होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उप निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेद्वार चयन गरेको हो । बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश […]
काठमाडौं । शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावलीअनुसार माध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समितिको अध्यक्ष बन्न उच्च मावि तहको अनिवार्य शिक्षा उत्तीर्ण […]
१५ कात्तिक, काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि केन्द्रीय सुरक्षा कार्ययोजना तयार भएको छ । शुक्रबार गृह मन्त्रालयमा आयोजित छलफलमा उक्त केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतिकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका समावेश गरिएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा […]
काठमाडौँ– दिनदहाडै काठमाडौँमा एक सांसदको निवासबाट लाखौं रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित निवासबाट नगद र गरगहना चोरी भएको हो । सांसद गौतम काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनी संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । सूचनाविभाग […]
आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन्। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन्। दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८ सय ८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९ सय ९ मतदाता रहेका निर्वाचन […]
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले यही कात्तिक २२ देखि २४ गतेसम्म तेस्रो चरणको ‘स्वाभिमान यात्रा’ गर्ने भएको छ । सङ्गठन सुदृढीकरणका साथै पार्टीका राजनीतिक कार्यक्रम प्रचार गर्ने उद्देश्यले गर्न लागिएको उक्त यात्रा सिन्धुलीबाट शुरु गरी रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा समापन गरिने छ । यसअघि पहिलो चरणमा मेची महाकाली स्वाभिमान यात्रा गरी ३७ जिल्लामा कार्यक्रम गरिसकेको […]
बैतडी- आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले आज बैतडीको दोगडाकेदार–४ मा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । दोगडाकेदार गाउँपालिका–४ को वडा कार्यसमितिको बैठकले सुरेन्द्रप्रसाद भट्टको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको काङ्ग्रेस वडा कार्यसमिति सदस्य उमेश भट्टले जानकारी दिए । वडा कार्यसमितिका संयोजक चन्द्रदेव भट्टको अध्यक्षतामा सम्पन्न भएको बैठकले प्रचारप्रसारका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउनेसमेत निर्णय […]
पोखरा । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेकपा गण्डकी प्रदेशले ३ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । यसअघि नेकपा जिल्ला कमिटीले स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको मात्रै नाम सिफारिस गरेकोमा प्रदेशले थप दुई जनाको नाम सिफारिस गरेको हो । प्रदेशले भट्टराईसहित नेताहरु […]
उपनिर्वाचनमा संघ र प्रदेशतर्फका उम्मेदवार तय गर्न प्रमुख प्रतिपक्ष कांग्रेसमा सकस भइरहेको छ । उम्मेदवारी दर्ताका लागि एक साता मात्र समय बाँकी रहेका बेला कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । उपनिर्वाचन मंसिर १४ गतेका लागि तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता […]
काठमाडौं । पहिलो पृष्ठमा तिहारको झल्काउने तस्वीर छापेका आजका अखबारहरूले फरक–फरक विषयलाई समाचारको रूप दिएका छन् । कुनैले कांग्रेस सभापतिको विभाग थप गर्ने प्रस्तावलाई मुख्य समाचार बनाएका छन् भने केहीले कूटनीति, रौतहट बम विस्फोटमाथि भइरहेको अनुसन्धानलगायत विषय उठाएका छन् । नागरिकले सत्यनिरूपण र बेपत्ता छानबिन आयोगले नेतृत्व नपाउँदा द्वन्द्वकालीन मुद्दा अलपत्र परेको लेखेको छ । […]
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए। प्रहरीले २० दिन लगाएर अनुसन्धान प्रतिवेदन तयार पारेको हो। महराले भने रोशनी शाहीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन्। […]
काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणमा घटनाको आठ वर्षपछि सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको छ। उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले उनीहरुलाई बलात्कारी ठहर गरेको हो। जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना […]
काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यही कात्तिक १० गतेभित्र प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएपनि अहिलेसम्म एउटै जिल्ला तथा प्रदेशले पनि उम्मेदवार सिफारिस गरेका छैनन् । उम्मेदवार सिफारिसका लागि सचिवालयले दिएको समयसीमा सकिन अव ३ दिनमात्र बाँकी छ । गत असोज २९ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला तथा प्रदेश कमिटीहरुलाई […]
काठमाडौ : भिभिआईपी यौन काण्डमा परेर अहिले पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा बसिरहेका बेला अर्का चर्चित सांसद तथा अर्वपति विनोद चौधरीको व्यवसायिक संस्थामा पनि यौनकाण्डको बाछिटा छिरेको छ । यस कुराले व्यापारीहरुबीच चर्चा हुँदै हलचल ल्याएको छ । अर्बपति चौधरी आफ्नो नभई उनको व्यवसायमा सहायक बनेर आउने व्यक्तिले मच्चाएको यो काण्डले अहिले उनलाई अप्ठ्यारोमा पारेको […]
बझाङ- बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामीले आफ्नै पार्टीका युवा नेतालाई तथानाम गाली गरेर आलोचित बनेकी छिन् । उपाध्यक्ष ठगुन्ना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पनि हुन् । सामाजिक सञ्जालमा भ्रष्टाचार गरेर पैसा खाएको भनेर नाताले जेठाजु पर्ने राजु जाग्रीले ठगुन्नाको स्टाटसमा कमेन्ट लेखेपछि विवाद बढ्दै गएको हो । जाग्री केदारस्युँ ७ […]
काठमाडौँ । उपनिर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेपछि बैठक बस्न लागेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । सहमहामन्त्री महतका अनुसार पदाधिकारी बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट बन्ने उम्मेदवारका बारेमा छलफल केन्द्रीत […]
काठमाडौं । राष्ट्रिय जनमोर्चाले मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा नेकपासँग तालमेल गर्ने प्रस्ताव गरेको छ । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा बागलुङ र दाङको प्रदेशसभा निर्वाचन क्षेत्रमा तालमेल गर्न नेकपालाई प्रस्ताव पठाएको पार्टीकी प्रवक्ता दुर्गा पौडेलले जानकारी दिइन् । ‘उनीहरुसित तालमेल हुन सकेमा परस्परको समझदारीअनुसार हामीले कुनै क्षेत्रमा आफ्नो उम्मेदवार खडा गर्ने […]
बझाङ– दुर्गम गाँउपालीका साईपाल गाँउपालीका जनप्रतिनिधीहरु कार्यालय बन्द गरेर भम्रणमा निस्केका छन् । यसरी कार्यालय बन्द गरेर भ्रमणमा निस्कदा सेवाग्राही मर्कामा परेको साइपाल गाँउपालीका स्थानिवासीहरुले बताएका छन् । साईपाल गाँउपालीकाका स्थानियवासी दिपक बोहराले भने नागरीता सिफारीसको लागी अब चैनपुर धाउनुपर्ने हुन्छ जनप्रतिनिधहरु कार्यालय बन्द गरेर भ्रमणमा निस्केको सुनेको छु । चैनपुरमा जान आउन घरवाट तिन […]
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका कामलाई तिव्रता दिदै आर्थिक समृद्धि हासिल गर्ने दावी गरेपनि कार्यान्वयन भएको छैन्। विकास निर्माणका योजना कार्यान्वयनमा गत वर्षझै सरकारले कछुवा गती नै कायम राखेको पाईएको छ। गत आर्थिक वर्षको मध्य हुँदा समेत १६ प्रतिशतको हाराहारीमा विकास बजेट खर्च गरेको सरकारले यसवर्ष पनि अहिले सम्म योजना कार्यान्वयनमा लैजान […]
सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्याएसँगै तरंग पैदा भएको छ । सिंहदरबार जनताको घरदैलोमा ल्याउने भन्दै मुलुक संघीयतामा गयो । तर जनप्रतिनिधिहरुले आफू खुसी तलब भत्ता शक्तिको दुरुपयोग हुन थालेको भन्दै अधिवक्ता लोकेन्द्र बहादुर ओलीले रीट दायर गरेका थिए । उनको रीटको आगामी शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा तथा न्यायाधीशहरू […]