होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ मंसिर।प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा खटिएका म्यादी प्रहरीको विदाई गरिएको छ । विहिबार जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरीहरुलाई प्रमाणपत्र दिएर विदाई गरेको हो । बाजुरामा निर्वाचनको सुरक्षाका लागि ७ सय ४९ जना म्यादी प्रहरीहरु लाई भर्ना गरिएको थियो । मंसिर ४ गते निर्वाचन […]
नागरिक रैबार/बाजुरा ९ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ का चेतन अयडीको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गर्न माग गर्दै अनेरास्ववियु बाजुराले ४ दिनदेखि जारी गरेको बन्द आजबाट अनिश्चित कालका लागि खुल्ला गरिएको छ । अनेरास्ववियु बाजुराले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ४ दिनदेखिको बन्द खुला गरेको जनाएकाे छ । अनेरास्ववियुले चेतनको विभत्स हत्याको तत्काल […]
बाजुराको त्रिवेणी नगरपालिका ७ का अनेरास्ववियुका नेता चेतन दिप ऐडीको घटनाका आरोपित मध्ये २ जनालाई पक्राउ गरिएको छ। बाजुरा प्रहरीकाअनुसार बिहीबार बिहान प्रहरीले त्रिवेणी नगरपालिका ७ बस्ने २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ गरेको हो। गत मंसिर ४ गते मतदान सम्पन्न पछि घरमा सुतिरहेका अयडीको घरभित्रै गएर काँग्रेस […]
नागरिक रैबार/बाजुरा ८ मसिर। अनेरास्ववियूका नेता चेतन अएडीको विभत्स हत्याको बिषयलाई लिएर अनेरास्ववियु बाजुराले आज चाैथाे दिनपनि बिहानैदेखि बजार बन्द गरेको छ । अनेरास्ववियु चेतन अयडीको घटनामा सलग्न रहेकाहरुलाइ तत्काल पक्राउ गर्न माग गर्दै बाजुरामा ४ दिनदेखि प्रर्दशन गर्दै आएको छ । अनेरास्ववियुले हिजो साँझ प्रर्दशनका क्रममा मुख्य निर्वाचन अधिकृत सुरक्षा निकायका प्रमुखहरुलाई दुर्यवहार गरेको […]
नागरिक रैबार/बाजुरा ७ मंसिर। बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ का चेतन अयडीको विभत्स हत्याको घटनामा संलग्न रहेका नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई पक्राउ गरि कारवाही नगरेको भन्दै अनेरास्ववियु बाजुरा ३ दिनदेखि आन्दोलित बनेको छ । मंसिर ४ गते राति घरमा सुतिरहेका अनेरास्ववियुका अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेको ४ दिन वित्न लाग्दा समेत स्थानीय प्रशासनले […]
नागरिक रैबार/बाजुरा ७ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा मंसिर ४ गते राति घर सुतिरहेका अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य नेता चेतन अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेको विषयलाई लिएर बाजुरामा अनेरास्ववियु ३ दिनदेखि आन्दोलित बनेकाे छ । चेतनको घटनाको विषयलाई लिएर ३ दिन देखि सदरमुकाम मार्तडी बजार तनावग्रस्त बनेको छ । चेतनको हत्यामा […]
गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटननामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका […]
नागरिक रैबार/बाजुरा ६ मसिर। नेकपा एमाले बाजुराले मसिर ४ मा भएको निर्वाचनमा बाजुराका ७० मध्ये १७ वटा बुथमा नेपाली काँग्रेसले बुुथ कब्जा गरेर फर्जी मत खसाएकोले उक्त ठाउँमा मतदान स्थगित गरि पुन: मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाइ माग गरेको छ । मगलबार मार्तडीमा नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै १७ बुथमा मतदान केन्द्रको निर्वाचन स्थगित […]
नागरिक रैबार/बाजुरा ६ मंसिर।नेकपा एमाले बाजुराले त्रिवेणीमा चेतन अयडीमाथि घटेकाे घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही अघि नबढाउँदासम्म निर्वाचनका कुनै पनि प्रकृया अघि बढाउन नदिने पत्रकार सम्मेलन मार्फत नेकपा एमाले बाजुराले जनाएको छ । मगलबार आज दिउसो पत्रकार सम्मेलनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा एमालेका प्रतिनिधि सभाका उम्मेदवार कणर्बहादुर थापाले बाजुरामा निर्वाचनका क्रममा काँग्रेसले […]
नागरिक रैबार/बाजुरा ६ मंसिर।बाजुराको बुढीनन्दा नगरपालिका ५ मा पुनः मतदान हुने भएको छ । मंसिर ४ मा भएको मतदानमा एमाले र काँग्रेसविचको दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ५ मा मंसिर १० गते गते पुन मतदान हुने भएको हो । मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधि सभाको निर्बाचनमा २८ मत खसिसकेपछि दुवैपक्षविच दोहोरो […]
नागरिक रैबार/बाजुरा ६ मसिर। बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ । ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी सूर्यबहादुर थापाले बताएका छन् । मंसिर ४ मा निर्वाचन हुँदै त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए । मतदान […]
चितवन, मंसिर ६–चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो । आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो […]
नागरिक रैबार/बाजुरा ६ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा निर्वाचनका दिन भएको घटनाको विषयलाई लिएर नेकपा एमालेको अनेरास्ववीयुले आजपनि सदरमुकाम मार्तडी बजार र सरकारी कार्यालय बन्द गर्ने भएको छ । अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य तथा बाजुराका क्याम्पसका स्ववियु सभापति चेतन अयडीको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै अनेरास्ववीयु बाजुराले मंगलबार विहान सदरमुकाम मार्तडीको तुफान डाँडामा […]
नागरिक रैबार/बाजुरा ५ मंसिर।बाजुराको त्रिवेणी नगपालिका ७ मा मंसिर (४) गते हिजो सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा अनेरास्ववीयुका केन्द्रिय कमिटी सचिवालय सदस्य एंव सुदूरपश्चिम विश्व विद्यालयका अध्यक्ष चेतन अयडीको हत्या सत्ता गठबन्धनको आडमा भएको नेकपा एमाले बाजुराले बताएको छ । नेकपा एमाले बाजुराले सोमबार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिवेणी […]
नागरिक रैबार/बाजुरा ५ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा हिजो मतदानका दिन भएको घटनामा सुरक्षाकर्मीले लापरवाही गरेको विषयलाई लिएर नेकपा एमाले समर्थक युवाहरुले प्रर्दशन सहित सदरमुकाम मार्तडी बजार बन्द गरेका छन् । एमालेका युवाहरुले सोमबार विहान सदरमुकाम मार्तडीमा रहेको लोकतान्त्रिक चोक, दुनिहाटबजार र मतगणना स्थल जिल्ला प्रशासन कार्यालय नजिकै रहेको खुलामंचमा टायर बालेर प्रर्दशन […]
नागरिक रैबार/बाजुरा ५ मंसिर।प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हिजो भएको मतदानमा प्रयोग भएका मतपेटिकाहरु मतगणना स्थलमा ल्याउने क्रम जारी रहेको छ । यातायातको सहज पहुँच भएका मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम आइसकेका छन् । अहिलेसम्म बाजुराका ७० मध्ये ६५ वटा मतदान स्थलका मत पेटिकाहरु सदरमुकाम मार्तडीमा आईपुगेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र […]
बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको काँग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको छ । निर्घात कुटपिट भएका अयडिको मृत्यु भइसकेको बयालपाटा अस्पतालको प्रमुख डा. मन्दिप पाठकले वताएका छन् । त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडी घरमै गएर कुटपिट गरेर हत्या गरेका छन । […]
बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो। सोही ठाउँका सन्जिव अयडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे। यहाँ अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको छ। स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।’ यस्तै उनकाअनुसार […]
जिल्लाको मतदान रोकीएका ८ मध्य ३ मतदान केन्द्रको मतदान सुरु भएको छ । सुरु भएका मध्य खप्तड छेडेदह गाउृँपालिका वडा न १ स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ र त्रिबेणी नगरपालिका वडा ७ को मतदान सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन । बुढिगंगा नगरपालिका ८ को पनि सहमती पश्चात केही बेरमा […]