होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदेश–३ लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठको सपथ आज हेटौंडामा
समाचार

प्रदेश–३ लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठको सपथ आज हेटौंडामा

  • नागरिक रैबार
प्रदेश–३ लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठको सपथ आज हेटौंडामा

हेटौंडा । प्रदेश नम्बर–३ को लोक सेवा आयोगको अध्यक्षमा सिफारिस पूर्व सचिव सुरेशमान श्रेष्ठको सपथ आज हेटौंडामा हुने भएको छ । आज दिउसो २–३० वजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम हुने भएको हो । यसअघिनै प्रदेशको लोकसेवा आयोगमा नियुक्त गर्नका लागि श्रेष्ठलाई सिफारिस गर्ने निर्णय भएको छ ।

आजको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका सवै मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर वानियाँ, मकवानपुरका विभीन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

नेपाल सरकारको निजामती सेवामा ३२ वर्ष तीन महिना काम गर्नु भएका श्रेष्ठलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नका लागि सिफारिस गर्ने निर्णय गर्नु भएको हो ।

विज्ञापन

यो निर्णय कार्तिक २७ गते बुधबार गरिएपनि प्रदेश सरकारले बाहिर भने ल्याएको छैन । अध्यक्षमा सिफारिस गरिएपनि महिला सहित दुईजना सदस्य भने प्रदेश सरकारले सिफारिस गर्न वाँकी छ । आयोगको अध्यक्षमा सिफारिस गरेसंगै प्रदेश ३ सरकारका संरचना र स्थानीय तहमा कर्मचारी भर्ना गर्ने बाटो समेत खुल्ने छ ।

मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेताले सिफारिस गरेपछी प्रदेश प्रमुखले नियुक्त गर्ने कानूनी व्यावस्था छ । आयोगको अध्यक्षमा सिफारिस हुनु भएका श्रेष्ठलाई प्रदेश प्रमुखले कहिले नियुक्त गर्ने भन्ने टुङ्गो भने लागिसकेको छैन । नियुक्ति दिए लगतै प्रदेश प्रमुखले सपथ पनि खुवाउनु हुने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार