होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निमेन्द्र शाही / २३ फागुन । बाजुरा सडक सञ्जालमा जोडिएसँगै साँफे-मार्तडीको बाटोमा पर्ने झोलुङ्गे पुलहरू प्रयोगविहीन बनेका छन् । अछामको साँफे बगर र बाजुरा सदरमुकाम मार्तडीको बीचमा पर्ने सात वटा झोलुङ्गे पुलनजिकै पक्की पुलहरू बनेपछि पुराना पुल प्रयोगविहीन बनेका हुन् । जिल्लामा हरेक वर्ष झोलुङ्गे पुल निर्माण, मर्मत तथा रेखदेखमा सरकारी रकम खर्च भइरहेकाे छ […]
अहिले हामी शिशिर ऋतुको अन्त्य अन्त्यतिर छौं । हेमन्त र शिशिर ऋतुमा जाडो यामका महिनाहरू हुन्छन् । त्यही भएर यी ऋतुहरूमा सेवनयोग्य हुने रस-गुण-आहार-विहारहरू अरू ऋतुभन्दा पृथक हुन्छन् । यी जाडो याममा मधुर, अम्ल, लवण रसको सेवन अनि स्निग्ध र गुरु गुणयुक्त आहारहरू उपयुक्त हुन्छन् । नयाँ दुग्ध परिकार, बोसो, नयाँ चामल, गुड एवं पीठोबाट […]
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् । खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह […]
नागरिक रैबार/बाजुरा २२ फागुन। नेकपा बाजुराका युवा नेता महेश शाहीले आफ्नो जन्मदिन मार्तडीमा रहेको समता स्कुलमा मनाएका छन् । जगन्नाथ गाउँपालिकाको वडा नं. ३ मनिकाँडामा जन्मेका नेता शाहीले पहिलोपटक विद्यालयका विद्यार्थीहरुसंग आफ्नो जन्मदिन मनाएका हुन् । समता स्कुलका कुशल अभिभावक समेत रहेका नेता शाहीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई नगद र स्टेशनरी सामाग्री सहयोग गरेर मनाएका […]
२१ फागुन, काठमाडौं । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं सास फेर्न थालेका छन् । नेता जोशीको अवस्थामा चामत्कारिक सुधार भएको भन्दै अस्पतालले बिहीबार बिहानदेखि नै भेन्टिलेटरको सपोर्ट हटाएको बताएको छ । जोशीको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर […]
धनगढीः सुदूरपश्चिममा ह्याण्डपम्प र बोरिङ्गको पानीसँगै अधिकांश उद्योगले प्लास्टिकको बोतलमा बेच्ने प्रशोधित पानी पनि न्यून गुणस्तरीय र दूषित रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालु आर्थिक वर्षको ८ महिनामा प्रशोधित पानी अर्थात् प्लास्टिकका बोतलमा बेचिने पानीका ३९ वटा नमूना परीक्षण गरेको थियो। ती मध्ये ८ उद्योगले उत्पादन गरेका पानी गुणस्तरहिन र […]
२० फागुन, डोटी । डोटीको केआई सिंह गाउँपालिका-४ मा रहेको झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको छ । कक्षा ६, ७ र ८ मा पढ्ने १२ जना छात्राहरुमा करिब एक महिनादेखि टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको छ । ‘हामीले धेरै प्रयास गर्यौं, उनीहरुको स्वास्थ्य जाँच […]
बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेकाे राेहेल हाेटलमा कोभिट १९ बिरुद्धको खोप अभियान सम्बन्धी जिल्ला खोप समन्वय समिति तथा पत्रकारहरु संगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा अब तेस्रो चरणको कोभिट १९ बिरुद्धको खोप अभियान संचालनमा सबैको साथ सहयोग र कोही पनी नछुटन भन्ने हेतुका साथेै खोप समन्वय समिति र पत्रकारहरुसंग […]
१९ फागुन, काठमाडौं । डोटीको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँघरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो । जिल्लाका नौवटै स्थानीय तहमा लागू गर्ने योजनाअनुसार सुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट सुरु गरिएको हो । […]
१९ फागुन, काठमाडौं । प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरुले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सांसदहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा नेता देवप्रसाद गुरुङलगायतले खोप लगाएका छन् । खोप लगाउने कार्यक्रम जारी छ । अपराह्न […]
काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना विरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिएका हुन् । सांसदहरुले भने बुधबारबाटै यो खोप लगाउन सुरु गरेका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर सांसदहरुले खोप लगाउन थालेका हुन् । फागुन […]
१८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले मंगलबार एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छन् । राष्ट्रपति भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता […]
बैतडी: बैतडीमा घट्ने अधिकांश घटनाको कारक तत्व मदिरा रहेको बताइएको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको संयुक्त आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सो कुरा बताइएको हो। जिल्लामा हुने गरेका आपराधिक क्रियाकलापहरू मध्ये ९० प्रतिशत घटना मदिराका कारण हुने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूको गुनासालाई सम्बोधन […]
१८ फागुन, काठमाडौं । गत साता विश्वभर कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार दिएको जानकारीअनुसार सात सातापछि पहिलोपटक विश्वभर कोरोना संक्रमणमा वृद्धि भएको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसले सोमबार एक ब्रिफिङमा बोल्दै विश्वभर कोरोना संक्रमण बढ्नु दुखद् भए पनि अनौठो भने नरहेको बताए । उनले […]
काठमाडौं । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ। कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ खोपविज्ञ डा. श्यामराज उप्रेतीले कोभिसिल्ड खोप ७१ प्रतिशत मात्र प्रभावकारी भएको जानकारी दिए। उनले भने, […]
अछाम: भाइरल ज्वरोको प्रकोपपछि अछामको एक विद्यालयमा ५ दिनका लागि विदा दिइएको छ। जिल्लाको मंगलसेन नगरपालिका–११ जुपु वलडाडामा रहेको कालीका माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा भाइरल ज्वरोको लक्षण देखिएपछि पठनपाठन फागुन २१ गतेसम्मका लागि बन्द गरिएको हो। करिब १ हप्तादेखि शिक्षक र विद्यार्थीमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने तथा टाउको दुख्न लक्षण देखिएपछि […]
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना विरुद्धको खोप लगाएका छन् । प्रधानसेनापति थापाले सोमबार कोभिड–१९ (कोरोना) विरुद्धको खोपको पहिलो डोज लिएका हुन् । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर उनले खोप लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । राज्यले विवाहको उमेर २० वर्षभन्दामाथि कायम गरेको भए पनि जिल्लामा २० वर्ष नपुग्दै विवाह गर्ने किशोरी गर्भवती […]
काठमाडौँ — बालाजु बाइसधाराकी आशामाया खड्गीको घर सात वर्षअघि सडक विस्तार गर्न काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले भत्काइदियो । घर भत्काइदिएको दिनदेखि नै बस्ने ठाउँसमेत नपाएको भन्दै उनी गुनासो गर्दै हिँडेकी छन् । बालाजुमा सडक विस्तार गर्ने नाममा मुआब्जासमेत नदिई घरजग्गा मासिदिएको विरोधमा आइतबार काठमाडौं महानगरको कार्यालयमा प्रदर्शन गरिँदै। आइतबार उनी महानगर घेराउ कार्यक्रममा पनि सहभागी भइन् । […]
१७ फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् […]