होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल विकासशील देश स्तरोन्नतिका लागि सिफारिस
समाचार

नेपाल विकासशील देश स्तरोन्नतिका लागि सिफारिस

  • नागरिक रैबार
नेपाल विकासशील देश स्तरोन्नतिका लागि सिफारिस

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।

समितिले नेपालसहित लाओस र बंगलादेशलाई पनि विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।

नेपालले पाँच वर्षको तयारी अवधिको सुविधासहित स्तरोन्नतिको लागि सिफारिस पाएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । राष्ट्रिय आकाङ्क्षाको यात्रामा नेपालको विकासका लागि यो महत्त्वपूर्ण कोशेढुङ्गा भएको मन्त्री ज्ञवालीको भनाइ रहेको छ ।

विज्ञापन

विकासशील देशमा सिफारिस भएसँगै नेपालले अब सन् २०२६ अर्थात् अबको ५ वर्षमा विकासशील राष्ट्रको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । स्तरोन्नतिका लागि प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्क सुधार गर्नुपर्ने प्रावधान रहेको छ ।

नेपालले प्रतिव्यक्ति आयबाहेक दुई सूचकाङ्कमा तोकिएको मापदण्ड पार गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार