होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं २४ पुस। पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका […]
धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै […]
नागरिक रैबार/बाजुरा २४ पुस। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र अझै सूरु हुन सकेको छैन् । शुक्रबार उद्धघाटन् भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र आज शनिबार विहान ११ बजेबाट हुने भनिएको थियो । प्रतिकुल मौषम र सवै प्रतिनिधि एकै ठाउँमा अटाउने सभाहल नभएपछि बन्द शत्रको कार्यक्रम सुरु हुन नसकेको […]
आहुती । विचार । नेकपा (एमाले) को दसौं महाधिवेशन सकेर देशभर जिल्ला अधिवेशन चलिरहेको छ । लाखभन्दा बढी मानिसको सहभागितामा उद्घाटन समारोह सम्पन्न हुनु भर्खर फुट बेहोरेको एमालेका निम्ति शानदार सफलता हो । आसन्न चुनावको तयारीका सन्दर्भमा एमालेको यो भीडभाड प्रदर्शनले संसद्वादी अन्य पार्टीलाई उकुसमुकुस बनायो होला । त्यसो त अन्य प्रतिस्पर्धी संसद्वादी पार्टीहरूले पनि अब यस्तै […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । केही दिनदेखि अस्वस्थ भएका प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।
नागरिक रैबार बाजुरा २३ पुस । ऐतिहासिक देउडा गीत बाजुुरा बैकुण्ठ रैछ भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको भुव, चाली, गौरा, देउडा, जिउनापुरी, अनन्ते जस्ता लोप उन्मुख संकृतिहरु गीतमा समेटिएका छन । शुदुरपश्चिमका प्रख्यात साहित्यकार राजेन्द्र शाह वि.पी.र कोकिलकण्ठी आवाजका धनी प्रकाश थापाको संयुक्त शब्द संगीत सृजनामा सृङ्गारिएको सो गितमा अहिले सम्मकै मौलिक पहिचानका […]
बैतडी, २२ पुस: बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा कोरोनाको पूर्ण मात्रा भने ९१ हजार ३०६ जनाले पाएका हुन् । पछिल्लो विवरण अनुसार पुर्चौंडी नगरपालिकामा– १९ हजार ८६ जनाले पहिलो मात्रा र १० हजार ३३६ जनाले पूर्ण […]
एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो । एउटा टर्वाइनमा देखिएको समस्याले गाउँवासीले नै […]
पुस, दाङ । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुके […]
काठमाडौं, पुस २० । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले आजदेखि थप एक अतिरिक्त खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई लगाउने तयारी रहेको जनाएको छ । बालबालिकाले लगाउने खोप केन्द्रबाहेक अहिले लगाइरहेका सबै खोप केन्द्रबाट अतिरिक्त खोपको […]
काठमाडौं । सोमबार हिमाली भेगका शेर्पा, लामा लगायत समुदायले धुमधामका साथ तोल ल्होसार मनाउँदैछन् । सबैभन्दा पुरानो ल्होसार मानिएको यो पर्व हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायत जिल्लामा मनाउने गरिन्छ । नेपालमा फरक–फरक जनजाति समुदायले छुट्टाछुट्टै ल्होसार मनाउने गर्दछन् । तमु ल्होसार पुसे १५ मा, सोनाम ल्होसार माघ प्रतिपदा र ग्याल्बो […]
कञ्चनपुर: कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार राति भीमदत्त नगरपालिका–१९ बागफाँटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीच ौकी बागफाटाले जानकारी दिएको छ।
उमेश रोकाया/बाजुरा १८ पुस। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ पाँडीमा रहेको खोलीडाँडा आधारभुत विद्यालयमा सोलार जडान गरिएको छ । सौर्य उर्जाको सहयोगमा उक्त विद्यालयमा १ किलोवाट क्षेमताको सोलार जडान गरिएको हो ।यस अघि विद्युत नभएकै कारण विद्यालयमा समस्या हुने गरेको थियो । सोलार जडानपछि विद्यालयलाई सजिलो भएको प्रधानाध्यापक वीर बहादुर रावतले बताउनु भएको छ […]
नागरिक रैबार/बाजुरा १८ पुस। सदरमुकाम मार्तडीमा खेलमैदान निर्माणका लागि उपयुक्त जग्गाको सम्भाव्यता अध्ययन गर्न बनाएको टोलीले जग्गाको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बडीमालिका नगरपालिकाले मार्तडीभित्र खेलमैदानका लागि उपयुक्त जग्गाको अध्ययन गर्न बनाएको सम्भाव्यता अध्ययन टोलीले बाउली र गणखेतमा रहेको जग्गाको सम्भाव्यता अध्ययन गरेको थियो । मार्तडीमा खेलमैदानका लागि जग्गाको सम्भावित अध्ययन गर्न बडीमालिका […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा अझै सम्पर्कमा आएका छैनन् । अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न गए पनि सम्पर्कविहीन भएसँगै उद्धार हुन नसकेको हो । शनिबार बिहान मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष डण्डु शेर्पालाई फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए । सोहीअनुसार बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि […]
नागरिक रैबार/बाजुरा १७ पुस। राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशबाट एमालेका तर्फबाट बाजुराका नेता काँशी विक सिफारिस भएका छन् । सुदूरपश्चिम प्रदेशबाट एमालेको तर्फबाट बाजुराका नेता काँशी विकसहित ९ जनाको नाम सिफारिस भएको छ । खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले बताएका छन् । उनका अनुसार […]
नागरिक रैबार/बाजुरा १६ पुस। बाजुरा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा जंग विक चयन भएका छन् । बाजुरा सामुदायिक सिकाई केन्द्र बाजुराको तेस्रो जिल्ला अधिबेशनबाट विक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । सिकाई केन्द्रका निबर्तमान अध्यक्ष प्रेम बिकको अध्यक्षतामा शुक्रबार संचालन भएको अधिबेशनले निबर्तमान सचिव जंग बिकलाई अध्यक्षमा सर्बसम्बत चयन गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाअध्यक्षमा लक्ष्मीराज […]
नागरिक रैबार/बाजुरा १६ पुुुस।जिल्लाको बडीमालिका नगरपालिका ९ का प्रेम थापा बेपत्ता भएका छन् । बाजुराको बडीमालिका ९ घर भई हाल धनगढी बस्दै आएका ४२ वर्षिया थापा बेपत्ता भएका हुन् । थापा घरबाट एक जोड लुगा र मोबाइल बाहेक केहि नलिइ सम्पर्क विहिन भएको उनकी श्रीमति गंगा थापाले बताएकि छन् । थापाकी श्रीमतिका अनुसार पुस १२ […]