होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिबिर सञ्चालन हुने
समाचार

बाजुरामा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिबिर सञ्चालन हुने

  • नागरिक रैबार
बाजुरामा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिबिर सञ्चालन हुने

नागरिक रैबार / बाजुरा ९ मंसिर। बाजुराका प्रत्येक स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा मेरी स्टोप नेपालको सहयोगमा जिल्लाका प्रत्येक स्थानीय तहहरुमा परिवार नियोजन शिविर सञ्चालन गरिने भएको हो ।

मंसिर १५ गतेदेखि २३ गतेसम्म परिवार नियोजनको स्थायी (मिनिल्याप र भ्यासेक्टोमी) बन्ध्याकरण शिविर हुने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

नौ वटा स्थानीय तह मध्ये पाँच स्थानीय तहमा शिबिर संचालन गरिने भएको छ । जसमा मंसिर १५, १६ र १७ गते बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, मंसिर १९ गते गौमुल गाउँपालिकाको कोभिड अस्पताल घट्मुना, मंसिर २१ गते बिवेणी नगरपालिकाको कोभिड अस्पतालमा, मंसिर २२ गते बुढीगंगा नगरपालिकाको टाटे स्वास्थ्य चौकी र मंसिर २३ गते बडीमालिका नगरपालिकास्थि जिल्ला अस्पतालमा शिविर सञ्चालन हुने पन्तले बताए ।

विज्ञापन

स्थायी बन्ध्याकरणमा पुरुषहरुका लागि भ्यासेम्टोमी र महिलाहरुका लागि मिनिल्याप सेवा सञ्चालन हुने जनाएको छ । महिलाहरुले बन्ध्याकरण गर्न आउँदा खाली पेट र एक जना सहयोगी साथमा ल्याउनुपर्ने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तै बन्ध्याकरण शिबिर सञ्चालन हुने स्थानीय तहका स्वास्थ्य संस्थामा आवश्यक समन्वय गरी ओटी लगायत ब्यवस्थापन गर्न सम्बन्धीत स्वास्थ्य संस्थालाई जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार