होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड हेलिकप्टर चढेको हामीलाई थाहा छैनः निर्वाचन आयोग
समाचार

प्रचण्ड हेलिकप्टर चढेको हामीलाई थाहा छैनः निर्वाचन आयोग

  • नागरिक रैबार
प्रचण्ड हेलिकप्टर चढेको हामीलाई थाहा छैनः निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले नेकपा अध्यक्ष प्रचण्ड हेलिकप्टर चढेर चुनाव प्रचारप्रसारका लागि हिँडेकोबारे आफूहरुलाई कुनै जानकारी नरहेको बताएको छ ।

आयोगले बुधबार उपनिर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव प्रचारका लागि हेलिकप्टर प्रयोग गरिनु आचारसंहिता विपरित हुने बताए ।

विज्ञापन

प्रचण्ड कास्कीलगायत उपचुनाव हुने क्षेत्रमा हेलिकप्टर चढेर पुगेकोबारे पत्रकारहरुले सोधेको जिज्ञासामा थपलियाले भने, ‘हामीलाई यसबारे औपचारिक रुपमा केही जानकारी आएको छैन । जानकारी आएका जानकारी गर्छौँ ।’

यस्तै उनले निर्वाचनसम्बन्धी विभिन्न १५ वटा उजुरी आयोगमा परेको जानकारी गराउँदै यसबारे छानबिन भइरहेको बताए ।उनले बुधबार राति १२ बजेदखि मौन अवधि सुरु हुने जानकारी दिँदै सो बीचमा कुनै पनि चुनाव प्रभाव पार्ने गतिविधि गर्नेमाथि कारबाही गरिने बताए ।

सो अवधिमा फेसबुकमार्फत पनि चुनाव प्रचार गर्न नपाइने उनले बताए । उनले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको सबै तयारी आयोगले पूरा गरेको पनि सो क्रममा जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार