होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला बन्यो मनाङ
समाचार

सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला बन्यो मनाङ

  • नागरिक रैबार
सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला बन्यो मनाङ

मनाङ कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला बनेको छ । मनाङले अहिले सम्म १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाएको छ ।

मनाङ जिल्लामा ४ हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाइसेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जनाकारी दिनुभयो । कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको आचार्यले बताउनुभयो ।

मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक २ हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक २ हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको उहाँको भनाई छ ।

विज्ञापन

स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४५ सय रहेको प्रक्षेपण गरेको थियो । अन्य नागरिकहरु विभिन्न कामको सिलसिलामा देशविदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४ हजार १९८ रहेको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो ।

जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप लगाउने व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसारमा मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान सुरु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार