होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोना प्रभाव: अझै १५ प्रतिशत पुस्तक छाप्न बाँकी
देश/प्रदेश

कोरोना प्रभाव: अझै १५ प्रतिशत पुस्तक छाप्न बाँकी

  • नागरिक रैबार
कोरोना प्रभाव: अझै १५ प्रतिशत पुस्तक छाप्न बाँकी

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रभाव पाठ्यपुस्तक छपाईमा पनि परेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी भएको लकडाउनका कारण पाठ्यपुस्तक छपाईको काम अझै सकिएको छैन् । अघिल्लो वर्षको बिक्रीदर अनुसार छपाईको काम सकिए पनि यो वर्ष झण्डै २ करोड पुस्तक छाप्ने लक्ष्यअनुसार काम सुरु भएको जनक शिक्षाका सूचना अधिकारी चित्र आचार्यले बताए ।

यो वर्ष १ करोड ९७ लाख पुस्तक छपाई गर्ने लक्ष्यअनुसार काम थालनी गरिएकोमा कोरोनाका कारण लक डाउन भई काम ठप्प हुँदा अझ १५ प्रतिशत पुस्तक छाप्न बाँकी रहेको उनले बताए । उनका अनुसार कक्षा ६,७ र ८ का पुस्तक छपाईको काम बाँकी रहेको छ ।

जनक शिक्षाले अहिले दैनिक १ लाख २५ हजार पुस्तक छपाई गर्दै आएको छ । आगामी १५ दिनमा सम्पूर्ण छपाईको काम सकेर विद्यार्थीको हातमा पुस्तक पु¥याउने गरी काम भइरहेको छ । जनक शिक्षाले कक्षा ५ देखि १० सम्मका पाठ्य पुस्तक छपाईको काम गर्दै आएको छ । कक्षा एक देखि चार सम्म निजी क्षेत्रबाट छपाईको काम हुँदै आएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार