होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजेन्द्र बहादुर रोकाया/बाजुरा १९ जेठ। बाजुरा जिल्लामा दिन प्रतिदिन भारतबाट जिल्ला भित्रिनेको संख्यामा बृद्धि भइरहेका बेला भिटिएम र आरडिटी किटको अभाब हुदा कोरोनाको जोखिम उच्च रहेको छ । बाहिरबाट आउनेको संख्यामा दिन प्रतिदिन सयको संख्यामा बढीरहेको छ उनिहरुको कोरोना परीक्षणको लागी आवश्यक पर्ने किटको अभाव हुदा कोरानोको जोखीम बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ट […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज ल्याउने भएको छ। प्रदेशका सभामुख अर्जुनबहादुर थापाले आज दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिने कार्यसूची तय भएको बताए। प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने उनले बताए। सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष […]
काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ। जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर […]
जुम्ला : जुम्लामा १७ जना सर्वसाधरण र दुईजना प्रहरी गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा आइतबार जुम्लाका १९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो। संक्रमितहरु हिमा गाउँपालिकाका आठ, सिञ्जा गाउँपालिकाका नौ र दुईजना नेपाल प्रहरी का रहेका छन्। प्रतिष्ठानले जनाएअनुसार हिमा–१ का ३६ र […]
दाङ : दाङमा थप नौजनामा कोरोना पोजिटिभ देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा आइतबार तुलसीपुर उपमहानगरपालिकाका पाँच, गढवा गाउँपालिकाका दुई, राप्ती गाउँपालिकामा एक र लमही नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो। तुलसीपुर–६ का २० वर्षीय पुरुष, वडा नम्बर १५ का ३२ वर्षीय पुरुष, र वडा नम्बर १६ का १८, २०, २३ वर्षीय पुरुषमा […]
धनगढी : सुदूरपश्चिममा छैठौँ व्यक्तिले पनि कोरोना भाईरसलाई जितेका छन्। डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बषीय युवकले कोरोना जितेका हुन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई पटक रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो। डडेल्धुरा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज […]
१९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार कोभिड–१९ विरुद्ध प्रत्यक्ष र अग्रिम पङ्क्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने […]
नागरिक रैबार/बाजुरा १८ जेठ। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिकाका क्वारेन्टाइनमा रहेका महिलाहरुलाई मर्यादा सामाग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको समन्वय तथा युएन एफपिएको सहयोगमा उक्त सामाग्रीहरु क्वारेन्टाइनमा रहेका महिलाहरुलाई सहयोग गरिएको हो । कोरोना भाईरस कोभिड–१९ संक्रमण बढीरहेको बेला क्वारेन्टाइनमा जोखिम्मा रहेका महिलाहरुको महिनावारी समस्यालाई मध्येनजर गरेर मर्यादा […]
१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
नागरिक रैबार/बाजुरा १८ जेठ। जिल्लाको बडीमालिका नगरपालिकाले एकहप्ताका लागि अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सवै सेवा बन्द गर्ने भएको छ । नोभेल कोरोना भाईरस कोभिड-१९ को प्रभाव दिन प्रतिदिन बढीरहेको बर्तमान अवस्थामा बाजुरामा पनि भारतबाट आउने क्रम बढीरहेको र कोरोनाको संक्रमण समेत जिल्लामा देखिन थालेकोले जेठ १९ देखि २३ गते सम्मका लागि नगरपालिकाबाट प्रदान गरिने […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ […]
नागरिक रैबार/बाजुरा १८ जेठ । आईतबार कोरोना भाईरसका कारण २ वर्षिया बालिकाको मृत्यु र उनकी आमामा कोरोनाको पुष्टि भएपछि उनीहरु सुरुमा बसेको बुढीगंगा नगरपालिका १ धुरालसेन माविको क्वारेन्टाइन सिल गरिने भएको छ । आईतबार कोभिड-१९ को रोकथाम तथा नियन्त्रण समितिको बैठकले उक्त क्वारेन्टाइनलाई सिल गर्ने निणर्य गरेको हो । आइतबार कोरोना संक्रमणकै कारण मृत्यु भएकि […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुरामा आइसोलेसनमा राखिएकि एक बालिकाकाे कोरोना बाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षिय बालिकाकाे आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गर््द्दा्दा उन पठाएको थियो । आईतवार दिउँसो आएको रिपोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ । मृतक […]
नागरिक रैबार बाजुरा १८ जेठ बाजुराको सदरमुकाम मार्तडीमा रहेकाे आइसोलेसनमा राखिएकी एक बालिकामाे मृत्यु भएकाे छ । बालिकाकाे उपचारका क्रममा अाईसाेलेशनमा मृत्यु भएकाे हाे । बुढिगंगा १ घर भएकी २ बर्षिय बालिकाकाे आईतवार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । मृतक बालिकाकाे स्वाब संकलन गरेर पिसिआर रिपोटका लागि धनगढी […]
नागरिक रैबार/बाजुरा १७ जेठ । बाजुरा जिल्लाको वडीमालिका नगरपालिका ९ झराउलेकी २२ वर्षिया २ छोरीकी आमा पवित्रा सार्की केही दिनयता प्रसव पीडामा निकै तड्पीरहेकी छिन् । विगतमा दुईवटा सन्तान प्राकृतिक रुपमा जन्माउन नसकेकी उनी यो वेला गर्भवती भएर निकै तनावमा छिन् । सामाजिक तथा पारिवारिक समस्याले उनी गर्भवती त भईन् । तर, बच्चा प्राकृतिक रुपमा […]
काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रभाव पाठ्यपुस्तक छपाईमा पनि परेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी भएको लकडाउनका कारण पाठ्यपुस्तक छपाईको काम अझै सकिएको छैन् । अघिल्लो वर्षको बिक्रीदर अनुसार छपाईको काम सकिए पनि यो वर्ष झण्डै २ करोड पुस्तक छाप्ने लक्ष्यअनुसार काम सुरु भएको जनक शिक्षाका सूचना […]
काठमाडौं । कामका लागि विभिन्न ठाउँमा गएका मजदुरहरु कोरोना भाइरसका कारण धमाधम गाउँघर फर्किँदैछन् । तर भाइरस संक्रमणको जोखिमका कारण टाढा टाढाबाट फर्किएका मानिसहरुलाई क्वारेन्टाइनमा बसालेर मात्रै गाउँघरमा छिराउने गरिएको छ । क्वारेन्टाइनको बसाइ पूरा गरेर घर फर्किने मजदुरहरुका लागि सरकारले कस्तो उपहार देला ? भारतको बिहारमा चाहिँ १४ दिन क्वारेन्टाइनमा बसेका प्रवासी मजदुरहरुको हातमा […]
जाजरकोट — भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो । मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका उनीसहित १८ जनामाथि गाउँलेले ढुंगामुढा […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा स्थायी समिति सदस्य भीम रावलको समेत सहभागीता रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा रावलसहित अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत सहभागी रहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा सचिवाल सदस्य नरहेका भीम रावलसहित खतिवडा र ज्ञवालीसमेत आमन्त्रित […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा १७ जेेठ । बडिमालिका नगरपालिका १ मा भिरबाट लडेर १३ बर्षिया बालिकाको मृत्यु भएको छ । बडिमालिका नगरपालिका १ को जाल्पादेबी माबि कक्षा ८ मा अध्यानरत १३ बर्षिया बालिका बालिकाको भिरभाट लडेर मृत्यु भएको हो । हिजो घाँस काट्नको लागी गाउ नजिकैको सातुगाड जंगलमा गएको समयमा भिरमाबाट लडेर मृत्यु भएको बडिमालिका […]