होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२ चैत,बाजुरा । नेपाल पत्रकार महासघं बाजुराका निबर्तमान अध्यक्ष मदनराज जैशीलाई पृतशोक परेको छ । निबर्तमान अध्यक्ष जोशीका बुवा गोरखराज जैशीको आज दिउसोँ ३ बजेतिर निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समयदेखी बिरामी भएका जोशीको बडिमालिका नगरपालिका वडा न ७ जिल्ली स्थित आफ्नै घरमा ६७ मृत्यु भएको जनाएको छ । जैशीको भोली हिन्दु […]
नेपालमा पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काभ्रेका ११ महिने बालकलाई शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा. रमेशसिंह भण्डारीले बताए । जन्मजातदेखि नै कलेजोमा समस्या भएकाले बालकलाई ३५ बर्षका बाबुले कलेजो दिएपछि प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा. भण्डारीले बताए । प्रत्यारोपणमा सहयोग गर्न फोर्टिस […]
बिबिसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्माको ६३ बर्षको उमेरमा निधन भएको छ । शुक्रबार काठमाडौंको एक अस्पतालमा मृगौला सम्बन्धी रोगका कारण शर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही समयदेखि मृगौला रोगबाट पीडित शर्माको शरीरका विभिन्न अंगहरुले काम गर्न छोडेपछि निधन भएको जनाइएको छ । शर्माका परिवारमा एक छोरा र श्रीमती छन् । […]
२८ फागुन, सुर्खेत । समयमै उद्धार नहुँदा सुर्खेतमा एक सुत्केरीको मृत्यु भएको छ । सोरुगाउँपालिका–५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो । स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, […]
२६ फागुन, डोटी । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर र्दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् । प्रहरीका अनुसार दुर्गा देवी माध्यमिक विद्यालयका विद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिका–७ नन्देगडाको दुबातल भन्ने ठाउँमा दुर्घटनामा परेको अछामका प्रहरी प्रमुख तुल्सीराम अर्यालले जानकारी दिए । अर्यालका अनुसार उनीहरु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा […]
गगन अयडी २६ फाल्गुन । बाजुरा पत्रकार महासघ शाखाका संस्थापक अध्यक्ष तथा प्रेस युनियनका केन्द्रीय सदस्य दयारमा पण्डित उचराका लागि अस्पतालको बेडमा छटपटी रहेका छन । उनको घर बाजुरा जिल्ला बडिमालिका नगरपालिका को सदरमुकाम मार्तडीमा रहेको छ । पण्डित समचार पत्रमा बाजुराबाट रिपोर्टिङ गर्छन भने किनारा अनलाइन को सम्पादक समेत रहेका छन ।( पण्डित रिपोर्टिङ […]
महेन्द्रनगर । तीन दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोना भाइरस सङ्क्रमणका बेला आफ्नो परिवारलाई छाक टार्न धौधौ भएको दुःखेसो पोखे । बन्दाबन्दीमा गाउँमा ज्याला मजदुरीसमेत पाउन छाडेपछि खाद्यान्नको निकै समस्या भएको बताउँदै राउटे युवक मान सिंहले आफूहरु पनि जागिर […]
बाजुरा: बडिमालिका नगरपालिका ६ बिरेखोला पुल नजिकै २ वटा चितुुवा देखापरेको भन्दै स्थानियलाई सचेत रहन जिल्ला प्रहरी कार्यलय बाजुराले आग्रह गरेको छ । मंगलवार साँझा अन्दाजी ०५ः३० बजेको बिरेखोला पुल भन्दा १ सय मिटर अगाडी कोर्दा जाने लोड्दुक ओडारमा २ (दुई) वटा चितुवा देखा परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ । स्थानियका अनुुसार दिनभरी त्यहि […]
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा.भूपेन्द्र बहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । डा. खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले डा.खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोक विज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका […]
२५ फागुन, काठमाडौं । फागुन २३ गतेदेखि काठमाडौं लगायत देशभर दोस्रो चरणको कोरोना खोप अभियान जारी छ । ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुले पनि अहिले धमाधम आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाइरहेका छन् । काठमाडौंको चावहिलस्थित ऊँ अस्पताल खोप केन्द्रमा पनि जेष्ठ नागरिकहरु कोरोना खोप लगाउने पुगिरहेका छन् । सो खोप केन्द्रमा मंगलबार एकजना […]
बाजुरा २५, फाल्गुन । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलोपटक कालाजार रोगका बिरामीको सफल उपचार भएको छ। यसअघि कालाजारका बिरामीलाई तराईका जिल्ला, सुुर्खेत तथा नेपालगञ्ज रेफर गर्नुपर्ने बाध्यता थियो। तर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाटै कालाजारको उपचार हुने भएपछि उक्त बाध्यताको अन्त्य भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुुराज जैशीले बताए।पहिलोपटक कालाजारबाट ग्रसित भएकी स्वामीकार्तिक खापर […]
जुम्ला । एक छाक सादा खानाको कति पर्छ ? भन्दा सहजै जवाफ आउन सक्छ सामान्यतया १ सय रुपैयाँ । तर, कर्णाली प्राविधिक शिक्षालयको सामूहिक भान्छामा भने साकाहारी खानाको १२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म पर्ने गरेको छ । यहाँका विद्यार्थीहरुको एउटा नियम छ । एक वर्षको लागि सुरुमै १२ देखि १५ हजार रुपैयाँ मेसमा बुझाउने विद्यार्थीको संख्याअनुसार […]
काठमाण्डौ । मष्तिष्कघात भई २०७७ फागुन १४ गते शुक्रबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । नर्भिक अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्थामा सुरुवातका केही दिनमा राम्रो सुधार भए पनि शनिवार बिहानदेखि एक्कासी समस्या आएको हो । […]
२५ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर […]
२५ फागुन, काठमाडौं । कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन । तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश […]
काठमाडौँँ । महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ । नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ । अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् । पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकादशीको […]
२४ फागुन, सुर्खेत । कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ परेपछि कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ । आइतबारदेखि सुरु भएको खोप कार्यक्रम हिउँ परेपछि सोमबार अवरूद्ध भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आइतबार रातिबाट नै हिउँ पर्न थालेपछि सोमबार खोपकार्यक्रम अवरुद्ध भएको हो । हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु […]
रामबहादुर वि. क. । बाजुरा – जिल्लाको खप्तडछेडेद–६ की मैतोलाकी देउमा गुयाल उमेरले ४० वर्षकी भइन् । उनीसंग तीन छोरा छोरी छन् । उमेर ढल्किदै गएपनि उनी राज्यको सेवा सुविधाबाट भने बञ्चित भएकी छन् । गुयालका श्रीमान् बेपत्ता भएको दुई वर्ष भयो । श्रीमान् बेपत्ता भएको खबरपछि उनी संकटमा परेकी छन् । उमेर छिपिदै गएपनि […]
२४ फागुन, बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट तीन दिन हिँडेपछि पुगिन्छ, स्वामिकार्तिक खापर गाउँपालिका-१, मुुक्तिकोट । पहिले ‘डुमकोट’ भनिने यो गाउँ माओवादी विद्रोह चुलिदै गएपछि ‘मुक्तिकोट’ भएको हो । गाउँका चार सय परिवारको भोक-रोगमा भने नामको परिवर्तनले केही फरक पारेको छैन । मानव विकास प्रतिवेदन २०१५ र राष्ट्रिय जनगणना २०६८ अनुसार सिंगो बाजुराको ६४.१ […]
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि […]