होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग आज बिहान भएको छलफल सकारात्मक भएको दावी सहभागीहरुले गरेका छन् । उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै बुधबार काठमाडौंमा भेला भएर विरोध प्रदर्शन गरेका शिक्षकहरुका प्रतिनिधिहरुले […]
नागरिक रैबार/बाजुरा ३ असोज। बाजुरा जिल्लाका शिक्षकहरुले विद्यालयभित्रै शिक्षा ऐनको मस्यौदा जलाएका छन् । त्रिवेणी नगरपालिकामा रहेको खिन्नै आधारभुत विद्यालयका शिक्षकहरुले विद्यालयभित्रै शिक्षा विधेयकको मस्यौदा जलाएका हुन् । सरकारले भदौ २७ गते संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयक’ प्रति असन्तुष्टि जनाउँदै विधेयकको मस्यौदा जलाएको शिक्षक समीर थापाले […]
काठमाडौँ । देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएका छन्। विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्न लागेका हुन्। त्यसका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका हुन्। नेपाल शिक्षक महासङ्घको आह्वानमा उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेका हुन्।महासङ्घले विभिन्न १८ बुँदे […]
नागरिक रैबार/बाजुरा १७ भदाै। बाजुराकाको सदरमुकाम मार्तडीमा बडीमालिका शैक्षिक केन्द्र संचालनमा ल्याइएको छ । बाजुराको शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने उद्देश्यले शैक्षिक केन्द्र संचालनमा आएको हो । बडीमालिका ९ को वडा कार्यालय नजिक कार्यालय संचालन हुने गरी शैक्षिक केन्द्र संचालनमा ल्याइएको संचालक दिपक रोकायाले बताएका छन् । शैक्षिक केन्द्रले सम्पूणर् तहका ट्युसन कक्षाहरु, शिक्षक सेवा […]
भक्तपुर– कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए […]
नागरिक रैबार/बाजुरा ३० साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ३ स्थित चोयाकोट माद्यमिक विद्यालयले “नमस्कार” अभियान थालनी गरेको छ । चोयाकोट माविको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्याथी, परिवर्तनसिल आमा समुह तथा वडाका सरोकारवाला निकायसंगको सहकार्यमा विद्यालयमा “नमस्कार” अभियान थालनी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताएका छन् । साउन २९ गतेबाट विद्यालयमा […]
नागरिक रैबार/बाजुरा २२ साउन । बाजुरामा माध्यामिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि (पुरक) परिक्षामा १२ सय ७९ बिद्यार्थीहरु सहभागी हुने भएका छन । गएको चैत्र १७ गतेको एसईई परिक्षामा केही विषयमा अनुतिर्ण भएका र ग्रेडवृद्धि गर्न चाहने बिद्यार्थीहरु सहभागी हुने भएका हुन् । जिल्ला भरिका ५ सय ७५ जना छात्र र ७०४ जना छात्रा गरेर कुल […]
धनगढीः कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको शिक्षासङ्गै सीप अभियान सञ्चालन गर्ने भएको छ। स्ववियुले पढाइसङ्गै दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सीपमूलक तालिमहरू विज्ञ प्रशिक्षकद्वारा निस्शुल्क सञ्चालन गरिने भएको हो। विभिन्न विषयमा तालिम लिन इच्छुक विद्यार्थीहरुले आफ्नो इच्छाएको एकमात्र विषय खुलाएर आवेदन दिन सूचना निकालिएको छ। तालिम लिन इच्छुक विद्यार्थीले यही श्रावण ३० गते सम्म […]
नागरिक रैबार/बाजुरा १ साउन। सुदूरपश्चिम विश्वविद्यालय बाजुरा क्याम्पसको क्याम्पस प्रमुख पदमा रूप वहादुर रौले नियुक्त भएका छन् । यस अघि बाजुरा क्याम्पसकाे क्याम्पस प्रमुखमा शुरेस पण्डित थिए । त्यस्तै बडीमालिका क्याम्पसकाे क्याम्पस प्रमुखमा नरबहादुर कटुवाल नियुक्त भएका छन् । साे क्याम्पसमा यश अघि विरबहादुर कटुवाल रहेका थिए ।
काठमाडौं — माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित […]
नागरिक रैबार/बाजुरा १६ असार।बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविका विपन्न विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको छ । काठमाडौंमा रहेको दौतरी संस्थाको सहयोगमा मालिका माविका ईसिडि देखि कक्षा ६ सम्मका ५ सय ४८ जना विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले बताएका छन् । शनिबार विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई न्यानो […]
काठमाडौँ । विपक्षी दलहरूले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करका दर हेरफेर भएकोबारे सरकारको धारणा आउनुपर्ने बताएपछि प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको अनौपचारिक बैठकमा एमाले, राप्रपा र रास्वपाले करका दर हेरफेर भएकोबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरु हुन ढिलाइ भएको हो । […]
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन्। परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी […]
काठमाडौँ । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ […]
काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले संघीय शिक्षा ऐन ल्याउन ढिलो गर्न नहुने बताएका छन्। २०२८ सालकै शिक्षा ऐनलाई टालटुल गरि चलायरहेको बताउँदै उनले संघीय शिक्षा ऐन अबिलम्व ल्याउनुको विकल्प नरहेको बताए। मंगलबार सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सांसद पाण्डेले २०२८ सालमा बनेको शिक्षा नीतिलाई पटकपटक संशोधन गरेर चलाइरहेको […]
काठमाडौँ । चैत ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तरगत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ । यसैगरी उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ […]
काठमाडौं: परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो। २६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ । […]
नागरिक रैबार/बाजुरा १५ फागुन । आगामी चैत्र १७ गतेबाट संचालन हुने माद्यमिक शिक्षा परीक्षा (एसईई) का लागि बाजुरामा १५ वटा परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा समन्वय इकाई बाजुराले आगामी चैत्र १७ गते बाट एकैसाथ संचालन हुने एसईई परिक्षाका लागि जिल्लाभरका ९ वटै पालिकामा १५ वटा परीक्षा केन्द्र तोकेको हो । यस वर्ष बाजुरामा नियमित […]
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका कारण दैनिक पठनपाठनलगायत शैक्षिक गतिविधि प्रभावित नहोस् भनेर चार दिन मात्रै प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार चैत ५ मा देशभरका आंगिक, सामुदायिक र निजी क्याम्पसमा निर्वाचन हुँदै छ । स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९, आचारसंहिता र समय तालिका जारी गर्दै त्रिविले फागुन २९ दिउँसो […]
टेकराज भण्डारी। फागुन ८ अछाम। अछामको मंगलसेन नगरपालिकाले आफ्नो सेवा क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाका ४९ वटै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा पुर्याउन आवश्यक उपकरण प्रदान गरेको छ । नगरभित्रका ११ वटा माध्यामिक विद्यालयमा ईन्टरनेट सेवा जडान गरिसकेको यहाँका ३८ वटा आधारभूत विद्यालयमा अब ईन्टरनेट सेवा जडान हुने मंगलसेन […]