होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • मदिरा सेवन गरि प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक बसचालक पक्राउ
समाज

मदिरा सेवन गरि प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक बसचालक पक्राउ

  • नागरिक रैबार
मदिरा सेवन गरि प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक बसचालक पक्राउ

नागरिक रैबार/बाजुरा १० मंसिर ।जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरेर प्रहरीमाथि अभद्र व्यवहार गरेकाे आराेपमा एक बस चालकलाई प्रकाउ गरेकाे छ ।
विहिबार काठमाण्डौंबाट बाजुरा आइरहेको ना ७ ख २३०९ नम्बरको बसका चालक धनराज रोकायाले रिठा प्रहरी चाैकिबाट खटिएको प्रहरी टाेलीलाई अभद्र व्यवहार गरेकाे प्रहरीले बताएकाे छ । बस चेकजाँच गर्दा चालकले मदिरा सेवन गरेर बस चलाएको पाईएकाे छ ।
अस्थायी प्रहरी पोष्ट रिठाबजारमा चेकजाँचको क्रममा चालक रोकायाले मदिरा सेवन गरी प्रहरीलाई गाली गलौच गर्नका साथै अश्लिल शव्द प्रयोग गरेपछि उनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुुसार मापसे सेवन गरेर गाडी चलाउने बसचालक रोकायालाई अभद्र व्यवहार गर्न नहुने कसुर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको  जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार