होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा ६ साउन सहास नेपाल बाजुराले बडीमालिका ८ र ९ का ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण गरेकाे छ । सहास नेपाल बाजुराद्वारा संचालन भएकाे लिफ्ट परियाेजनाले बडीमालिका ९ मा रहेकाे हातेमालाे कृषक समूह बाउलीका ३६ र रतुडाका १४ गरि ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण गरिएकाे सहास नेपाल लिफ्ट परियाेजनाका दिपक धामीले […]
नागरिक रैबार/बाजुरा ५ साउन। जिल्लाको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ कि एक महिला बाटोमै सुत्केरी भएकि छन् । गाउँपालिकाको वडा नं. २ माझगाउँमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभए पछि मुक्तिकोट घर भएकि कार्तिका विकले बाटोमै सुत्केरी हुनु परेको छ । फयालगाउँ स्थित सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा विकले बाटोमै सन्तान […]
नागरिक रैबार/ बाजुरा ५ साउन। जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको छ । नेकपा एमालेको १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हाे । जिल्लाका ९ वटा स्थानिय तहमा बुढीगंगा, बडिमालिका नगरपालिका,गौमुल, जगन्नाथ गाउपालिकामा गरि ४ वटा स्थानिय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । त्रिबेणी […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने सेतोपाटीलाई बताए। ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि आवश्यक […]
रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्।त्रिवेणी गाउँपालिका वडा नं. ७ अँधेरीखोलामा मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन्। प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन्। […]
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मंगलबारमात्रै यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मंगलबार नौ जनामा सङ्क्रमण […]
नागरिक रैबार/बाजुरा ३ साउन।बाजुराका एक युवकको भारतको मुम्बईमा निधन भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्मर २ नुवाघर भएका २५ वर्षिया धनबहादुर विकको भारतको मुम्बईको मुलुनको मुसिपाटी अस्पतालमा उपचारका क्रममा निधन भएको आफन्त डबल विकले बताएका छन् । उनका अनुसार निधन भएका धनबहादुर गत असोजमा विवाह गरेर रोजगारको सिलसिलामा ६ महिना अघि मात्रै मुम्बई […]
नागरिक रैबार/बाजुरा ३ साउन।कृषि ज्ञान केन्द्र बाजुराको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । ज्ञान केन्द्रले २०७८/८९ बाजुरामा गरेका क्रियाकलापहरुको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको हो । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरि प्रशाद पनेरूको अध्यक्षतामा भएको वार्षिक समिक्षा गोष्ठीमा प्रमुख अतिथि बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्का रहेका […]
काठमाडौं । नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ । यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ । बैठकले आगामी प्रतिनिधि र प्रदेश […]
नागरिक रैबार / बाजुरा,२ साउन। बाजुरामा दलित महिला शसक्तिकरण संस्थाको स्थापना गरिएकाे छ । बाजुराका ९ वटैपालिकामा सामाजिक क्षेत्रमा काम गर्ने गरि जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भएकाे साे संस्थाकाे कार्यालय मार्तडीबाट संचालन हुने गरि आज एक औपचारिक कार्यक्रमका बिच नेपाली काँग्रेस बाजुराका निवर्तमान पार्टी सभापति कविराज पण्डितले संस्थाको व्यानर बाचन गरेर उद्घाटन गरेका हुन् […]
पश्चिम नवलपरासी — खडेरीले आजित बनेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका छन् । लामो समयदेखि पानी नपर्दा खेतमा लगाएको धान सुक्न थालेपछि किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ । सोही मान्यताअनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद […]
नागरिक रैबार/बाजुरा २ साउन। कृषि ज्ञान केन्द्र बाजुराको २ दिने बार्षिक समिक्षा गोष्ठि सोमबारबाट मार्तडीमा सुरु भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा उक्त गोष्ठी मार्तडीमा संचालन गरिएको हो । गोष्ठीमा बाजुरामा कृषि ज्ञान केन्द्र र पालिकाका कृषि शाखाहरुले आर्थिक वर्ष २०७८/८९ मा गरेका क्रियाकलाप र २०७९/८० मा संचालन गर्ने कार्यक्रमको बारेमा समिक्षा गरिने […]
धनगढीः साउन महिनासँगै हरियो तथा पहेँलो चुरारपोते र मेहेन्दीको सिजन सुरु भएको छ। यी विभिन्न शृङ्गार (मेकअप) सामग्री भारत लगायत अन्य मुलुकबाट भित्रिने गर्छ। आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा मात्रै झण्डै ३ अर्बको मेहन्दीसहित मेकअप सामग्री भित्रिएको भन्सार विभागले जनाएको छ। वर्षेनी मेकअप सामानका लागि बाहिरिने रकम बढ्दो छ। गत आर्थिक वर्ष २०७८/७९ को […]
काठमाडौं । स्थानीय तहको चुनावबाट नयाँ जनप्रतिनिधि आएपछि दर्जनौं स्थानीय तहमा कर्मचारीबारे विवाद चर्किएको छ । करार र ज्यालादरीमा भर्ना भएका कयौं कर्मचारीहरुलाई साउन १ देखि हाजीर नगर्न/नगराउन स्थानीय तहहरुले सूचना जारी गरेका छन् । आफूखुसी कर्मचारी भर्ना गर्ने र आफूखुसी हटाउने कार्यले नयाँ आर्थिक वर्षको सुरुवातमै धेरै स्थानीय तहमा सेवा प्रवाह बिथोलिएको छ । […]
बाजुरा। गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न वाईसीएल र अखिल (क्रान्तिकारी) बाजुराले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार वाइसियल नेपाल र अखिल (क्रान्तिकारी) बाजुराले सयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालयमा ज्ञापन पत्र बुझाउदै गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग सहित पत्र बुझाएको वाईसिएल नेपालकी केन्द्रिय […]
बाजुरा — बाजुराका स्थानीय तहको बेरुजु रकम ७९ करोड नाघेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नौ वटा स्थानीय तह रहेको बाजुरामा आर्थिक वर्ष २०७६/७७ सम्म कुल ७९ करोड ९३ लाख २८ हजार बेरुजु पुगेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सबैभन्दा बढी त्रिवेणी नगरपालिकामा बेरुजु रकम छ । नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चिरञ्जीवी साहले आम्दानी र खर्चको हिसाब […]
नागरिक रैबार/बाजुरा १ साउन। नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्ला समन्वय समितिको प्रमुखमा तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्कीलाई सिफारिस गरेको छ । सदरमुकाम मार्तडीमा बसेको एमाले जिल्ला कमिटीको ५ औं बैठकले जिससको प्रमुख रोकाया र उपप्रमुखमा सार्कीलाई सिफारिस गरेको हो । जिसस प्रमुखमा सिफारिस भएका रोकाया हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गौमुल गाउँपालिका वडा […]
जुम्ला- जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए । स्थलगत रिपोर्ट र […]
काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले […]
नागरिक रैबार बाजुरा ३२ असार । स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संग कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका कर्मचारी हेरफेर गर्ने संकेत देखिएको हो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले आज एक सूचना जारी गर्दै करार सम्झौता थप गरिएको पत्र प्राप्त कर्मचारीलाई मात्रै […]