होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१२ चैत, काठमाडौँ । भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । उनलाई सहायक सिडिओ धरेन्द्र चापागाइ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि […]
११ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९६३ जनामा भएको आरटी पीसीआर परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार ४०३२ जनामा भएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख […]
चैत्र ११, डोटी । चालू आर्थिक बर्षको पहिलो ६ महिना साउनदेखि पुषसम्म सुदूरपश्चिम प्रदेशमा क्षयरोगका एक हजार दुई सय ८२ बिरामी देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दिएको जानकारी अनुसार कैलालीमा सबैभन्दा बढी पाँच सय एक जना क्षयरोगका बिरामी छन् । सवैभन्दा कम दार्चुलामा २५ क्षयरोगी छन् । यस्तै कञ्चनपुरमा तीन […]
काठमाण्डाै – भारतका १८ राज्यमा काेराेना भाइरसकाे नयाँ प्रकार भेटिएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको ‘डबल म्यूटेन्ट’ भाइरसबीच कुनै सम्बन्ध नभएकाे बताएकाे छ । काेराेना भाइरसकाे याे नयाँ प्रकार विभिन्न देशमा देखिइसकेकाे छ । पछिल्लाे केही समयदेखि विश्वका विभिन्न देशसहित भारतमा काेराेना सङ्क्रमण […]
बाजुरा ११ चैत । बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले स्थानीय आपतकालिन कार्यसंचालन केन्द्रको स्थापना गरेको छ । बिपतको समयमा हुने सुचना प्रबाह तथा आपतकालिन अबस्थामा उद्धार तथा राहत लगायतका कार्यहरुलाई चुस्त दुरुस्त अगाडी बढाउन सो केन्द्रको स्थापना गरिएको हो । स्थानीय तह आपत्कालीन कार्य सञ्चालन केन्द्रको उद्देश्य नेपाल सरकारको विपद् व्यवस्थापन कार्यसंग सम्बन्धित […]
काठमाडौं । प्रतिनिधिसभा अन्तरगत रहेको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले छिमेकी देशहरूमा कोभिडको दोस्रो लहर देखापरेको भन्दै आवश्यक सतर्कता अपनाउन सरकारलाई सुझाव दिएको छ । बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा समितिले गठन गरेको उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समिति सभापति जयपुरी घर्तीलाई प्रतिवेदन दिँदै १८ बुँदे सुझाव प्रस्तुत गरेका छन् । गत भदौ […]
दैलेख — नारायण नगरपालिका– ५ धिताहस्थित नवदुर्गा निमाविका सयौं विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो । ज्वरो आउने, रिँगटा लाग्नेलगायत समस्याले विद्यार्थी थला परेपछि मंगलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए । उनका अनुसार आइतबार करिब […]
११ चैत, जनकपुरधाम । जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत भेटिएकी छन् । जनकपुरधाम उप-महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत फेला परेकी हुन् । म्याग्दीको मेलानी गाउँपालिका-७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली श्रीमान् विश्वास […]
तपाईंले खाना खान छोड़नु भयो, पानी पिउन छोड़नु भयो भने कति दिन बाँच्न सक्छु जस्तो लाग्छ ? त्यस्तै यदि तपाईंले श्वास लिन छाड़नु भयो भने कति समय बाँच्न सक्छु जस्तो लाग्छ ? खाना र पानी छाडेर तपाईं ३ देखि ५ दिन बाँच्न सक्नुहोला तर श्वास लिन छाड़नु भयो भने दिनको कुरा छोड़नुस कति मिनेट भन्नुपर्ने […]
काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षदेखि क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्न लागेको हो । क्षयरोगलाई नियन्त्रण र निर्मूलीकरण गरी सबै पालिका क्षयरोगमुक्त गरिने केन्द्रका निर्देशक डा अनुज भट्टचनले बताउनुभयो । गएको वर्ष एक लाख ५५ […]
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३२ पीसीआर परीक्षणमा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ भने सक्रिय […]
१० चैत, डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका-१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो । मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा […]
धनगढीः कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो। अहिले मृतकका आफन्तले […]
१० चैत, काठमाडौं । फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए । चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने उनले बताए […]
१० चैत, कैलाली । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका अनुसार गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ । मंगलबार […]
चैत ९, डोटी । सरकारले छुवाछुतमुक्त मुलुक घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको दलित समुदायले गुनासो गरेका छन् । डोटीको सायल गाउँपालिका–१ का वीरवहादुर सार्की दलित समुदायमाथि अहिले पनि जातीय छुवाछुत हुने गरेको बताउँछन् । चिया पसलमा चिया खायो भने गिलास धुनुपर्ने अवस्था रहेको उनले बताए । ‘जातीय छुवाछुत अन्त्य भएको घोषणा गरिएको छ, तर […]
९ चैत, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मी सरोज चौधरीले जानकारी दिए । उनका अनुसार औषधिबाट लामखुट्टे मरेको छैन भने औषधि छर्किएको केही […]
एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना संक्रमित भएका छन् । गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष शुरु भएयताका नै सब भन्दा बढी हो । यस अवधीमा कोरोना संक्रमणबाट […]
मलाई लाग्छ, हरेक व्यक्तिमा कुनै न कुनै विशेष खूबी हुन्छ । प्रतिभा हुन्छ । त्यसैगरी हरेकको आ–आफ्नै कमजोरी पनि । मान्छेको सक्षमता वा अक्षमता भन्ने कुरा तपाईं कहाँ उभिएर हेरिरहनुभएको छ भन्ने कुराले पनि निर्धारण गर्छ । जस्तो सबै आँखा देख्ने व्यक्तिहरूको बीचमा म दृष्टिविहीन उभिएँ भने, त्यहाँ सबैभन्दा कमजोर देखिन सक्छु । तर, दृष्टिविहीनको […]
इलाम । अनौठो रोगका कारण यहाँको एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाट पीडित भएका छन् । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला […]