होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बजार
  • दोलखाको मेलुङबाट वार्षिक ३ करोडको सुन्तला बिक्री
बजार

दोलखाको मेलुङबाट वार्षिक ३ करोडको सुन्तला बिक्री

  • नागरिक रैबार
दोलखाको मेलुङबाट वार्षिक ३ करोडको सुन्तला बिक्री

दोलखा- दोलखा जिल्लाको मेलुङ गाउँपालिका भित्रका स्थानीयहरू पछिल्लो वर्षहरूमा कृषितर्फ आकर्षित बन्दै गएका छन् । यहाँका स्थानीयको आम्दानीको मुख्य स्रोत कृषि बन्दै गएको छ ।

भौगोलिक कारण पूर्वाधार विकासमा उदाउँदो मेलुङ पालिका आफ्नो उत्पादनलाई बजार सम्म पुर्‍याएर स्थानीय बजार धान्न सफल भएको पालिका अध्यक्ष हिराकुमार थोकरले बताए । पालिका आलु तथा सुन्तला र खाद्यान्नमा आत्मनिर्भर रहेको उनले बताए ।पालिका अध्यक्ष थोकरका अनुसार मेलुङले वार्षिक ३ करोड बराबरको सुन्तला बिक्री गर्ने गरेको छ । मेलुङको पवटी लगायतका क्षेत्रबाट वार्षिक ३ करोड बराबरको सुन्तला उत्पादन हुँदै आएको अध्यक्ष थोकरले बताए ।

मेलुङका स्थानीयले सुन्तला बिक्रीबाट दुईदेखि ५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । मेलुङका स्थानीयको आन्तरिक आम्दानीको स्रोत कृषि भएकाले यहाँका किसान कृषिमा आत्मनिर्भर रहेको अध्यक्ष थोकरले बताए ।

विज्ञापन

मेलुङ सुन्तला खेतीको उर्वर भूमि रहेकाले धेरै किसानले सुन्तलाबाटै राम्रो आम्दानी लिने गरेको उनले सुनाए । मेलुङबाट उत्पादित सुन्तलाले आन्तरिक बजार धान्न सकेको समेत अध्यक्षले बताए । साथै उनले धेरै जसो सुन्तला स्थानीय तामाकोशी बजार र सदरमुकाम चरिकोट बजार लाई मेलुङकाे सुन्तलाले नै बजार धान्न सकेको बताए ।

गाउँपालिकाले चालु वर्षको बजेटमा पनि पूर्वाधार बिकास, शिक्षासंगै कृषिलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उपाध्यक्ष गायत्री आचार्यले बताइन् । पालिकाले दिने अनुदान पनि उत्पादनलाई लक्षित गरी असली किसान र व्यवसायमा लागेका किसानको तथ्याङ्क सङ्कलन गरेर मात्रै दिने गरेको उपाध्यक्ष आचार्यको भनाइ छ । खबरहवबाट

सुबास बस्नेत 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार