होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्।राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौकास्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिएको छ। रजिस्ट्रेसन नम्बरको सुरूको अंक ५६ वा सोभन्दा बढी […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । अर्थात ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । एक लाख […]
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न अनुरोध गरेको छ।शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो। देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा […]
काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा)को नतिजा सोमबार प्रकाशन गरेको हो। परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयकमा प्रस्तावित जिल्ला शिक्षा कार्यालय रहने व्यवस्था हटाउन माग गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० मा परेको संशोधनबारे छलफल गरिरहेको छ ।संशोधनकर्तामध्ये एक कांग्रेस सांसद थापाले प्रस्तावित जिल्ला शिक्षा कार्यालयलाई संविधानले नै नचिन्ने बताए । उनले भने, ‘जिल्ला शिक्षा कार्यालय […]
नागरिक रैबार/बाजुरा ३० साउन। बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित मालिका नमुना माविमा कार्यरत शिक्षक विष्णुप्रसाद पाण्डेद्धारा लिखित एक आधारभूत अंग्रेजी व्याकरण पुस्तक पुस्तकको विमोचन गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका विच शिक्षक पाण्डेद्धारा लिखित उक्त पुस्तकको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले विमोचन गरेका हुन् । बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ४ घर भई मालिका नमुना […]
नागरिक रैबार/बाजुरा २३ साउन। माध्यमिक शिक्षा परीक्षा एसईईको मौका परीक्षा आजबाट सूरु भएको छ । परिक्षामा बाजुराबाट १ हजार ५ सय ८२ जना परिक्षामा सहभागी भएका छन् । जसमा ६ सय ८७ छात्र र ८ सय ९५ छात्रा हरु सहभागि छन् । यस अघिका वर्षहरुमा एसईईको पुरक परिक्षामा सहभागि हुने जिल्लाभरका विद्यार्थीहरुले सदरमुकाम मार्तडीमा आएर […]
काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा २ लाख ८ हजार ९०३ जना सहभागी हुँदैछन् । यही साउन ३१ गतेसम्म चल्ने परीक्षाका लागि ५५० केन्द्र तोकिएका छन्। सरकारले यस वर्ष दुई वा सोभन्दा बढी विषयमा ननग्रेड […]
काठमाडौँ । कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । दुई […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ […]
राजेन्द्र विक /बाजुरा १८बैशाख। पुर्व शिक्षा मन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोख्रेलले गुणस्तरीय शिक्षा समृद्ध नेपालको पहिलो आधार भएको बताएका छन् । गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि समुदाय , अभिभावक र अन्य क्षेत्रको योगदान आवश्यक भएपनि पहिलो जिम्मेवारी शिक्षकहरुको हुने पोखरेलको भनाई छ । बडीमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि आयोजना गरेको प्रशिक्षण तथा अन्र्तक्रिया […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि सुरु हुँदै छ । परीक्षा भोलि (बिहीबार) बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन भोलि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस वर्षदेखि नयाँ पाठ्यक्रमअनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार आठ सय ६ विद्यालयबाट पाँच लाख चार हजार ४१४ परीक्षार्थी सामेल हुने परीक्षा […]
नागरिक रैबार। भोलि (बिहिवार) बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोवाईल फोन तथा चिटजन्य सामग्री नल्याउन शिक्षा विकास तथा समन्वय इकाई बाजुराले आग्रह गरेको छ । एसईईको बार्षिक परीक्षाको परीक्षा केन्द्र नजिक तथा भित्र मोवाईल, चिटजन्य सामग्री तथा हाततियार निषेध गरिएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ । त्यस्तै निषेयिधत सामग्री […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बाजुराकाे सदरमुकाम मार्तडीस्थित मालिका माविले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूकाे विद्यालयबाट विदाई गरेकाे छ । विद्यालयबाट यस वर्षकाे माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा सहभागी हुने विद्यार्थीहरूलाई आज एक औपचारिक कार्यक्रमका विच मायाकाे चिनाे प्रदान गरेर विदाई गरेकाे विद्यालयका शिक्षक धिरबहादुर दानीले बताएका छन् । जिल्ला भरिका सामुदायिक विद्यालयहरू मध्ये मालिकामा […]
काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रले आगामी चैत मसान्तभित्र बालबालिकाको पाठ्यपुस्तक विद्यालयमा पुर्याइसक्ने जनाएको छ । कक्षा ५ देखि १० कक्षासम्मको पुस्तक प्रकाशन गरिरहेको जनक शिक्षाले धमाधम छपाईको काम गरिरहेको छ । कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक एक करोड ४७ लाख सेट पुस्तकमध्ये करिब २५ लाख मात्रै छपाई गर्न बाँकी रहेको केन्द्रले जनाएको […]
काठमाडौँ– सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउदै राहत शिक्षकहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । शिक्षक महासंघ र केहि संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसद्मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो […]
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताएकी छन्।सिंहदरबारमा शुक्रबार अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो। उक्त वार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले शिक्षकहरूसँग सरकारले सहमति गरेको बताइन्। ‘शिक्षकहरूसँग सहमति भएको छ। संसदमा दर्ता भइसकेको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूका माग समावेश गर्ने कुरा भएको […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्षामा १ लाख १३ हजार ३१३ विद्यार्थी सहभागी […]
नागरिक रैबार/बाजुरा ४ असोज।शिक्षकहरु विद्यालय छाडेर आन्दोलनमा होमिएपछि बाजुराका सामुदायिक विद्यालयहरु बन्द छन् । शिक्षकहरु काठमाण्डौंमा भईरहेको शिक्षकहरुको आन्दोलनमा सहभागि हुन् गएपछि यहाँका विद्यालयमा अधिकाँश शिक्षकहरु आएका थिएनन् । बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा अध्ययनरत विद्यार्थीहरु विहिबार विद्यालय समयमा पुगेका थिए । विद्यालय समयमा पुगेका विद्यार्थीहरु पढाई हुन्छ, शिक्षक आउँछन भनेर कक्षा कोठाभित्र पसेका […]