होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • मालिकाले गर्याे एसइइ परिक्षामा सहभागी हुने विद्यार्थीकाे विदाई
शिक्षा

मालिकाले गर्याे एसइइ परिक्षामा सहभागी हुने विद्यार्थीकाे विदाई

  • नागरिक रैबार
मालिकाले गर्याे एसइइ परिक्षामा सहभागी हुने विद्यार्थीकाे विदाई

नागरिक रैबार/बाजुरा ३० फागुन। बाजुराकाे सदरमुकाम मार्तडीस्थित मालिका माविले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूकाे विद्यालयबाट विदाई गरेकाे छ ।

विद्यालयबाट यस वर्षकाे माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा सहभागी हुने विद्यार्थीहरूलाई आज एक औपचारिक कार्यक्रमका विच मायाकाे चिनाे प्रदान गरेर विदाई गरेकाे विद्यालयका शिक्षक धिरबहादुर दानीले बताएका छन् ।

जिल्ला भरिका सामुदायिक विद्यालयहरू मध्ये मालिकामा सबै भन्दा बढी २ सय ६८ जना विद्यार्थी कक्षा १० मा अध्ययनरत रहेका छन् । विगतका वर्षहरूमा समेत यस विद्यालयले एसइइमा उत्कृष्ट नतिजा ल्याउँन सफल हुँदै आएकाे छ ।

विज्ञापन

चैत १५ गतेबाट संचालन हुने यस वर्षको एसईई परिक्षामा मालिका मावि बाट नियमित तर्फ २ सय ६८ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

विद्यालयकै कक्षा ९ मा अध्ययनरत रहेका विद्यार्थीहरूकाे व्यवस्थापनमा आयाेजना गरिएकाे विदाई तथा शुभकामना आदान-प्रदान कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शुभराज पाद्यायले एसइइ परिक्षामा सहभागी हुने विद्यार्थीहरूलाई विदाई गर्दै उज्ज्वल भविष्यकाे कामना व्यक्त गरेका थिए ।

विद्यालयका विव्यस अध्यक्ष काँशीबहादुर विककाे अध्यक्ष्यतामा संचालन गरिएकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि बडीमालिका नगरपालिकाका शिक्षा शाखा प्रमुख रंगमल विक रहेका थिए ।

विद्यालयकाे आफ्नै खेलमैदानमा आयाेजना गरिएकाे उक्त कार्यक्रमकाे संचालन विद्यालयका शिक्षक धिरबहादुर दानीले गरेका थिए । भने कार्यक्रममा विद्यालयका शिक्षक/विद्यार्थी अभिभावक लगायतकाे सहभागिता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार