होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २३ जेठ। सरकार ! दुरपति शार्की बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. २ स्थिति माईती गाउँमा बस्ने एक आम दलित महिला नागरिक हुन यो होईनन् ? यो गम्भीर प्रश्न हो । खप्तड छेडेदह गाउँपालिकाको दलित समुदाय माईती घरको छाप्रोमा बस्ने दुई सन्तान कि आमा हुन्, दुरपति । छोरी मना शार्कीको उमेर २५ […]
नागरिक रैबार बाजुरा २२ जेठ बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाली सेनाको समरजित गुल्मले जिल्ला समन्वय समिति अगाडि ४ वडा वेडसहितको आईसोलेशन कक्ष तयार गरेको छ । विहिबार समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठ सहित नेपाली सेनाको टोलीले सदरमुकाम मार्तडीमा ४ वेडको आईसोलेशन कक्ष तयार गरेको हो । जिल्लामा यस अघि सदरमुकाम मार्तडीस्थित बाजुरा जिल्ला अस्पतालमा २, […]
नागरिक रैबार बाजुरा २२ जेठ कोरोनाको संक्रमणबाट मृत्यु भएकी बालिका र उनकी आमाको उपचारमा सलग्न भएका पाँच जना स्वास्थ्यकर्मीको आर डिटिटी पिसिआर रिपोट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताएका छन् । उहाँका अनुसार मार्तडीमा रहेको आईसोलेशनमा खटिएका पाँच जना स्वास्थ्यकर्मीहरुका आर डिटिटी पिसिआर रिपोट नेगेटिभ आएको हो । पाँच जना […]
राष्ट्रिय दलित पत्रकार संघ नेपालले जाजरकोट र रुकुम प्रवेशमा पत्रकारलाई रोक लगाएको भन्दै बिरोध गरको छ । रुकुम नरसंहारको स्थलगत अध्ययन तथा रिर्पोटिङका लागि जाजरकोट गएका राष्ट्रिय दलित पत्रकार संघ नेपालको ९ जनाको मिसन टोलीका राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष एवं पत्रकार खगेन्द्र सुनार र संघका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ […]
मेरो देशको इतिहासलाई पल्टाइ हेर अनि केहि कुरा लेख्न मन लाग्यो र वर्तमानमा मैले मेरो जिल्लाको गरागतिका निम्ति कलम चलाउन मन लाग्यो .। सार्वभौम सम्पन्न नेपाल कहिल्यै पनि कसैको उपनिवेश नबनेको स्वतन्त्र राज्य हो । साना ठुला क्रान्तिहरु भएता पनि ति क्रान्तिहरु सम्झाैता र समझदारी मै टुङगिएको यो देश वि.स २००७ साल तिरको राणा शासन […]
पाल्पा २२ जेठ । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित […]
नागरिक रैबार/बाजुरा २२ जेठ। एमसिसीका विरूद्वमा बाजुराका युवाहरू सडकमा उत्रिएका छन् । सरकारले एमसिसी नेपालकाे हित विपरित पारित गर्न खाेजेकाे भन्दै विहिबार बाजुराका युवाहरू विराेध जनाउदै सडकमा उत्रिएका हुन् । शेरबहादुर रावलकाे नेतृत्वमा बजार परिक्रमा गरेर शान्तिपूर्ण र्याली सहित एमसिसीकाे विराेधमा उत्रिएका हुन् । एमसिसी चाँहिदैन् देश वेच्न पाइदैन, नेपाली जनता बरु कोरोना सहन सक्छ […]
काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनको समय धेरै कलाकार फिल्म हेरेर, पुस्तक पढेर बिताइरहेका छन्, भने केही कलाकारलाई समाजसेवामा पनि देख्न सकिन्छ । निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत भने यो समय सुटिङ स्टुडियो निर्माण गरेर बिताइरहेका छन् । बस्नेतले थानकोटस्थित आफ्नै निवासमा सुटिङ स्टुडियो निर्माण थालेका हुन् । जसको ७५ प्रतिसत काम […]
“जात” मानिस हामी भन्दछौ जात एउटै रगत नेपाली धर्ती जन्मिए पछी उही हो जगत ! मानव भइ जिउने हामी समान बन्नुछ कुप्रथा बाट हुर्केका जडा आफैले खन्नुछ !! कसले ल्यायो जात र भात जानुन कानुन हाम्रो भन्दैन त्यस्तो सबैले मानुन !!! श्रम र सीप चल्दछ भने पानी नी चलाउ पुरानो रीत मान्दैन भनी आगोमा जलाउ […]
नागरिक रैबार/बाजुरा २२ जेठ। नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष एंव विद्यार्थी नेता जनक थापाले आफ्नो २९ औं जन्म दिनको अवसरमा क्वारेन्टाईनमा रहेका १ सय १५ जनालाई सर्जिकल मास्क वितरण गरेका छन् । विश्वमा महामारिका रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ बाट बच्नका लागि बाजुरा क्वाम्पसको क्वारेन्टाइनमा रहेकाहरुलाई सर्जिकल मास्क सगै डस्विन वितरण गरेको विद्यार्थी नेता थापाले […]
राजनीति देशको मुल नीति हो यसै नीतिका आधारमा राज्य संचालन हुने गर्दछ त्यसैले मुल नीति नै ठिक भएन भने तल ठिक हुँदैन भन्ने कुरा हामी सवैले पढ्दै, सुन्दै र भोग्दै आएको हो । त्यो मुल नीति वनाउने र नीतिलाई लागु गराउने महत्वपुणर् भूमिका राजनीतिक दल र जनताका प्रतिनिधिको रुपमा चुनिएका राजनीतिकर्मिको हो । कर्मचारीतन्त्र भनेको […]
रौतहट – रौतहट प्रहरीले लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय देवाही गोनाहिको गस्तीटोलीले २ वटा मोटरसाइकल २० किलो लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पालिका १२ पदमपोखरिका १८ वर्षीय शागर लामा, वर्ष १८ का अंकित लामा, २८ को विशाल लामा र वडा […]
सन्ताेष परियार । विचार । २०४० सालको दशकमा जन्मिएको हाम्रो पुस्ताले राजा ज्ञानेन्द्रको मकरतन्त्रबाहेक खासै निरंकुशतन्त्र भोग्नुपरेन । हामीले बहुदलीय प्रजातन्त्रसँगै हुर्कने मौका पायौं । २०४७ को प्रजातन्त्र पुनर्बहालीपछि नेपाली समाज फराकिलो भएको विश्वास सबैलाई थियो । जात, धर्म, भूगोल र लिंग लगायतका विशिष्टतामा विभक्त नेपाली समाजले मौलिकतासहित ‘राष्ट्रिय’ हैसियत पाउने र राष्ट्र निर्माणमा बराबर सहभागी हुने आशा […]
काठमाण्डाैँ २२ जेठ । अन्तरजातीय विवाहको विषयमा रुकुम पश्चिममा ६ जनाले ज्यान गुमाएको घटनाको अनुसन्धानमा सिंगाे दलित समुदायले संशय व्यक्त गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घकी मानवअधिकार उच्चायुक्तसहित विभिन्न अधिकारवादी सङ्घसंस्थाहरूले उक्त घटनाको निन्दा गर्दै नेपालले निष्पक्ष अनुसन्धान सुनिश्चित गर्नुपर्ने माग गरिरहेका छन्। घटनापछि आन्दोलनमा उत्रिएको दलित समुदायले हाल सरकारले गठन गरेको अनुसन्धान गर्ने निकायमा नागरिक […]
बैतडी : बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलासँगै क्वारेन्टाइनमा रहेका थप चारजनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । बैतडीको पुर्चौंडी नगरपालिका ४ स्थित मालिका मावि भटना क्वारेन्टाइनमा मृत्यु भएकी सोही ठाउँकी २२ वर्षीया सुनिता लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । […]
प्रेम सुनार काठमाण्डाै २१ जेठ । ‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वेदना, रोदन र चित्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’ शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउनुअघि युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्र्फुत आँशु बग्छ । कोही नरोइ एकाग्र भावुक हुन्छन् । पीडा भएपनि रुदारुदा सकिएको आँशु युट्युबरका लागि भन्ने […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले अपराधीलाई कडा भन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्। छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ओलीले जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, […]
डडेलधुरा — डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक महिलाको ज्यान गएको छ ।गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ की ३० वर्षीया महिलाको मृत्यु भएको स्थानीय प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीका अनुसार मंगलबार राति श्रीमानसँग शौचालय गएकी महिला अचानाक बेहोस भएपछि मृत्यु भएको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक धनबहादुर बिष्टले जानकारी दिएका छन । गन्यापधुरा गाउँपालिकाको असिग्राम […]
काठमाडौं — मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक, गुल्मी अस्पताल एक, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ जना डिस्चार्ज भएका हुन् […]
२० जेठ, बुटवल । प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको हो । यस्तै कोरोनाबाट मृतकको शब बोक्नका लागि दुई वटा शबवाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ […]