होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाका जनप्रतिनिधिलाई इसाई समाज बाजुराद्धारा सम्मान
समाचार

बडीमालिकाका जनप्रतिनिधिलाई इसाई समाज बाजुराद्धारा सम्मान

  • नागरिक रैबार
बडीमालिकाका जनप्रतिनिधिलाई इसाई समाज बाजुराद्धारा सम्मान

नागरिक रैबार/बाजुरा १० जेठ। बडीमालिका नगरपालिकामा भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई आएका जनप्रतिनिधिहरुलाई इसाई समाज बाजुराले सम्मान गरेको छ ।

ईसाई समाज बाजुराले आज आफ्नो कार्यालयमा बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा लगायत वडा अध्यक्ष र सदस्यहरुलाई पाँच वर्षे पूर्ण कार्यकालको सफलताको कामना गर्दै सम्मान गरेको हो ।

इसाई समाज बाजुराका अध्यक्ष रामसिंह उखेडाको अध्यक्षतामा इसाई समाज बाजुराले कार्यालयमा राखिएको सम्मान तथा बधाई कार्यक्रममा बडीमालिकाका नवनिर्वाचित नगरप्रमख अमर खड्काले बडीमालिकाको विकासका लागि दिनरात नभनि काम गर्ने बताएका थिए ।

विज्ञापन

इसाई समाज बाजुराले राखेको बडीमालिका नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा पाष्टर प्रमोद नेपालले ईसाइ समाज बाजुराले आफ्नो स्थापना कालदेखि बाजुरामा गर्दै आएका र आगामी वर्षमा गरिने कामका बारेमा जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।

इसाई समाज बाजुराका अध्यक्ष रामसिंह उखेडाको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि बडीमालिकाका नगरप्रमुख अमर खड्का रहेका थिए । कार्यक्रममा उपप्रमुख नन्दा थापा, बडीमालिका १ का वडाअध्यक्ष कृष्ण कार्की, ३ का डवल कार्की, ७ का धर्मराज पाध्याय, ८ का चन्द्रबहादुर थापा र ९ का वडा अध्यक्ष सुर्यकिरण विक लगायत वडा सदस्यहरु, इसाइ समाजका अम्मर च‌दारा, प्रविन विक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन इसाइ समाज बाजुराकी पार्वति जोशीले गरेकी थिईन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार