होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दलित महिला सदस्य उठ्न चाहेकी गोतामे बनिन् उपमेयर
समाचार

दलित महिला सदस्य उठ्न चाहेकी गोतामे बनिन् उपमेयर

  • नागरिक रैबार
दलित महिला सदस्य उठ्न चाहेकी गोतामे बनिन् उपमेयर

तनहुँ । भानु नगरपालिका वडा नं. ६ की उमा गोतामले दलित महिला सदस्यमा दोहोरिन चाहेकी थिइन् । २०७४ को चुनावमा ६१५ मत प्राप्त गरेकी नेपाली कांग्रेसकी उनले त्यसै अनुसार पार्टीमा दाबी पनि गरेकी थिइन् ।

तर मनोनयन दर्ता गर्ने दिन उनलाई उपमेयरमा उठ्न भनियो ।कांग्रेसका नगरका नेताहरुले अन्य दलसँग तालमेलका लागि छलफल गरिरहेका थिए, भागबण्डा मिलेको थिएन । नेकपा एकीकृत समाजवादी र माओवादीसँग थप छलफल गरेर तालमेल गर्ने, मेयर आफूले लिने र उपमेयरको उम्मेदवारी फिर्ता लिने तयारी अनुसार उनलाई उठाइएको थियो ।

नेपाली कांग्रेसबाट उपमेयरमा दाबी गर्दै आएका जिल्ला र नगरस्तरकै नेतृहरुले उम्मेदवारी फिर्ता गर्ने गरी उपमेयरमा मनोनयन दर्ता गर्न नचाहेपछि गोतामेले उम्मेदवार बन्ने मौका पाएकी थिइन् ।

विज्ञापन

माओवादीले पनि कांग्रेससँग बार्गेनिङ गर्नकै लागि सिताराम अधिकारीलाई मेयरमा र ओमकुमारी पौडेललाई उपमेयरमा मनोनयन दर्ता गर्न लगाएको थियो । एकीकृत समाजवादीले पनि उपमेयर पाउने आशामा श्रीराम पौडेलको मनोनयन दर्ता गरेको थियो ।

तर मनोनयन दर्तापछि पनि दलहरुबीच भागबण्डा मिलेन, कांग्रेसले एक्लै चुनावमा जाने निर्णय गर्‍यो र गोतामले उम्मेदवारी फिर्ता लिनु परेन । माओवादी र एकीकृत समाजवादीकाले पनि फिर्ता लिएनन् । एक्लै चुनावमा गएपछि नतिजा आउँदा कांग्रेसले मेयर उपमेयर दुवै जित्यो । फिर्ता गर्ने गरी उपमेयरमा उम्मेदवारी दिएकी गोतामेले झण्डै दोब्बरी बढी मतले चुनाव जितिन् ।

उनले १० हजार ५४७ मत ल्याइन् । एमालेको सहयोगमा उपमेयरको उम्मेदवार बनेका गोविन्दराज जोशी समूहका केशरबहादुर गुरुङले ५ हजार ८१७ मत मात्र ल्याए । नेकपा माओवादी केन्द्रकी ओमकुमारी पौडेलले १ हजार २३८ र नेकपा एकीकृत समाजवादीका श्रीराम पौडेलले ९ सय ३१ मत पाए ।

दलित महिला सदस्यमा दोहोरिन खोजेकी गोतामे उपमेयर निर्वाचित भएपछि खुसी छिन् । उनले अब आफूले दलित तथा पिछडिएको वर्गको हितमा काम गर्ने बताइन् ।

नेपाली कांग्रेसका भानुनगर समिति सभापति रामकुमार श्रेष्ठले भागबण्डा नमिलेका कारण तालमेल नभएको र एक्लै चुनावमा जानु परेको बताए । ‘हामी उपमेयरको उम्मेदवारी फिर्ता गर्न तयार थियौं, तर उहाँहरुले त्यो भन्दा बढी भाग खोज्नुभयो’, उनले भने, ‘त्यसैले हामी एक्लै चुनावमा गयौंँ र सफलता पनि पायौंँ ।’

नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम पौडेलले पनि आफूहरुले उपमेयर पाउने आशामा मनोनयन दर्ता गरेको तर कांग्रेसले पछि तालमेल नै गर्न नचाहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार