होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — सरकारले सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा गणित, अंग्रेजी, विज्ञानलगायत प्राविधिक धारका विषयको शिक्षक अभाव हुन नदिने बताउँदै शिक्षक दरबन्दी पुनरावलोकन गर्ने बताएकी हुन् । सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ भने कक्षा ११ र १२ मा एउटा पनि स्थायी दरबन्दी […]
नागरिक रैबार/बाजुरा १० जेठ। बडीमालिका नगरपालिकामा भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई आएका जनप्रतिनिधिहरुलाई इसाई समाज बाजुराले सम्मान गरेको छ । ईसाई समाज बाजुराले आज आफ्नो कार्यालयमा बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा लगायत वडा अध्यक्ष र सदस्यहरुलाई पाँच वर्षे पूर्ण कार्यकालको सफलताको कामना गर्दै सम्मान गरेको हो । इसाई […]
नागरिक रैबार/बाजुरा १० जेठ। आगोले जलेकि बाजुराकी एक महिला आर्थिक अभाबमा समस्या परेकि छन् । बुढिगंगा नगरपालिका वडा नम्बर १० बस्ने २३ बर्षकि लोकशरी कुवर अछामको बयलपाटा अस्पतामा रहेकि छन् । बयलपाटा अस्पताले उपचार सम्भब नभएको भन्दै रिफर गरेको भएपनि पैसा नहुदा अस्पतालमा उपचारमा अभाबमा बेडमै थन्किएछि छन् । जेठ ३ गते घरमै आगाले जलेकी […]
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको नतिजा करिब करिब अन्तिम चरणमा पुगेको छ । यो लेख तयार पार्दासम्म कुल ७५३ स्थानीय तहमध्ये नेपाली कांग्रेस ३०० भन्दा बढी पालिका तहमा जितेर पहिलो पार्टी बनेको छ । २०७४ सालमा २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा एमाले यतिखेर २०० हाराहारी पालिकामा मात्रै जितेर दोस्रो पार्टीमा खुम्चिएको […]
खलंगा, जाजरकोट — जाजरकोट सदरमुकाम खलंगाको पश्चिमोत्तर रानागाउँको सिरानमा छ, मुनलाल विकको घर । जो, दुई वर्षअघि अन्तरजातीय प्रेम सम्बन्धकै कारण मारिएका नवराज विकका बुबा हुन् । नवराजको कोठाका भित्ता खेलकुद प्रतियोगिताबाट आर्जेका तक्मा र प्रमाणपत्र लहरै राखिएका छन् । तीमध्ये एउटा स्वर्ण पदकलाई छातीमा च्याप्दै मुनलाल भक्कानिए, ‘छोरै नरहेपछि यी तक्मा र प्रमाणपत्रको के काम ? यिनको म […]
नागरिक रैबार/बाजुरा १० जेठ। बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका नवनिर्वाचित जनप्रतिनिधीलाई नेपाल पत्रकार महासंघ बाजुराले स्वागत तथा बधाई दिएको छ । पत्रकारीता पेशालाई राम्रोसंग बुझेका कारण आफुहरु जहिले पनी पत्रकारको हकहितमा रहेर काम गर्ने बुढीनन्दा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनक कुमार बोहराले बताए ।पत्रकारले राम्रा कामको मात्रै नभएर आफुहरुले केहि गलत […]
नागरिक रैबार/बाजुरा ९ जेठ।बडीमालिका नगरपालिकाले नगरभित्रका गरिब, बिपन्न नागरिकलाई निशुुल्क एम्बुुलेन्स सेवा उपलब्ध गराउने भएको छ । भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट बडीमालिकाको नगरप्रमुख अमर खड्का र उपप्रमुख नन्दा थापाले पदभार ग्रहणपछि गरेका निर्णयहरु सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो । पत्रकार सम्म्मेलन मार्फत सार्वजनिक गरिएको निर्णय अनुसार नगरपालिकाले नगर भित्रका अति विपन्न, […]
नागरिक रैबार/बाजुरा ९ जेठ।बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट बडीमालिका नगरपालिका वडा नं. ९ को वडा अध्यक्षमा निर्वाचित भएका सूर्यकिरण विकले आजबाट वडा अध्यक्षको पदभार ग्रहण गरेका छन् । वडा कार्यालयले आज वडामा एक औपचारिक कार्यक्रम गर्दै नवनिर्वाचित वडा समितिलाई स्वागत र यस अघिको वडा समितिलाई विदाई गरेको छ । भ्रखरै सम्पन्न भएको […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अमर बहादुर खड्काले नगरपालिकामा पदभार ग्रहण गरेका छन् । नेकपा एमालेबाट बडीमालिकाको नगरप्रमुखमा निर्वाचित भएका खड्काले नगरप्रमुखको पदभार ग्रहण पश्चात नगर गरेका निर्णयहरु यस्ता छन् । निर्णय नं. १ ः विशेष धन्यवाद ज्ञापन –निर्वाचन आयोग , सार्वभौम मतदाता, राष्ट्रसेवक कर्मचारी,नेपाली सेना, नेपाल प्रहरी , सशत्र प्रहरी […]
तनहुँ । भानु नगरपालिका वडा नं. ६ की उमा गोतामले दलित महिला सदस्यमा दोहोरिन चाहेकी थिइन् । २०७४ को चुनावमा ६१५ मत प्राप्त गरेकी नेपाली कांग्रेसकी उनले त्यसै अनुसार पार्टीमा दाबी पनि गरेकी थिइन् । तर मनोनयन दर्ता गर्ने दिन उनलाई उपमेयरमा उठ्न भनियो ।कांग्रेसका नगरका नेताहरुले अन्य दलसँग तालमेलका लागि छलफल गरिरहेका थिए, भागबण्डा […]
नागरिक रैबार/बाजुरा६जेठ। बाजुराको हिमालीमा गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ। नगरपालिकाभित्र निर्वाचित भएका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत गम्भीर रानामगरले बताए। नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणत्र वितरण गरिएको उनले बताए। नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु गरी ३७ जनालाई प्रमाणपत्र वितरण गरिएको बताइएको छ।
नागरिक रैबार/बाजुरा ४ जेठ। जिल्लाको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही विजयी भएका छन् । उनले २ हजार ३ सय १९ मत ल्याएर अध्यक्षमा दोस्रोपटक विजयी भएका हुन्। उनका निकटम् प्रतिद्धन्दी नेपाली काँग्रेसका सुन्दर बहादुर विष्टले १ हजार ८ सय ७० मत ल्याएर दोस्रो पटक पराजित भएका छन् । विजयी भएका अध्यक्ष शाही र […]
बुढीन्नदा नगरपालिकामा २ सय मत गन्दा कसको कति ? नेकपा एमाले प्रमुख : ११९ उप-प्रमुख – नेपाली काँग्रेस प्रमुख- ७६ उप-प्रमुख- ४७ स्वतन्त्र स्वतन्त्र उपप्रमुख गुलाफ -९९ वडा अध्यक्ष एमाले- १२० नेपाली काँग्रेस: ६६
नागरिक रैबार। बाजुरा जिल्लाको उत्तरी क्षेत्रको बुढीनन्दा नगरपालिकामा मतगणना सुरु गरिएको छ । बैशाख ३० गते भएको स्थानीय निर्बाचन वडा नम्बर ८ मा धादली भएपछि मतदान स्थगित गरिएको थियो । नेपाली काँग्रेश र नेकपा एमालेका कार्यक्रता बिच दोहोरो झडप पछि मतदाताले स्वच्छ मर्यादित मयरहित बाताबरणमा मतदान गर्न नपाउने र मतदातालाई र मतदानमा खटिएका कर्मचारीहरुको सुरक्षा […]
नागरिक रैबार/बाजुरा ३ जेठ। बडीमालिका नगरपालिका ९ को वडाअध्यक्षमा एमालेका उम्मेदवार सुर्यकिरण बिक विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेकपा एकिकृत समाजबादीका उम्मेदवार दिर्घराज पाध्यायलाई पराजित गर्दै बिक बिजयी भएका छन । उनले ७२८ मत सहित बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी दिर्घराज पाध्यायका ३९६ र काग्रेसका उम्मेदवार मिन बहादुर थापाको ९ मत […]
बाजुराकाे बडीमालिका नगरपालिकाकाे पछिल्लो मत परिणाम यस्तो छ। एमाले : मेयर: ३२६१ उपमेयर : ३३८४ नेपाली काँग्रेस मेयर : ३१७८ उपमेयर: ३०५६
नागरिक रैबार/बाजुरा ३ जेठ। बाजुराकाे बडीमालिका नगरपालिका ७ काे वडा अध्यक्षमा एमालेका धर्मराज पाध्याय पुन: विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका धनलाल पाध्यायलाई ८१ मतले पराजित गर्दै वडा अध्यक्षमा पुन: विजयी भएका हुन् । धर्मराजले ६ सय १० र धनलाल पाध्यायले ५ सय २९ मत पाएका छन् । पत्रकारिता क्षेत्रबाट नेकपा एमालेकाे […]
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष पदमा एमालेका उम्मेदवार दिलबहाद रावत र उपाध्यक्षमा कांग्रेस उम्मेवार विसुदेवी नाथ विजयी भएका छन् । एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन् । रावतले ३ हजार ७ सय ४७ मत पाएका छन् बुढाले ३ हजार ५ सय ५८ मत पाएका छन् । यस्तै उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवार […]
देशका विभिन्न ठाउँमा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । आइतबार साँझ र सोमबार भएको दुर्घटनामा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय तहको निर्वाचनमा विजयी भएका उम्मेदवारलाई जितको खुसीयालीमा शुभकामना दिन गइरहेकाको मोटरसाइकल दुर्घटना हुँदा, विजयउत्सव मनाउन जाँदा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा र विजयी जुलुसका लागि […]
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा दलित समुदायका २४ वर्षीय एक युवा पहिलोपटक दलित समुदायबाट त्यस वडाको वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । वडा नम्बर- ८ साविक वामी गाविसका २४ वर्षीय रमेश रसौली (बिक) त्यस वडाका निवर्तमान वडाध्यक्ष, एमाले उम्मेदवार नारायण सापकोटालाई ६९ मतले पछाडि पार्दै दलित समुदायको पहिलो वडाध्यक्ष हुन सफल भएका हुन्। बिकले ५९३ […]