होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २८ साउन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ का युवाले भत्केको बाटो मर्मत गरेर अवरुद्ध बाटो सुचारु गरेका छन् । वडा नं. ९ स्थित गैरीबजार देखि माझगाउँ आउने बाटो साउन २५ गते रातिको अविरल वर्षाका कारण भत्केको थियो । बाटो भत्किएपछि माझगाउँ देखि गैरीबजार जाने बाटो अवरुद्ध बनेको थियो । सो ठाउँको बाटो […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा पनि अन्तराष्ट्रिय युवा दिवस २०२० विभिन्न कार्यक्रम मनाइने भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बाजुराका युवाहरुले सदरमुकाम मार्तडीमा विहान सरसफाई गरेर मनाएका हुन् । त्यस्तै दिवसकै अवसरमा दिउसो वृक्षारोपण गरेर मनाउने छन् । नेपाल लगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व […]
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३४ जना खेलाडीसहित ५४ जनाको कोरोना परीक्षण गराएको छ । मंगलबार एन्फाले पाटन अस्पतालमा २३ जना खेलाडीसहित २९ जनाको कोरोना परीक्षण गराएको हो । सोमबार ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण गरिएको थियो । अब बाँकी १६ जनाको कोरोना जाँच केही दिनमा हुने टिम व्यवस्थापक मधुसुधन उपाध्यायले […]
प्राकृतिक विपदका कारण बाजुरामा थुप्रै वस्तीका बासिन्दा यतिबेला पीडा र कष्टमा छन् । केही गाउँहरुसँग त भौतिक सम्पर्क विच्छेदको अवस्था छ । उनीहरुलाई राहत र उद्धारका कार्यक्रम तत्काल सुरु गर्न त जरुरी छ नै । तर वर्षेनी भइरहने जोखिमको दीर्घकालीन समाधानका लागि याेजना निर्माण र कार्यान्वयनमा सरकार र जनप्रतिनिधिहरुले ख्याल गर्नु पर्ने हो । विडम्वना […]
काठमाडौं – विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ । […]
जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन्। सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो। वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो। प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार जिल्ला प्रहरी कार्यालयका […]
काठमाडौं। गायक निशान भट्टराईले विवाह गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । काभ्रेको धुलिखेलस्थित जिल्ला अदालतमा यी दुईको विवाह भएको हो ।नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष अधिवक्ता रमेश हुमागाईले निशानको विवाह गराएका हुन् । नेपाल आइडलको पहिलो सिजनमा दोस्रो भएका निशान गएको दुई वर्षदेखि प्रेम सम्बन्धमा […]
बाजुरा स्थित नागरिक संघ- संगठनले प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा अबिरल बर्षाले पुयाएको क्षति र नागरिकलाई परेको असरका बारेमा प्रमुख जिल्ला अधिकारी गैरेलाई ज्ञापन पत्र बुझाएको खाद्य अधिकार सञ्जाल बाजुरा अध्यक्ष मदनराज जैशीले वताएका छन् । जिल्ला स्थित पत्रकार महासंघ, खाद्य अधिकार सञ्जाल, गैर सरकारी संस्था महासंंघ नेपाल, फियान […]
नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको सदरमुकाम मार्तडीको दुनिहाटबजारमा रहेको पुष्प जनरल स्टोरको हिलटप होटल नजिकैको गोदामबाट १० पेटी धारा तेल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रातिको मौका छोपेर विभिन्न समयमा पुष्प जनरल स्टोरको गोदामबाट १० पेटी धारा तेल चोरी गरेर मार्तडी बजारमै विक्री गरिरहेको अवस्थामा प्रहरीले बुढीगंगा नगरपालिका ५ का १८ […]
अर्जुन शाह धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केन्द्र सरकारले प्रदेशको आग्रह नमान्दा कोरोना संक्रमण भयावह हुने अवस्था आएको बताएका छन् । भारतमा समुदाय तहमा कोरोना संक्रमण नफैलिँदै त्यहाँ रहेकाहरुलाई नेपाल फर्काउने व्यवस्था गर्न आफूले केन्द्र सरकारसमक्ष समयमै अनुरोध गरेको भएपनि सुनुवाइ नभएकाले अहिलेको अवस्था आएको उनले बताए । ‘हामीले भारतमा भयावह नहुँदै त्यहाँ […]
नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको बुढीगंगा नदिको किनारमा मंगलबार विहान मृत अवस्थामा भेटिएकी बालिकाको पहिचान खुलेको छ । बुढीगगा नदिमा मृत अवस्थामा भेटिएकी बालिका त्रिबेणी नगरपालिका ८ पन्तालीका खडक लुहारकी ७ महिनाकी छोरी रितु लुहार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईले दिएको जानकारी अनुसार मंगलबार विहान […]
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।मंगलबार घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक कर्मचारीले रातोपाटीलाई जानकारी दिए । उनी संक्रमण देखिएका पहिलो उच्च अधिकारी हुन् । हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।अख्तियारका ३ सय […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप १२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, शिक्षण अस्पताल काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा आज थप १२ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले २४ घण्टामा एक सय ४६ जनाको […]
नेपाली कांग्रेस विधानमा महाधिवेशन सकिएको छ महिनाभित्र विभाग लगायत पदाधिकारी मनोनित गरिसक्नुपर्ने ब्यबस्था छ। नियमित चार वर्षे कार्यकाल सिध्याएर थपिएको एक वर्षे कार्यकालको पछिल्लो छ महिना बाँकी रहँदा देउवाले धमाधम विभिन्न बिभाग मा प्रमुख उपप्रमुख लगायत सदस्य मनोनित गर्नुभयको छ जुन विधि बिधान बिपरित रहेको छ । अहिले बिभाग बिस्तार गर्दा न पार्टी गतिशिल बन्छ […]
खम्बिर विक/कोल्टी २७ साउन। जिल्ला हलिया मुक्ती समाज बाजुराले जिल्लाको पुर्वीउत्तरी क्षेत्रका २५ हलिया परिवारलाई खाद्यन्न सहयोग गरेको छ । जिल्ला हलिया मुक्ती समाजको समन्वय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा हिमाली गाउँपालिका ७ का १० र स्वामीकार्तिकका ३ र ४ का १५ जना हलिया परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको हो । कोभिड-१९ का कारण प्रभावित […]
काठमाडौँ- मनसुनी वायु सक्रिय भएसँगै आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सबैजसो प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । तीन दिनको पूर्वानुमान गर्दै महाशाखाले मंगलबार जारी गरेको मौसम पूर्वानुमान वुलेटिन अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले […]
अनिल शाही / बाजुरा २६ साउन ।लगातार बर्षा र कर्णाली नदिमा पानिको बहाफ बढेपछि कर्णाली नदिमा रहेकाे झोलुंगे पुल उच्च जोखिममा परेको छ । कर्णाली नदिको पिलुचौर जुकोट पुल माथि पानि बग्दा उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् । अहिले पुल माथिनै पानि पुग्ने र अर्को पुलको छेउमा नदिले कटान गरेका कारण आवतजावत गर्न […]
काठमाण्डाै – सरकारले याे समयमा अत्यावश्यक बाहेक दाँतको उपचार नगर्न/नगराउन आग्रह गरेको छ । दाँतको उपचार गर्दा डाक्टर र बिरामी नजिक हुनुपर्ने, बिरामीले मास्क प्रयोग गर्न नमिल्ने लगायतका कारण अत्यावश्यक बाहेक दाँतको उपचारका लागि दन्त क्लिनिक तथा अस्पताल नजान सरकारले आग्रह गरेको हो । स्वास्थ्य सेवा विभाग मुख स्वास्थ्य तथा आँखा शाखाका प्रमुख डाक्टर प्रकाश […]
२६ साउन, काठमाडौं । मुलुकी फौजदारी संहिताको ब्याख्यात्मक टिप्पणीसहितको पुस्तक ‘मूलुकी अपराध संहिता : एक टिप्पणी’ सोमबार विमोचन भएको छ । विष्णुप्रसाद पाण्डेयद्वारा लिखित उक्त पुस्तक सोमबार सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा मुख्य रजिस्टार नृपध्वज निरौलाले सार्वजनिक गरे । विमोचन कार्यक्रममा निरौलाले विश्वव्यापीकरणको कारणले एक राष्ट्रको गतिविधि तथा क्रियाकलापले अर्को राष्ट्रलाई असर पर्ने भएकाले समाज, […]