होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • नक्सा होईन भुमि फिर्ता गर्छु भन्नेहरू के गर्दैछ्न ?
पत्रपत्रिका

नक्सा होईन भुमि फिर्ता गर्छु भन्नेहरू के गर्दैछ्न ?

  • नागरिक रैबार
नक्सा होईन भुमि फिर्ता गर्छु भन्नेहरू के गर्दैछ्न ?

सन १८१६को सुगौली सन्धिमा लिपुलेख,लिम्पियाधुरा,कालापानी नेपालको भुमिमा पर्छ।भारतले पटक पटक नेपालको सिमानामा हस्तक्षेप गरेको नया बिसय होइन।बि.स.२०१६ यता सगरमाथा लाई भारत र चीनले आफ्नो भनेर धारणा दिईरहदा तत्कालीन प्रधानमन्त्री मन्त्री बिपि कोइरालाले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माउत्सेतुङ,चिनिया प्रधानमन्त्री चाउ ऐन सङ्ग सगरमाथा नेपालको भएको स्पष्ट पार्दै विश्व मानचित्रमा आधिकारिक भएको थियो।

त्यस पश्चात् आदर्श पुरुष,संविधान पिता नेपाल देशका प्रधानमन्त्री स्व सुशील कोइराला ज्युले छिमेकी चीन र भारतका सिमा बिसयमा बिबाद मिलाउन वान टु वान बार्ता, प्रेस नोट संगै अहिलेसम्ममा रेकर्ड पठाउदा भारतले अस्विकार गर्यो, यहाँ सम्मकि उहाको राजकीय भ्रमण रद्ध भयो,२०३१को भुमिसुधार देखि अहिलेसम्मका प्रयास बिफल भए, भारत आफ्नो शक्तिको दुरुपयोग गर्दै जाने, नेपाली शासक हरु आफ्नो सरकारमा गुमनाम हुने, प्रतिपक्षमा हुदा मात्र ठूलो स्वर मच्चाउनले फरक पर्दैन,यति बेला नेपालको राष्ट्रिय राजनितीमा नेकपामा प्रधानमन्त्री केपि शर्मा ओलिले पार्टी र सत्ता बचाउन चिनियाँ शक्ति सङ्गको झुकाबको परिमाण स्वरुप भारतले बदला लिरहेको बुझ्न सकिन्छ।

विज्ञापन

साच्चिकै हाम्रा भुमी बचाउने, स्वतन्त्रत,स्वाभिमान,सार्बभौमसत्ता राज्य लागि देशका सबै नागरिक,राजनीति दल,नागरिक समाजको धारणा एक हुनुको विकल्प छैन,दुई महिना अघाडी नेपाल सरकारका परराष्ट तथा रक्षामन्त्री कालाको भ्रमणमा गयको, प्रधानमन्त्रीले नक्सा होईन भुमी फेर्ता गर्छु भन्नुले संबंधित बिसयमा सरकार आलटालमा रहेको स्पष्ट छ।

भुकम्पको आहालमा नाकाबन्दी,विश्व कोरोना संकटमा जुझिरहदा भारतले सिमा अतिक्रमणले सधाझै असल छिमेकी नीति, पन्चशिल,अन्तरास्ट्रिय कानुनको विरुद्ध छ।रोड धेरै ताते अब स्वतन्त्र सार्बभौमसत्ता राज्य नेपालका अब सबै नेपाली,राजनीति दल,सरकार मिलि अन्तरास्ट्रिय अदालत ,सयुक्त रास्ट्र संघ सम्म जानुको विकल्प छैन।

चुनाव ताका सम्माननिय प्रधानमन्त्री केपि ओलि ज्युले जननायक स्व बिपि कोइरालाको खिल्ली उडायको म सम्झन्छु। २०१६ अगाडि चीनले सगरमाथा आफ्नो भनी रहदा तत्कालीन प्रधानमन्त्री बिपि कोइरालाले चिनियाँ कम्युनिस्ट नेता माउत्सेतुङ र प्रधानमन्त्री चाउ ऐन सङ्ग वन टु वान बार्तामा सगरमाथा हाम्रो हो भनेर विश्व मानचित्रमा सगरमाथाको नक्सा नेपालमा जोडिएको थियो।बहालबाला प्रधानमन्त्री बोल्न सिपालु मात्र कि कामले पनि हुन हेर्न बाकी छ नेपालमा रास्ट्रबादिको परिक्षा ।
दुखका बेला दुख दिने छिमेकी असल छिमेक हुन सक्दैन। भुकम्पका बेला नाकाबन्दी, कोरोनाका बेला सिमा अतिक्रमण संगै नेपाल मा रहेका आफ्ना नागरिक लाई भारत फर्काउने निहुमा भारतमा रहेका सम्पुर्ण नेपाली नेपाल फर्काउने रणनीतिमा छ। समस्या सृजना गरि गलाउने बाटोमा छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार