होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पोर्ट ओ प्रिन्स– हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए । जेलमा झण्डै ४०० कैदी रहेका थिए । “घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ […]
काठमाडौं: नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २८२४ मा कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ। कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोना संक्रमणबाट दुई […]
एजेन्सी : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि शुरु हुने भएको छ । सरकारी अधिकारीले […]
ऐजेन्सी: गरीबी एक रोग हो, जसको कुनै उपचार छैन। गरिबीले मानिसलाई बाध्यकारी बनाउन सक्छ। यस्तै घटना भएको छ भारत आन्ध्र प्रदेशको नेल्लोरमा। त्यहाँ, दैनिक मजदुरी गर्ने एक दम्पत्तिले आफ्नी कान्छी छोरीलाई बेचेको खबर सार्वजनिक भएको छ। उनीहरुले आफ्नी जेठी छोरीको उपचार गराउन कान्छी छोरीलाई १० हजारमा बेचेका थिए। पछि महिला तथा बाल कल्याण विभागका अधिकारीहरूले […]
१५ फागुन, कैलाली । गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले […]
काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । समितिले नेपालसहित लाओस र बंगलादेशलाई पनि विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । नेपालले पाँच वर्षको तयारी अवधिको सुविधासहित स्तरोन्नतिको लागि सिफारिस पाएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । राष्ट्रिय आकाङ्क्षाको यात्रामा नेपालको विकासका लागि यो महत्त्वपूर्ण कोशेढुङ्गा भएको […]
काठमाडौँ: पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थान मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो वर्षा सम्भावना रहेको […]
किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल […]
१५ फागुन, काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकजना ज्येष्ठ नागरिक लामो समयदेखि बहिष्करणमा परेको खुलेको छ । दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा टंकप्रसाद आचार्य आफन्त र छिमेकीबाट बहिष्करणमा परेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आचार्यले २०७५ असारमा जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको जातीय भेदभावविरुद्धको सहभोज कार्यक्रममा दलित […]
जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन् । एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन् । हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार […]
नागरिक रैबार/बाजुरा १५ फागुन। जिल्लाको जगन्नाथ गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ६० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री स्वरुप झोला र स्टेशनरी सामाग्री सहयोग गरिएको छ । प्रेमु पूर्ण प्रताप फाउण्डेसन दोलखाकी संरक्षक तथा सामाजिक अभियान्ता पद्मा प्रधानको सहयोगमा बाजुराको जगन्नाथ गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ६० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको […]
बझाङमा अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा वडाका नागरिक प्रभावित भएका छन्। नगरपालिकाको वडा नं. ८ स्थित जोशी गाउँ र वडा नं. १० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करीब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण त्रास उत्पन्न भएको स्थानीयवासी उमाकान्त जोशीले बताए। उनका अनुसार प्राय ः गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने […]
नागरिक रैबार/बाजुरा १४ फागुन। बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशका सह-इन्चार्ज धर्मराज पाध्यायलाई पृत शोक परेको छ । वडा अध्यक्ष पाध्यायका बुवा मनी पाध्यायको ७७ वर्षको उमेरमा शुक्रबार दिउसो जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा असामयिक निधन भएको हो । पाध्याय लामो समयदेखि दमका विरामी रहेका थिए । […]
निमेन्द्र शाही/बाजुरा १४ फागुन। नेपालीमा ‘जैतुन’ र अङ्ग्रेजीमा ‘ओलिभ’ भनिने एक प्रकारको वनस्पतिलाई बाजुरामा ‘लौठो’ नामले चिनिन्छ । जैतुन (लौठो) मा लागेको फलबाट तेल निकाल्न सकिन्छ । बाजुराका स्थानीयको दैनिकीमा जैतुन जोडिएको छ । त्यसैले यहाँको जीवन जैतुनकै आडमा बाँचेको छ भन्न सकिन्छ । ‘दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठो (जैतुन) बाट […]
काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु देखा परेको छ । शंकास्पद क्षेत्रमा बिहिबार परिक्षण गर्दा पुनः बर्डफ्लुको प्रकोप देखा परेको हो ।बर्डफ्लुको संक्रमण देखा परेसँगै अहिले सो क्षेत्रमा पालिएका कुखुरा, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । बर्डफ्लुको संक्रमण देखिएपछि अहिले सो क्षेत्र र वरपरका क्षेत्रहरुमा समेत सचेत […]
मदन विक/बाजुरा १४ फागुन। सदरमुकाम मार्तडीदेखि कोल्टी सम्मको करिव ४२ किलोमिटर सडकको निर्माण कार्य तिव्र गतिमा अगाडि बढेको छ । मार्तडी-कोल्टी सडक खण्ड शिलान्यास भएको करिव २० वर्ष पछि सडक निर्माणले तिव्रता पाएको हो ।जिल्लाको पूर्वीउत्तरी क्षेत्रका चार स्थानीय तह सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानीयहरुको आवतजावतलाई मध्येनजर गर्दै निर्माण हुन लागेको सो […]
काठमाण्डौ – भारतका व्यापारीहरुले ‘भारत बन्द’को घोषणा गरेका छन् ।८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् । अखिल […]
काठमाडौं । हुन नसकेको चुनावको तयारीका लागि निर्वाचन आयोगले हालसम्म ८ करोड हाराहारी खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भङ्ग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि आयोगले तयारी थालेको थियो । आयोगले जिल्ला कार्यालयहरुलाई विभिन्न शीर्षकमा ४ करोड १७ लाख ९० हजार रुपैयाँ पठाइको छ भने सोही […]
मुगु- मुगुको एक मात्र छायानाथ रारा नगरपालिकाले आफ्ना क्षेत्रभित्रका १४ वटा वडामा रहेका एकल पुरुषलाई भत्ता वितरण सुरु गरेको छ । गत ७ फागुनको प्रजातन्त्र दिवस अवसर पारेर नगरपालिकाले नगर क्षेत्रभित्रका एकल पुरुषलाई भत्ता दिन सुरु गरेको हो । भत्ता पाएपछि एकल पुरुषले नगरपालिकाको यो कदमप्रति खुसी व्यक्त गरेका छन् । वडा नम्बर १४ का ५० […]
बैतडी- बैतडीको सुर्नया गाउँपालिका-१ का वडाअध्यक्षले वडाबासीलाई ज्यान मार्ने धम्की दिएका छन् । वडाअध्यक्ष गजेन्द्रबहादुर चन्दले स्थानीय पदम टेलरलाई फोनबाट गाली गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । ज्यानमार्ने धम्की पाएका टेलरले आज पत्रकार सम्मेलन गर्दै अडियो सार्वजनिक गरेका छन् । अडियोमा वडाअध्यक्ष चन्दले टेलरलाई ‘तैले मलाई धेरै पीडा दिएको छस् । तलाई काट्न आउँछु’लगायतका शव्दहरु प्रयोग […]