होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले प्रेसलाई कमजोर बनाउन लागि परेको बताए । उनले भने, ‘प्रेसलाई कमजोर बनाउनु भनेको मुलुकलाई अधिनायकवादको दिशातर्फ उन्मुख गराउनु हो । ‘ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘सरकारले जनतालाई ठूलो […]
नेकपाको सचिवालय बैठक एजेन्डामै प्रवेश नगरी स्थगन भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो युरोप भ्रमणबारे ब्रिफिङ मात्रै गरेका थिए । वरिष्ठ नेता झलनाथ खनालका अनुसार अध्यक्ष ओलीले भ्रमणबारे, अर्का अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकलाई जानकारी गराएका थिए । गत २१, २२ र २३ जेठमा बसेको सचिवालय […]
काठमाडौं ४ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै मन्त्रीलाई अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्। मन्त्रीले योजना माग्दा हप्काएको भन्दै सांसद थापाले संसदमा आक्रोश पोखे। उनले […]
काठमाण्डौ ३२ जेठ। सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै सांसद मानन्धरले भने, ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।’ सडकमा […]
काठमाडौं, ३२ जेठ । तलब, भत्ता र अन्य सुविधा गरी एक सांसदको मासिक कमाइ कम्तीमा ८० हजार पुग्छ । प्रतिनिधिसभाका सभामुख/उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष/उपाध्यक्ष, विभिन्न संसदीय समिति सभापति र मन्त्री पदमा आसीनको कमाइ झन् बढी हुन्छ । मासिक ८० हजारभन्दा बढी कमाउने जनप्रतिनिधिले एउटा ल्यापटप आफैँ किन्न नसक्ने भन्ने प्रश्न नै रहँदैन । जब कि बजारमा ३० हजारदेखिका ल्यापटप […]
रमित विक/ बाजुरा ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बाजुराले पूर्णता पाएसंगै शुक्रबार पहिलो बैठक बसेको छ । दुई ठूला पार्टी एकता भएको एक बर्षपछि नेकपा जिल्ला कमिटी बाजुराका पदाधिकारीहरुले सपथ लिएपछि पार्टी कार्यालय नयाँ बजार जिउलामा बैठक बसेको कार्यालय सचिव काँसी बिकले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको छ । नेकपाको […]
शुक्रबार, वैशाख २०, २०७६ वैशाख ११ गते चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी १८ गते स्वदेश फर्किएकी छिन् । चीनमा राष्ट्रपति भण्डारीलाई उच्च सम्मान दिइएको छ । नेपालको संविधानलाई स्वीकार गरेको चीनले राष्ट्रपतिलाई बोलाएर भव्य स्वागत गर्नु सकारात्मक संकेत हो । भ्रमणको क्रममा भएका समझदारी र सहमतिले पनि त्यसलाई पुष्टि गर्दछ । विआरआईको दोस्रो शिखर […]
शुक्रबार, वैशाख २०, २०७६ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न गरिसक्ने विश्वास दिलाएका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले प्रशासनिकतर्फको कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न भइसकेको बताए । उनले भने, ‘अहिले स्वास्थ्यतर्फको काम धमाधम भइरहेको छ । एक हप्ताभित्रै सबै समायोजनको काम सम्पन्न गरिसक्छौं […]
शुक्रबार, वैशाख २०, २०७६ नेकपाका सुदुरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये तीन जिल्लाका सचिवले सपथ बहिष्कार गरेका छन् । वरियतामा तल पारेको भन्दै असहमति जनाएका ३ सचिव भने आइतबार आयोजित सपथ कार्यक्रममा उपस्थित नै भएनन् । तत्कालिन नेकपाका डडेल्धुरा पूर्वजिल्ला अध्यक्ष डा.तारा जोशी, बझाङका तत्कालिन एमालेका पूर्वअध्यक्ष दिलबहादुर सिंह र दार्चुलाका तत्कालिन एमालेका पूर्वअध्यक्ष रामदत्त जोशीले […]
वैशाख १९ दाङ : नेकपाका नेता चढेकाे कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बुधबार दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कार दाङ र अर्घाखाँचीको सिमानामा दुर्घटना हुँदा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन्। दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश […]
भक्तपुर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आवश्यक कानून र संरचना तयार हुन नसक्दा तीन तहका सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिया उनले प्रदेश सरकार गठन भएको एक वर्षसम्मको अवधि अनुभवको वर्ष भएको बताए । ‘अबको वर्ष संघीयताको जग निमार्णको वर्ष हो’, उनले भने । मुख्यमन्त्री […]
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । महासचिव बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गरे । ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले रेशम चौधरीलाई जन्मकैदको सजाय दिने काम गरेको भन्दै सरकारको चर्को […]
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन उत्रिन युवा/विद्यार्थीहरुलाई आह्वान गरेका छन् । केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको आरोप लगाउँदै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारेका हुन् । शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संवैधानिक परिषदको बैठक बोलाएर […]
काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको दावी गरेका छन् । नेता महतोले सरकारले दुई तिहाई जनमतको दुरुपयोग गरेकाले पनि सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय लिनु परेको पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित ११ विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै उनले सरकारविरुद्धको आन्दोलनमा होमिन सबै विद्यार्थी संगठनहरुलाई पनि आह्वान गरे […]
काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डाक्टर माधवी भट्टले आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि ढिलाई नगर्न सरकारलाई सुझाव दिएकी छन् । चैत ३० गते सनिबारदेखि पदावधि सकिँदै गर्दा शुक्रबार आयोग परिसरमा पत्रकार सम्मेलन गरि उनले आयोग पदाधिकारीविहीन हुँदा संक्रमणकालीन न्यायका संयन्त्रहरु नै संक्रमणमा पर्ने भन्दै नयाँ पदाधिकारी नियुक्तिलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएकी हुन् […]
धनगढी– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका २ जना नेता करिब डेढ लाख रुपैयाँसहित पक्राउ परेका छन् । प्रहरीले विप्लव समूहको स्थानीय नेताका रुपमा सक्रिय कैलालीको बर्दगोरिया गाउँपालिकाका डम्बर बम र उदयराम थापालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद १ लाख ३५ हजार ९ सय ९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका […]
डा. रामशरण महत नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । देशमा सबैभन्दा धेरैपटक अर्थ मन्त्रालय सम्हालिसकेका डा. महत यतिबेला पार्टीको काममा व्यस्त छ । आगामी महाधिवेशनका लागि नेताहरुले जिल्ला दौडलाई तिब्रता दिइरहेका बेला डा. महत पनि यो दौडमा सहभागी छन् । उनै डा. महतसँग हामीले नेपाली कांग्रेसको आन्तरिक विवाद, सरकारका पछिल्ला गतिविधि, सरकारले आयोजना गरेको लगानी सम्मेलन […]