होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २५ चैत्र। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ६ को काटियामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वडा नं. ६ मा स्थापना गरिएको सामुदायिक स्वास्थ्य केन्द्रको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले उद्धघाटन् गरेका छन् । यस अघि गाउँपालिकाको १० औं गाउँ सभाबाट वडा नं. ६ का स्थानीयहरुको स्वास्थ्य समस्यालाई मध्येनजर […]
राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले अपवित्र सम्झौताबाट नेपाललाई धर्मनिरपेक्ष बनाइएको भन्दै राप्रपाले हिन्दु राष्ट्र बनाइ छाड्ने दावी गरेका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता राणाले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै कुन साजिसबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर सम्पुर्ण नेपालीलाई धोखा दिएको राणाको भनाइ छ । ‘हामी यो मुलुकलाई हिन्दु […]
पोखरा । गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् । चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेललगायत चार जना पदाधिकारीलाई ‘पदबाट किन […]
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क-२ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।प्युठानमा रहेकाे स्वर्गद्वारीकाे दर्शन गरेर सुपा देउरालीका लागि छुटेकाे ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले सबै घाइतेहरुको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचार भइरहेकाे जानकारी दिनुभयाे । दुर्घटनाबारे थप अनुसन्धान […]
राँझा : मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ। पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए। उनका अनुसार नेपाल–भारत सिमाना जमुनाहनाकाबाट नेपाल […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने भएको छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । […]
धनगढी : बैतडीमा बिहीबार भएको जीप दुर्घटनामा जीपका चालकले शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्तले चलाउँदा दुर्घटना भएको बताएका छन्। जीप चालक वीरेन्द्र महताले मापसे गरेका पन्तले जबरजस्ती जीप चलाउँदा दुर्घटना भएको बताएका प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक वोधराज ओझाले चालक महताले सुल्लेखाल प्रहरी चौकीमा गाउँपालिकाका कर्मचारी पन्तले मापसे गरी जबरजस्ती […]
२५ चैत, महोत्तरी । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ सम्पन्न भएको छ । चैते […]
नागरिक रैबार/बाजुरा २४ चैत्र।नेकपा एमाले बुढीनन्दा नगरपालिकामा मेयरमा जनक कुमार बोहराको एकल उम्मेदवारी परेको छ । बुढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट नेकपा एमाले बाजुरा जिल्ला कमिटी उप- सचिव समेत रहेको बोहराको एकल उम्मेदवारी परेको हो । नेकपा एमाले बुढीनन्दा नगर कमिटिले बोहरालाई मेयरमा सर्वसम्मत तरिकाले उम्मेदवारी बनाएको हो । ०७४ को स्थानिय तहको निर्वाचनमा […]
नागरिक रैबार/बाजुरा २४ चैत्र। नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार-प्रसार उपसमितिको केन्द्रिय सदस्यमा बाजुराका तपेन्द्र विश्वकर्मा मनोनित भएका छन् । नेपाली काँग्रेसका पार्टी प्रवक्ता डा.प्रकाश सरण महतको संयोजकत्वमा मिती २०७८ चैत्र २२ गते बसेको बैठकको निणर्य अनुसार बाजुराको बडीमालिका नगरपालिका ७ सीराडी घर भएका विक समेत मनोनित भएका हुन् । नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति […]
उदयपुर, २३ चैत : टयुसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारकाे हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेकाे छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शब मंगलबार स्थानीय यशाेदाखोलामा विभत्स रूपमा हत्या गरिएकाे अवस्थामा फेला परेकाे थियो । शब फेला परेकाे २४ घन्टा […]
नागरिक रैबार/बाजुरा २३ चैत्र ।नेपाली काँग्रेसका युवा नेता प्रकाश रावलले बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका नेता रावलले बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । नेता रावलले मंगलबार नेपाली काँग्रेसको विधान २०१७ को नवौं संसोधन २०७५ को परिच्छेद ८ को धारा ३२ को उपधारा […]
काठमाडौं, २२ चैत्र । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । उनले मेयरको उम्मेदवार बन्ने भन्दै निकटस्थसँग सहयोगको आग्रह गरेको बुझिएको छ । केसी सकभर कुनै ठूलो दलबाट मेयरको उम्मेदवार बन्ने प्रयासमा छन् । ठूला दलहरुले उनलाई उम्मेदवार बनाउने सम्भावना कमजोर छ । केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यसबारे […]
नागरिक रैबार/बाजुरा २३ चैत्र। नेकपा एमाले बडीमालिका नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ३ दिनभित्र वडाका उम्मेदवारहरुको टंगो लगाउने भएको छ । मंगलबार एमालेको पार्टी कार्यालयमा बसेको नगर कमिटीको बैठकले ३ दिनभित्र वडाका उम्मेदवारहरुको छनोट गर्ने बताएको छ । पार्टीले वडा तहमा उम्मेदवार सिफारिस गर्दा कम्तीमा तीन जनाको नाम पठाउन […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाजुरामा ६ सय ७५ जना म्यादी प्रहरी छनोट गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार साँझ म्यादी प्रहरी छनोटको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रहरीका अनुसार म्यादी प्रहरीमा ५२५ पूरुष र १२५ महिला छनोट गरिएका छन् । ६ सय […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्रीको काठमाडौमा उपचार भइरहेको छ । मिना खत्रिले आर्थिक अभाबमा २ बर्ष पहिला देखी मुटुको रोग पालिरहेकि थिइन् । बडिमालिका खबरमा ार्थिक अभाबमा दुइ बर्ष देखी मुटुको रोग पालिरहेको समचार प्रकाशित पछि बाजुरा बाट उद्धार गरेर काठमाडौमा उपचार भइरहेको छ । काठमाडौमा […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। गैर सरकारी संस्था महासंघ बाजुरा शाखाकाे अध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् ।महासंघकाे ९ औ अधिवेशनबाट गिप्ट नेपाल बाजुराका कार्यक्रम प्रवन्धक समेत रहेका अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा माेहनराज जैशी, सचिवमा धर्म राेकाया, सहसचिवमा धनकृष्ण विक र काेषाध्यक्षमा शुसिला थापा, सदस्यहरू जानकी खत्री, दिनेश बाेहरा लगायत १० सदस्यीय […]
काठमाडौं । सरकारले अगामी शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) दिने भएको छ । मंगलबार परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गर्दै आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्र सबैको तयारी पुरा भइसकेको महाशाखाले जनाएको […]
२२ फागुन, साँझ करिब ६ बजे । भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरेर भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने । उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइको । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ । फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र राजेन्द्रकहाँ बस्न […]
काठमाडौँ — स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका पाँच दल स्थानीय राजनीतिक लेखाजोखामा जुटेका छन् । गठबन्धनको चैत १७ मा बसेको बैठकले वडासम्मकै राजनीतिक प्रतिवेदन मागेपछि पाँचदलीय स्थानीय संयन्त्रले काम थालेका छन् । सात प्रदेश, ७७ वटै जिल्ला र ७ सय ५३ वटै पालिकामा गठित संयन्त्रले चैत २२ भित्र देशभरको प्रतिवेदन दिने र त्यसका […]