होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिमको पहाडी भू–भागमा वर्षा हुँदैछ। पहाडी जिल्ला अझै वर्ष हुने अनुमान गरिएको छ। पहाडी जिल्लामा वर्षा जारी रहेकाले महाकालीसहितका नदीमा जलसतह बढ्ने अनुमान गरिएको छ। देशका अधिकांश ठूला नदीमा आज पानीको बहाउ सामान्य घटबढ हुने पूर्वानुमान गरिएको हो। केही साना नदीमा बहाउ बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बाजुरा, डोटी, बैतडी, दाङ, बाँके, […]
धनगढी । दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।व्याँस गाउँपालिका-१ को छयाँलेकमा सशस्त्र प्रहरीले शुक्रबार बीओपी स्थापना गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बर बिष्टले तिङ्करमा स्थापना गरिएको बीओपीको सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल (एआईजी)ले विधिवत् रूपमा शुक्रबार उद्घाटन […]
नागरिक रैबार/बाजुरा २४ भदाै। बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग बल्देमा खसेको पहिरोका कारण अवरुद्ध बनेको छ । हिजोदेखिको निरन्तरको वर्षातका कारण बल्देदवारी क्षेत्रमा पहिरो खसेपछि साँफे–मार्तडी सडक अवरुद्ध बनेको हो । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वर्षा रोकिएपछि सो क्षेत्रमा खसेको पहिरो हटाएर सडक […]
धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी र नाम सुदू्रश्चिम प्रदेश फेर्न बर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारले छलफल थालेको हो । तत्कालीन माओवादी नेतृत्व (नेकपा) को सरकारले तोकेको राजधानी र नाममा नेपाली कांग्रेसले त्यतिबेलै बिरोध जनाएर सडकमा उत्रेको थियो । तर, […]
धनबहादुर बोहरा कोल्टी २० भदौ । जिल्लाको स्वामिकार्तिक गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अन्य स्थानीयका समस्या बुझ्न घरदैलो अभियान सुरु गरेको छ । दुर्गमका गाउँबस्तीको खानेपानी, स्वास्थ्य, शिक्षा बाटो पुल लगायतका भौतिक पूर्वाधारको आवश्यक तथा ज्येष्ठ नागरिक अपाङ्ग असहाय र विभिन्न रोगले प्रभावित भएकाको वास्तविक समस्या बुझ्ने गरेर गाउँपालिकाले घरदैलो अभियान सुरु गरेको हो । भौगोलिक विकटताका कारण […]
नागरिक रैबार/बाजुरा २० भदौ। नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व नजिकिएसंगै बजारमा एकपछि अर्को गर्दै विभिन्न भाकामा तीज गीतहरु बजारमा आउने क्रम जारी छ । यस वर्षपनि तीज पर्वलाई लक्षित गर्दै हजारौं गीतहरु सार्वजनिक भईसकेका छन् । यसै विच बहुचर्चित बालगायक सुप्रिम मल्लको स्वरमा नयाँ ॅतीज आउँछ परेली भिजाउँछ’ बोलको गीत सार्वजनिक गरेका […]
नागरिक रैबार/बाजुरा १९ भदौ।बाजुरा जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यो वर्षको निजामती सेवा दिवस नमनाउने भएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आज सयुक्त विज्ञप्ति जारी गर्दै भदौ २२ गते हुने निजामती सेवा दिवस नमनाउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते निजामती सेवा दिवस मनाउन यहाँका स्थानीय तहलाई यस […]
नागरिक रैबार/बाजुरा १९ भदौ।नेकपा एमाले बाजुराले पार्टीको आठौं जिल्ला अधिवेशन आगामी मंसिर महिना भित्र गर्ने निर्णय गरेको छ । हिजो सदरमुकाम मार्तडीमा बसेको एमालेको जिल्ला कमिटीको बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी मंसिर महिनाभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको पार्टी सचिव भरत थापाले बताएका छन् । यस बसेको अघिको बैठकले चैत्र महिना भित्र जिल्ला अधिवेशन गर्ने निर्णय […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने गरी बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी माघ १४ गतेदेखि सुरु हुने पार्टीको दसौँ महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठकले रिक्त स्थानमा केही नेताहरूलाई […]
राजेन्द्र विक बाजुरा,१७ भदौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय समिती बैठकको निर्णय बमोजिम देशभर शुरु भएको जनता संग माओवादी विशेष रुपान्तरण अभियान आज बाजुराका ५ ओटा कमान्ड बाट एकसाथ शुरु भएको छ। घरघरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नारा सहित ३ महिना सम्म संचालन हुने अभियान बाजुरालाइ ५ कमान्डमा बिभाजन गरेर आज दिउँसो […]
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बस्नेगरी बैठक बोलाइएको भए पनि समय भने तय गरिएको छैन । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।बैठकमा आउँदो माघमा तय भएको महाधिवेशनको तयारी र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि छलफल हुनसक्ने बताइएको छ । खबरहवबाट
काठमाडौं । नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र […]
नागरिक रैबार/बाजुरा १७ भदाै। बाजुराकाको सदरमुकाम मार्तडीमा बडीमालिका शैक्षिक केन्द्र संचालनमा ल्याइएको छ । बाजुराको शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने उद्देश्यले शैक्षिक केन्द्र संचालनमा आएको हो । बडीमालिका ९ को वडा कार्यालय नजिक कार्यालय संचालन हुने गरी शैक्षिक केन्द्र संचालनमा ल्याइएको संचालक दिपक रोकायाले बताएका छन् । शैक्षिक केन्द्रले सम्पूणर् तहका ट्युसन कक्षाहरु, शिक्षक सेवा […]
काठमाडौँ– नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ। आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो। बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो। कार्यक्रमअन्तर्गत […]
काठमाडौँ । हरेक वर्षको तीजमा गायक दुर्गेश थापा कुनै न कुनै कारणले चर्चामा रहन्छन् । यो पटक पनि उनले गीतमा नयाँ प्रयोग गरेर चर्चा बटुलेका छन् । यो पटक उनको चर्चाको विषयमा दुर्गेश होइन, दुर्गा नाच्छे बिच्च बिच्चमा भन्ने भएको छ । आफ्नो सुपर हिट गीत ‘बिच्च बिच्चमा’ को छैटौँ शृङ्खलाको रूपमा उनले ‘दुर्गा नाच्छे […]
नागरिक रैबार। चट्याङ लागेर बाजुरामा गएराति एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ कोर्दका तुले रावलकी ११ वर्षिया छोरी प्रतिक्षा रावल रहेकी छन् । शनिबार राति स्थानीय लेकथला खर्कमा राति परेको चट्याङबाट ११ वर्षीया बालिका सगै चट्याङबाट दुई भैंसी र एक गोरुसमेत मरेका छन्।
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेन बेइजिङ जाने भएका थिए । तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् […]
सुर्खेत । समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समितिको घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो । समितिमा समाजवादी मोर्चामा आवद्ध दलको सिफारिसमा तीन/तीन जना सदस्य रहेका छन् । जसमा नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष बिमला केसी, कृष्ण बहादुर जिसी र दिनेश चँदारा रहेका छन् […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र […]
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-१२ एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ । कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको थियो । श्रीमतीको हत्यामा […]