होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २२६ घरधुरी भएको गाउँ रित्तिएर १८ घरधुरी बाँकी, त्यही पनि ७ घर जले
समाचार

२२६ घरधुरी भएको गाउँ रित्तिएर १८ घरधुरी बाँकी, त्यही पनि ७ घर जले

  • नागरिक रैबार
२२६ घरधुरी भएको गाउँ रित्तिएर १८ घरधुरी बाँकी, त्यही पनि ७ घर जले

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ५ स्थित साविक आँपचौर गाविसको खर्बाङ गाउँमा गएराति आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएका छन् । बसाइँसराइँको क्रम बढेपछि अहिले गाउँ रित्तोप्रायः बनेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेका अनुसार जलेर नष्ट भएको सात वटै घर गोठमा मानिसहरु बस्दैनन् । बसाइँसराइँ गरेर छाडेको अनमबहादुर सार्कीको घर जलेर नष्ट भएको छ । त्यस्तै बलबहादुर बिक, बेदबहादुर सार्की, देवाने परियार, केशर भट्टराई र पदमपाणि परियारलगायतको घर गोठ जलेर नष्ट भएको हो ।

मुसीकोट नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष भारिथ खरेलका अनुसार २०५४ सालको निर्वाचनताका त्यस खर्बाङ गाउँमा २ सय २६ घरधुरी बसोबास गर्दथे । त्यसयता निरन्तर बसाइँसराइँ बढ्दै जाँदा हाल १८ घरधुरी मात्र बाँकी रहेको छ । १८ घरधुरी मध्ये अधिकांस राम्चे गाउँबाट आएर बसेकाहरु भएको उनले बताए ।

विज्ञापन

वडाध्यक्ष खरेलका अनुसार खेतीपातीका लागि उर्वर भूमि त्यस गाउँमा विद्यालय र मोटर बाटो सुविधाको अभावमा बसाइँसराइँ बढेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार