होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः अछामका एकजना बेपत्ता भएका छन्। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ५० वर्षीय पदमबहादुर बुढा डोटीको सानागाउँबाट हराएका हुन्। उनी भारतबाट घर फर्किएका थिए। सोमबार धनगढीबाट बसमा अछामको मंगलसेनका लागि गएकामा उनी डोटीको सानागाउँबाट हराएका आफन्तले बताएकाछन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बुढा सोमाबार खप्तड यातायातको २८६७ नम्बरको बसमा अछाम गएका थिए।
२० माघ, काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका-३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ […]
आहुती । विचार । नेकपा (एमाले) को दसौं महाधिवेशन सकेर देशभर जिल्ला अधिवेशन चलिरहेको छ । लाखभन्दा बढी मानिसको सहभागितामा उद्घाटन समारोह सम्पन्न हुनु भर्खर फुट बेहोरेको एमालेका निम्ति शानदार सफलता हो । आसन्न चुनावको तयारीका सन्दर्भमा एमालेको यो भीडभाड प्रदर्शनले संसद्वादी अन्य पार्टीलाई उकुसमुकुस बनायो होला । त्यसो त अन्य प्रतिस्पर्धी संसद्वादी पार्टीहरूले पनि अब यस्तै […]
नागरिक रैबार । मंसिर १४ बाजुरा । जात व्यवस्था उन्मूलन मोर्चा सुदूरपश्चिम प्रदेश समितिले मंसिर ४ गते धनगढीको पार्कमोडबाट सुरु गरेको जात व्यवस्था उन्मूलनः जागरण एवं संगठनात्मक अभियान २०७८ सुदूरपश्चिमका ९ वटै जिल्लामा संगठन विस्तार गरी सोमवार कञ्चनपुरमा एक कार्यक्रमका वीच सफलता पूर्वक समापन गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको उक्त जनवर्गीय संगठनले […]
नागरिक रैबार/बाजुरा ६ भदौ ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको आईतबार मार्तडीको अपि होटेलमा बसेको पार्टीको पूर्ण बैठकमा दुई जना सचिवको टुँगो नलाग्दा बैठकको कार्यक्रम अध्यक्ष काली बहादुर शाहीले चलाएका छन् । नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेब रेग्मी हुँदाहुँदै नेकपा माओबादी केन्द्रका सचिवलाई मनोनित गरेर दुई जना सचिव पार्टीले पाएसँगै यसो गरिएको एक जिल्ला कमिटी […]
२३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाविपरीत ओलीले २८ फागुनमा जुन निर्णय गर्नुभयो, त्यो अवैध छ भन्दै आएका छौँ । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनविपरीत, पार्टी विधानविपरीत र सर्वोच्चको फैसलाविपरीत भएका कारण त्यो अवैध छ भन्ने थियो । ओलीजीले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर कथित दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अध्यक्ष हुँ भनेर जे भन्नुभएको थियो, […]
नागरिक रैबार । कैलाली २६ साउन । जिल्ला प्रहरी कैलालीले गौरीगंगा नगरपालिका – ९ शंकरपुरबाट हातहतियार सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाँउपालिका वडा – ९ का ५३ बर्षीय खेम राज चौधरी र धनगढी उपमहानगरपालिका – २ का ४६ बर्षीय मोहित कुमार शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । […]
नागरिक रैबार । बाजुरा २६ साउन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रतिनिधिमुलक प्रहरीहरु बजारमा भेटे जतिका सर्वसाधारणहरुलाई तपाईको मास्क खोई भन्दै नभएकाहरुलाई मास्क लगाउन सुझाउँदै उनीहरुलाई मास्क वितरण गर्दै हिडिरहेको छ । “नेपाल मास्क अभियान” साप्ताहिक कार्यक्रम अन्तर्गत कोभिड-१९ को संक्रमणबाट उत्पन्न हुन सक्ने जोखिम न्युनिकरणको लागि जिल्ला बाजुरा बडीमालिका नगरपालिका वडा नं. ८ र […]
बाजुरा २५ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन गइरहेको सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवल प्रतियोगिता छनोटमा पहिलो पटक सुदूरपश्चिम प्रदेशबाट रानीवन स्पोर्टस् क्लब बाजुराको टोलीले सहभागिता जनाउने भएको छ । अर्को महिनाको १० गते आयोजना हुन गइरहेको लिगको छनोटका लागि रानीवन स्पोर्टस् क्लब बाजुराले आईतबार एन्फामा आफ्नो नाम दर्ता गराएको क्लबका […]
बाजुरा २५ साउन । जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम […]
हुम्ला २४ साउन । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा संचालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा […]
आहुती । विचार । विनयकुमार पन्जियारले चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा अध्ययनका निम्ति आफूले आरक्षण पाउनुपर्ने दाबीका साथ गरेको रिटलाई खारेज गरेको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ गएको हप्ता मात्र सार्वजनिक भयो । त्यस फैसलाले सारमा नेपाली समाजमा आवश्यक समावेशिताको मूल मर्मलाई नै क्षतविक्षत बनाउन खोजेको छ । नेपालमा समावेशिताका सन्दर्भमा चलिरहेको बहस र आन्दोलनको मूल मर्ममाथि प्रहार गर्ने […]
नागरिक रैबार बाजुरा २४ साउन । कृषि ज्ञान केन्द्र बाजुराले स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ बाहुनी गाउँमा उत्पादित प्याज खच्चडमार्फत ढुवानी गराई बाजुरा जिल्लाको सदरमुकाम मार्तडी लगाएतका स्थानीय बजारहरुमा पुगाईएको छ । बाउँनी गाउँका ४० भन्दबढी स्थानीयले खेतमा उत्पादन गरेको प्याजलाई कृषि ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखाको ढुवानी अनुदान […]
नागरिक रैबार विहिवार २१ साउन । जिल्ला अस्पताल बाजुरामा उपचारार्थ दुई बच्चामा देखियो डेल्टा भेरिएन्ट भाइरस देखा परेको छ । जिल्ला अस्पताल बाजुरामा रुगाखोकी तथा स्वासप्रस्वासमा समस्या भई बिरामी भएर आएका दुई बच्चामा उक्त भाइरस देखा परेको हो । जिल्ला अस्पताल बाजुुराले धनगढी हुँदै काठमाडाँै रिफर गरेको एक १० वर्षीया बालकलाई कोरोना भाइरसको प्रकारलाई जनाउने […]
मनाङ कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला बनेको छ । मनाङले अहिले सम्म १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाएको छ । मनाङ जिल्लामा ४ हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाइसेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जनाकारी दिनुभयो । कोभिशिल्डको दोस्रो […]
साउन ६ धनगढीः नेकपा सुदूरपश्चिम कमिटीका अध्यक्ष नेता कर्णबहादुर थापाले भीम रावल आफूहरुतिर आए समस्या नहुने बताएका छन्। ‘भीम करमेड ठीक ठाउँमा उभिएपछि प्रेम आलेहरु गएर केही फरक पर्दैन’ उनले केन्द्रीय कमिटी बैठकमा भनेका छन्। नेतृत्वको वरिपरि रहेकाहरुले नेता र कार्यकर्तालाई जोड्ने काम नगरेको उनको गुनासो थियो। संसद्मा फ्लोर क्रस गर्ने २२ सांसदले स्पष्टीकरण सोधेको […]
नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् । पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा तीनजना नेताहरु विपक्षमा उभिएको नेता गौतमले बताएका छन् । शनिबार १४ औं गणतन्त्र दिवसका अवसरमा नेता गौतमले एमालेभित्रका गणतन्त्र विरोधी नेताहरुको स्मरण गरेका […]
वैशाख २०७८, सोमबार ENGLISH होमपेज / राष्ट्रपतिलाई तीन दलको आग्रह : बहुमतको सरकार गठनका लागि आह्वान होस् अनलाइनखबर २०७८ वैशाख २७ गते १८:२७ मा प्रकाशित 2प्रतिक्रिया 909Shares काठमाडौं २७ बैशाख । विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा भएलगत्तै कांग्रेस सभापति […]
नेपालको संविधानको धारा १०० को ३ अनुसार अब प्रधानमन्त्री पदमुक्त भएका छन्। उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ। नेपालको संविधान धारा १०० को उपधारा ३ उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका […]
काठमाडौं , १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।