होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • श्रीमानसँगै होटलमा बसेकी महिला मृत भेटिइन्
समाचार

श्रीमानसँगै होटलमा बसेकी महिला मृत भेटिइन्

  • नागरिक रैबार
श्रीमानसँगै होटलमा बसेकी महिला मृत भेटिइन्

११ चैत, जनकपुरधाम । जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत भेटिएकी छन् ।

जनकपुरधाम उप-महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत फेला परेकी हुन् ।

 

विज्ञापन

म्याग्दीको मेलानी गाउँपालिका-७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली श्रीमान् विश्वास श्रीपालीसँगै दुई दिनअघि होटलमा आएर बसेकी थिइन् ।

उनी होटल छेउमा रहेको हिलो जमेको ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

दुई साताअघि वैदेशिक रोजगारबाट फर्केका श्रीमानसँग उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन आएको बुझिएको प्रहरीले जनाएको छ ।

श्रीमानसँगै होटलमा सुतेकी उनी हाम फालेर आत्महत्या गरेकी हुन् कि कसैले खसाएको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार