट फर्किने क्रम कम भएको छ भने समुदाय स्तरमा अझै परीक्षण हुन सकेको छैन्। समुदाय स्तरमा परीक्षण नहुँदा जोखिम कायमै रहेको हो। तर प्रदेश सरकार लगायतका निकायले परीक्षणको दायरा फराकिलो बनाउन ध्यान नदिएको देखिएको छ। सरकारले भारतबाट फिर्किएका र आरडीटी पोजेटिभ देखिएकाहरुको मात्र परीक्षण गरेकाले कोरोना संक्रमणको जोखिम भने कम नभएको हो।

पहिलेको तुलनामा लकडाउन पनि खुकुलो भएकाले संक्रमणको जोखिम अझै कायमै रहेको सेती प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार विभाग प्रमुख डक्टर शेरबहादुर कमरले बताए। ‘समुदाय स्तरमा परीक्षण समेत गरेका छैन्। समुदायमा फैलिएको हुनपनि सक्छ,’ उनले भने, ‘क्वारेन्टिनमा दुई÷तीन हप्ता पछि मात्र घर गएकाहरुबाट संक्रमणको जोखिम नभएपनि लुकीछिपि आएकाहरुबाट संक्रमणको जोखिम छ।’ सुदूरपश्चिम प्रदेश सरकार भने संक्रमण दर काम हुँदै गएको दावी गर्दै आएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले दर न्यून भएको दावी गरे। प्रदेश सरकार भारतबाट फर्किएकाको सीमा क्षेत्र र समुदाय स्तरमा समेत कोरोना परीक्षणको तयारीमा रहेको उनले जानकारी दिए। ‘कोरोना परीक्षण प्रयोगशालाको अहिले समस्या छैन्। समुदाय स्तर र सीमा क्षेत्रमा पनि स्वाब संकलन गर्दै परिक्षण गर्छौ।’ उनले भने।

दिनेशखबरमा कमल साउँदले समाचार लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार