होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ६० वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको आज बिहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएको बताएपछि परिवारजनले गुप्तालाई अक्सिजन […]
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार वडा स्तरका अधिवेशन गर्न लागेको हो । पार्टी अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशैभरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सवै […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। नेकपा एमालेले देशभरका सबै वडाहरूमा आज एकसाथ वडा अधिवेशनको आयोजना गर्दैछ ।देशभरका ६ हजार सातसय ४३ वटा वडामा नयाँ नेतृत्व चयनका लागि एमालेले आज सवै वडामा एकसाथ वडा अधिवेशन गर्न लागेको हो । एमालेले देशभरका बाढी पहिरोले क्षती पुगाएका जिल्ला बाहेकका ठाउँहरुमा आज वडा अधिवेशन गर्ने तयारी गरेको भएपनि बाजुरामा केही […]
काठमाडौं । कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ । प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ […]
काठमाडौँ – अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ। त्यसका लागि नेपाल सरकारले अमेरिकाबाट पहिलो खेपमा १ लाख डोज फाइजर खोप आउँदो सोमबार ल्याउन लागेको छ । युएस फुड एन्ड ड्रग डमिनिस्ट्रेसनबाट अनुमति पाएपछि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सम्भवतः नोभेम्बरदेखि खोप […]
धनगढी: सुदूरपश्चिम सरकारले आज (शनिबार)देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ। आज हेलिकोप्टर प्रदेशका सातै जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्। क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले आज राहत लिएर जाने बताएकी हुन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी […]
नागरिक रैबार बाजुरा ५ कार्तिक। नेपाली काँग्रेस बाट बढिगंगा नगरपालिका १० मा वडा सदस्य जितेका भाेलाराम जाेशीले काँग्रेस छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस पाटीमा लामो समय देखि क्रियासिल भएर लागेका वडा सदस्य जाेशी सहित विनाेद सार्की, गाेकुल रावल लगायत दर्जनाै काँग्रेसका कार्यकर्ताले समाजवादी पार्टीमा प्रेवेश गरेकाे पुष्पजंग थापाले बताएका […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। सबैभन्दा बढी डोटीमा १५, बझाङमा ८, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ। पहिरोमा च्यापिएर प्रदेशमा २४ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। बझाङमा २१, कैलाली, बैतडी र डोटीमा एक÷एक जना बेपत्ता छन्। बझाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत […]
नागरिक रैबार/ बाजुरा ३ कार्तिक ।गत असोज ३१ गते देखि आएको बेमौसमी बर्षासँगै जुड्डी खोलामा आएको बाढीले जगन्नाथ गाउँपालिकाको कार्यलय बगाएको छ । निरन्तरकाे बर्षाले खोलामा बाढी बढ्नुका साथै जमिन कटान गरेपछि गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएको गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशिले बताएका छन् । कार्तिक २ गते दिउसो अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं […]
नागरिक रैबार/बाजुरा १ कार्तिक। आईतबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे-मार्तडी सडक सहित जिल्लाका अन्य ग्रामिण सडकहरु अवरुद्ध बनेका छन् । बर्षाकै कारण सडक हिलाम्मे र सडकमाथिबाट पहिरा खस्न थालेपछि सदरमुकाम मार्तडीसम्मको मुख्य सडक र सदरमुकाम मार्तडीबाट जिल्लाका अन्य ठाउँमा जोडिएका ग्रामिण सडक अवरुद्ध भएका हुन् । वर्षाकै कारण […]
१ कात्तिक, काठमाडौं । सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नागरिक रैबार/बाजुरा १ कार्तिक। जिल्लाको खप्तड क्षेडेदह गाउँपालिकाको आटिचौरस्थित दशरथ माविको खेल मैदानमा हुने तेस्रो क्षेडेदह कप फुटवल प्रतियोगिताका पहिलो चरणका खेलहरु भोलीबाट संचालन गरिने भएका छन् । आज औपचारिक रुपमा प्रतियोगिताको एक कार्यक्रमकाविच उद्धघाटन् गरिएको छ । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच पूर्व संविधान सभा सदस्य महाँ नेपालीले उद्धघाटन् गरेका छन् । प्रतिकुल माैषमका […]
नागरिक रैबार/बाजुरा १ कात्तिक । बाजुरामा आईतबार साँझबाट परेको अविरल बर्षाका कारण पाकेको धानवाली नष्ट पारेको छ । खेतमा पाकेको धान भित्र्याउने बेला परेको अविरल वर्षाका कारण धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढालेको छ । पाकेको धान भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि दैनिक […]
डडेल्धुराः डोटी र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टमा भारी वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा डडेल्धुरामा देशभरमै धेरै १ सय १६ मिलिलिटर वर्षा भएको हो। यस्तै, डोटीमा ९५.३ मिलिलिटर र धनगढीमा ८०.१ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले रंगुन नदी तथा सो क्षेत्रका अन्य स–साना नदीहरूमा […]
नागरिक रैबार/ बाजुरा १ कार्तिक । बाजुराकाे बुढीगंगा नगरपालिकाका एक किसाेर धनगढीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुढीगंगा नगरपािलिका ७ खारखेतका १५ वर्षिया विकास बिक रहेका छन् । उनी ३ दिन अगाडि धनगढीकाे बसपार्कबाट बेपत्ता भएकाे उनका आफन्तले बताएका छन् । धनगढीकाे बसपार्कबाट बेपत्ता भएका उनकाे खाेजि कार्य भईरहेकाेले सबैले सहयाेग गरिदिन आफन्तले आग्रह […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् । सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल […]
काठमाडौं, ३१ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु वीरजङ्गको अन्त्येष्टि भएको छ । उनको कपिलवस्तुस्थित आफ्नै गाउँमा अन्त्येष्टि भएको हो । वीरजङ्गको मृत्यु उपचारका क्रममा भारतको म्याक्स अस्पतालमा भएको थियो । २८ असोजमा निधन भएका उनको शव स्वदेश ल्याई हिजो अन्त्येष्टि गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टीको नेता समेत रहेका वीरजङ्गको […]
धनगढी : दसैँको टीका लगाइसकेका सुदूरपश्चिमका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई छ। खेतमा धान पाकेका कारण पानी परे नोक्सानी हुने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई भएको हो। सुदूरपश्चिम प्रदेशमा यो वर्ष धानको उत्पादन राम्रो हुने अनुमान गरिएको छ। यो वर्ष मनसुन अनुकुल हुनुका साथै उन्नत बीउका कारण धान उत्पादन बढ्ने अनुमान कृषि विज्ञले गरेका हुन्। […]
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरूको कार्यविभाजन गरेको छ। पार्टीको असोज ५-७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ मा बसेको स्थायी कमिटीको सातौं बैठकले नेताहरूको कार्यभार र जिम्मेवारी विभाजन समेत टुंगो लगाएको हो। जसअनुसार अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व, संघीय संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ भने सम्मानित नेता झलनाथ […]
काठमाडौँ: भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार (हिजो) अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत […]