होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २० भदौ। ग्रामीण सुधार केन्द्र (आर.आई.सी) बाजुराको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।ग्रामीण एवं दुर्गम क्षेत्रको पूर्वाधार विकासमा स्थानीय जनसहभागिता भन्ने उद्देश्यका साथ २०६५ साल मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भई विधिवत रुपमा स्थापना भएको संस्थाको शनिबार एक औपचारिक कार्यक्रमका विच १३ औं वार्षिक साधारण सभा सम्पन्न […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुराको सदरमुकाम मार्तडीस्थित बाजुरा क्याम्पसले भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको छ । शुक्रबार बाजुरा क्याम्पसले एक सूचना जारी गर्दै भदौ २० गते आईतबारबाट विद्यार्थीहरुको भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको हो । यस अघि कोभिड-१९ का कारण बाजुरा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरु बैकल्पिक माध्यमबाट संचालन हुँदै […]
धनगढीः मोबाइलले हाम्रो जीवन सहत बनाइदिएको छ तर त्यहि मोबाइलका कारण मानिसहरुको जीवन पनि तहसनहस भइरहेको छ। एउटा यस्तै घटना भारतको गुजरातस्थित सुरतमा घटित भएको छ जहाँ पिताले जब आफ्नो किशोर छोरालाई मोबाइलमा गेम धेरै नखेल भनेर गाली गर्दा छोराले पितालाई घरमा नै घाँटी थिचेर हत्या गरिदिए। अर्जुन अरुण आफ्नी श्रीमती र एक छोरासँग बस्दथे। मंगलबार […]
नागरिक रैवार/बाजुरा १८ भदाै। गौमुल गाउँपालिका वडा नं. ५ का कोरोना प्रभावित ४५ अतिविपन्न परिवारहरुलाई सहास नेपाल बाजुराले राहत वितरण गरेको छ । सहयोगी हातहरुको समुह (सहास) नेपालले कोभिड १९ को दोस्रो लहरमा प्रभावित भएका सो वडाका दलित महिला, सुत्केरी र गर्भवति महिलाका घरपरिवारहरुका लागि भौचर सहयोग कार्यक्रम अन्तरगत राहत वितरण गरेको सहास नेपालका शिक्षा […]
भयो के भने, श्रीमानले श्रीमतीलाई कुनै सानो विवादमा दुई पटक थप्पड लगाई दिएछ । जवाफमा श्रीमतीले आफ्नो चप्पल श्रीमान् तिर फ्याँकिन । चप्पलको किनाराले श्रीमानको टाउको छुँदै गयो । कुरा यत्तिकैमा सिद्ध्याउन सकिन्थ्यो, तर पतिले यसलाई आफ्नो अपमान हो भन्ठाने, आफन्तहरूले यो कुरालाई अझ जटिल बनाई दिए । जटिल मात्र कहाँ हो र, गम्भीर ….! […]
नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
नेदरल्याण्ड विश्वको सबैभन्दा सून्दर देशहरुमा गनिन्छ । तर अहिले नेदरल्याण्ड सून्दरताका अलावा क्राइम रेटका कारण चर्चामा आएको छ । नेदरल्याण्डमा अपराध दरमा यति धेरै गिरावट आयो कि अहिले देशका कुनै पनि जेलमा कैदी छैनन् । नेदरल्याण्डमा सन् २०१३ यता जेल बन्द गर्ने सिलसिला जारी छ । सन् २०१९ मा यहाँ केही जेल बन्द गरिएको थियो […]
रोजगारी सिर्जनाका लागि भन्दै विश्व बैंकसम्मको ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको तीन वर्ष बित्यो । तर, पाँच वर्षका लागि तय गरिएको लक्ष्यको तुलनामा कार्यक्रमले हालसम्म ५.४१ प्रतिशत मात्र प्रगति हात पारेको छ । कार्यक्रमको दीर्घकालीन योजना (पाँचवर्षे कार्यक्रम दस्तावेज)ले कार्यक्रमको लक्ष्य, रणनीति, कार्यनीति तथा क्षेत्रका आधारमा पाँच वर्षमा हासिल गर्नुपर्ने अपेक्षित प्रतिफललाई नतिजा […]
१८ भदौ, काठमाडौं । पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् । पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव […]
नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो । बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम […]
नागरिक रैबार/बाजुरा १७ भदाै । कोभिड १९ को तेस्रो भेरियन्ट आउन सक्ने भएकाले यसको नियन्त्रण गर्न पुर्ब तयारीका लागि सरोकारवाला निकायसँग एक गोष्ठीको आयोजना गरेर छलफल गरिएको छ । नेपाल पनि कोभिड १९ को तेस्रो भेरियन्ट आउन सुरु भए संगै जिल्लामा त्यसको प्रतिकार्यका लागि के गर्न सकिन्छ भन्ने बिषयमा गोष्ठीको आयोजना गरिएको हो । स्वास्थ्य […]
नागरिक रैबार/बाजुरा १७ भदौ । बाजुराकाे बुढीगंगा नगरपालिका वडा ९ बिर्खम्म डाडाँको जङ्लमा भालुको आक्रमणमा परि एक युवती गम्भीर घाइते भएकी छन् । भालुकाे आक्रमणमा परि घाइते हुनेमा साेही वडाकि २१ वर्षिया काैसिला नेपाली रहेकी छन् । बिहिबार दिउसाे ४ बजे दिउसाे गाेठालाे जाने क्रममा नेपालीलाई भालुले आक्रमण गरेको स्थानिय बताएका छन् ।घाइते युवतिको थप […]
१७ भदौ, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैंडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालनका लागि निरन्तर प्रयास […]
सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ ।उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए । चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका […]
दार्चुला: आइतबार राति दार्चुलामा परेको अविरल वर्षाको कारण जिल्लाको महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा ठुलो क्षति भएको हो। वर्षापछि आएको बाढीपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन्। दुई जना घाइतेको हेलिकोप्टरबाट उद्दार गरि धनगढी ल्याइएको छ। बाढीपहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकामा दर्जनौँ घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ। […]
काठमाडौं । काठमाडौं उपत्यकाका प्रशासन कार्यालय विद्यालय खुलाउन लचिलो बनेका छन् । प्रशासनले जारी गरेको आदेशमा स्थानीय तहले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था राखिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर […]
१६ भदौ, बलेवा । बाढी-पहिरोका कारण थाकखोलाको नुन खानी सङ्कटमा परेको छ । खानी संरक्षणका लागि बनाइएका संरचना बर्सेनि बाढी-पहिरोको सिकार हुने गरेका कारण मुस्ताङको थाकखोलामा रहेको नुनखानी सङ्कटमा परेको हो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङमामा रहेको नुनखानी संरक्षणका लागि गाउँपालिकाले निर्माण गरेका संरचना बर्सेनि बर्खा याममा बग्ने गरेका छन् । नर्सिङ खोलामा […]
नागरिक रैबार/बाजुरा १६ भदौ। जिल्ला प्रहरी कार्यालय बाजुरा परिसर भित्र विभिन्न प्रजातिका विरुवाहरु रोपिएका छन् । आजबाट सञ्चालन भएको राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाजुराको कार्यालय परिसर भित्र विभिन्न प्रजातिका विरुवाहरु रोपिएका हुन् । प्रहरी निरिक्षक वलेन्द्र नाथको अध्यक्षतामा गठन भएको वृक्षारोपण समिति सहित १५/२० जनाको टोलिले बिभिन्न प्रजातीका ४० वटा […]
सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवतजावतमा कठिनाइ भएको हो । बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन् । पुलको अधिकांश भाग भत्केको […]
भदाै १६ वागमती । यो मञ्चमा रारिखएको पुस्तकको तस्विर हो । नेपालको राजनीतिक पार्टीहरुको भेला, बैठकमा यस्तो दृश्य सायदै देखिएको होला । अक्सर राजनीतिक पार्टीहरुका बैठक या सभामा नेताहरु बस्ने विशेष प्रकारको मञ्ज बनाइको हुन्छ । त्यस्ता मञ्चहरु सक्दो सिंगारिका हुन्छन् । मानौ त्यो महाराज बस्ने सिंहासन हो । पार्टीका कार्यकर्ताहरु रैती हुन । तिनीहरु […]