होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा उपनिर्वाचन: हर्षोल्लासका साथ मतदान (फोटोसहित)
समाचार

बाजुरामा उपनिर्वाचन: हर्षोल्लासका साथ मतदान (फोटोसहित)

  • नागरिक रैबार
बाजुरामा उपनिर्वाचन: हर्षोल्लासका साथ मतदान (फोटोसहित)

नागरिक रैबार/ बाजुरा १४ मंसिर। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. १ को वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा स्थानीयहरुले शान्तिपूर्ण रुपमा हर्षोलासका साथ मतदाताहरुले मतदान गरेका छन् ।

छतारामा रहेको छतारादेवी आधारभुत विद्यालयकाे प्रागणमा विहान ७ बजेबाट सूरु भएको मतदान अहिले साँझ ५ बजेसम्म शान्तिपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

मतदान स्थलमा मतदाताहरुले उत्साहका साथ सहभागी भई आफ्नो उम्मेदवारलाई मत खसाल्न सफल भएका छन् । वडामा रहेका एक हजार ३९ जना मतदाता मध्ये सात सय २७ मत खसेको निर्वाचन अधिकृत भोलाराज रेग्मीले बताएका छन् । उहाँले बताए अनुसार तिमध्ये ३ सय ४४ जना पुरुष र ३ सय ८३ जना महिलाहरुले मतदान गरेको गरेका छन् भने ति मध्ये ३ सय १२ जनाको मत भने खस्न सकेन । रोजगारीका लागि भारतमा नोकरी गर्न गएका सो वडाका स्थानीयहरु मतदान गर्न नआएकाले मत नखसेको बताइएको छ ।

उप निर्वाचनको मतदान विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् । उपनिर्वाचनको मतदाताको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा गरेका थिए ।

त्रिवेणी नगरपालिका १ मा वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि नेकपाबाट मनराजे बुढा, नेपाली काँग्रेसबाट खगेन्द्र चंदारा र राप्रपाका मीनबहादुर ढोली गरी ३ जनाले उम्मेद्धारी दिएका थिए ।

तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटनामा परी मृत्यु भएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा मृतक नेपालीले ३ सय ६५ मत प्राप्त गरी विजयी भएका थिए ।

उप निर्वाचन सम्पन्न भएपछि कडा सुरक्षाका साथ मतपेटीकाहरु मुख्य निर्वाचन अकिकृतको कार्यालय त्रिवेणी नगरपालिकामा ल्याइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैठकपछि मत गणना सुरु गरिने र आज साँझै मतपरिणामको नतिजा आईसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार