होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कास्कीको मतगणना फलामे तारजालीभित्र हुने
समाचार

कास्कीको मतगणना फलामे तारजालीभित्र हुने

  • नागरिक रैबार
कास्कीको मतगणना फलामे तारजालीभित्र हुने

पोखरा– कास्की –२ को मतगणना तारजालीभित्र हुने भएको छ ।शनिवार(आज) सम्मपन्न उपनिर्वाचन सकिएसँगै विभिन्न मत केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ । प्रारम्भिक नतिजा अनुसार ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले बताए ।

५ बजे मतदान सकिएर सहिदचोकस्थित जिल्ला समन्वय समितिमा मतपेटिका ल्याउने क्रम जारी रहेको हो । ८ बजे सर्वदलीय बैठक बसेर मतगणना थाल्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

कास्कीमा ११ दल र १० स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेकपा उम्मेदवार विद्या भट्टराई र कांग्रेस उम्मेदवार खेमराज पौडेलबीच मुख्य प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।

विज्ञापन

जिल्ला समन्वय समितिको सभाहलमा फलामे तारजालीभित्र मतगणनाको तयारी भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार