होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नुन धेरै खान्छन् नेपाली
समाचार

नुन धेरै खान्छन् नेपाली

आयोडिन नुनको पीपीएम कम गर्ने सरकारको कुरा मात्रै

  • नागरिक रैबार
नुन धेरै खान्छन् नेपाली

नेपालमा आवश्यकता भन्दा अधिक मात्रामा प्रयोग गरेको पाइएको छ । नेपालमा अधिक मात्रामा नुनको उपभोग गर्ने प्रतिदिन बढ्दै गए पनि सरकारले आवश्यक कुनै कदम चाल्न सकेको छैन ।

करिब डेढ वर्षअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोडिनयुक्त नुन अधिक मात्रा सेवन हुँदै आएकाले जनस्वास्थ्यमा ठुलो असर पुर्‍याउने बताउँदै आयोडिनको मात्रा घटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्राचार गरेको थियो । तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डेढ वर्षदेखि नुनमा कति आयोडिन राख्ने कति मात्रा सेवन गर्ने विषयमा छलफल भइरहेको मात्रै बताउँदै आएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डेढ वर्षदेखि नुनमा कति आयोडिन राख्ने, कति सेवन गर्ने आदि विषयलाई अगाडि बढाउने प्रक्रिया रहेको मोहन कृष्ण महर्जनले बताए ।

नियमत गुण नियन्त्रण विभागले नुन उत्पादन गर्दा आयोडिन कति मात्रा राख्ने, सम्बन्ध निर्देशिका बनाएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरी मन्त्रिपरिषद् बैठकबाट पास हुनुपर्छ । यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१/२०२५ मा सरकारले राष्ट्रिय नुन उपभोगमा न्यूनीकरण रणनीति बनाइ सार्वजनिक अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

विज्ञापन

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्रा अनुसार आयोडिन नुन अधिक मात्रा सेवन गर्दा स्वास्थ्य हानी हुने भएकाले जनस्वास्थ्य दृष्टिबाट कृषि मन्त्रालयलाई पत्राचार गरिसकेकाले अब सम्बन्धित निकायले अगाडि बढाउनुपर्छ ।

शरीरलाई नोक्सान

आयोडिनयुक्त नुन पनि अधिक सेवनले शरीरलाई नोक्सान गर्दछ । तर आयोडिनयुक्त नुन प्रयोग गर्नेहरूले स्वास्थ्यको मापदण्ड ख्याल नगरी बढी प्रयोग गरिरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक आयोडिनको मात्रा १५ पीपीएम सेवन गर्नुपर्छ । यद्यपि धेरै नेपालीले ४० पीपीएम आयोडिन सेवन गर्ने गरेको शाखाले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका एक उच्च कर्मचारीले जनताको स्वास्थ्यलाई बेवास्ता गर्दै केही समूह प्रलोभनमा परेर आयोडिन नुनको मात्रा घटाउन तत्परता नदेखाएको बताए । सरकारले आयोडिन नुनको सेवनमा कम गर्ने विषयलाई विभिन्न बहानामा धकेलिरहेको उनले बताए ।

उनका अनुसार कृषि मन्त्रालयले आयोडिन नुनको मात्रा कम गर्ने कार्यविधिलाई मन्त्रिपरिषद्बाट पारित गरेर आदेश दिएपछि साल्ट ट्रेडिङ कर्पोरेसनलाई कार्यान्वयनको अनिवार्यता छ । तर, यस विषयमा निर्णय गरेर आदेश दिन नै ढिला गरिएको छ ।

स्वास्थ्य मापदण्डअनुसार एक जनाले दैनिक ५ ग्रामभन्दा कम नुन प्रयोग गर्नुपर्छ । तर, नेपालको सन्दर्भमा प्रतिदिन औसतमा ९.१ ग्राम नुन प्रयोग गर्दै आएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नसर्ने रोगको जोखिम कारक हेर्ने ‘स्टेप सर्वेक्षण २०१९ मा यो तथ्य प्रकाशमा आएको हो ।

परिवार कल्याण महाशाखाका अन्तर्गत पोषण शाखाका अनुसार नेपालीले दिनमा १२ ग्रामसम्म विभिन्न खानाका माध्यमबाट नुन सेवन गर्छन् । जानेर वा नजानेर आवश्यकताभन्दा बढी नुन सेवन गरिरहेको पाइएको छ ।

नेपालमा नुनसँगै आयोडिनको मात्रा पनि धेरै सेवन गरेको पाइएको छ । पोषण शाखाका अनुसार ग्रामीण भेगका ५० लाख मानिसले अझै ढिके नुन प्रयोग गर्दै आएको पाइएको छ । ढिके नुनको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असरहरू देखा पर्ने गर्छ । तर आयोडिनयुक्त नुनभन्दा ढिके नुन सस्तो पर्ने भएकाले ग्रामीण भेगका मानिसले ढिके नुनकै प्रयोग गरिरहेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाले जनाएको छ ।

एक जनाले दैनिक ५ ग्रामभन्दा बढी नुन सेवन गर्दा नसर्ने रोगको जोखिम बढ्ने पोषण शाखाले जनाएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार, ५ देखि ५९ महिनाका बालबालिकालाई ९० माइक्रोग्राम, ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १३० माइक्रोग्राम, वयस्कहरूलाई १५० माइक्रोग्राम र सामान्य अवस्थाका गर्भवती तथा सुत्केरीले २५० माइक्रोग्राम आयोडिन नुन दैनिक रूपमा सेवन गर्नुपर्छ ।

सरकारले नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा उत्पादित ‘दुई बालबालिका चिह्न अङ्कित आयो नुन’ दैनिक रूपमा सेवन गर्न अनुरोध गर्दै आएको छ । ढिके नुनमा आयोडिनको मात्रा न्यून हुने र यसलाई पखालेरमात्र प्रयोग गरिने हुनाले थोरै मात्रामा रहेको आयोडिन पनि पखालिने पोषण शाखाले जनाएको छ ।

यस्तै, आयोडिनको कमीले गलगाँड, शारीरिक र मानसिक रूपमा अशक्त हुने जस्ता समस्या निम्त्याउँछ । त्यसैले आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्याको उपचार सम्भव नभएकाले आयोडिनयुक्त नुन चाहिने मात्रामा सेवन गर्नुपर्छ ।

कम्तीमा ९० प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन आयोडिनको मात्रा १५ पीपीएमभन्दा बढी भएको वा खाएको हुनुपर्ने भनेको छ ।

अधिक मात्रामा नुन सेवन गर्दा यस्ता समस्या देखिन्छन्

— प्रशोधित खानेकुरामा राखिने नुनले पेटमा क्यान्सरसमेत हुन सक्छ ।

— मापदण्डभन्दा बढी नुन सेवन गर्दा मुटु रोग, मस्तिष्कमा समेत असर पुर्याुउँछ ।

— धेरै नुन सेवनले शरीरका रसायनहरूमा असन्तुलन भई मृत्युसमेत हुनसक्छ ।

—आवश्यकताभन्दा बढी नुनको सेवन गर्नेहरूमा पक्षाघात, हृदयाघात, मधुमेह जस्ता रोगको खतरा बढ्छ ।

— बढी नुन सेवनले मिर्गौलामा क्याल्सियमको मात्रा बढ्छ भने यसले पत्थरीको समस्या निकाल्न सक्छ ।

— नुनको अत्यधिक सेवनले हात, खुट्टा, अनुहार सुन्निन पनि सक्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार