होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमालेको माधव नेपाल समूहले बाजुरामा १ सय १ जनाको जिल्ला कमिटी बनाएको छ । एमालेको उक्त समूहले पार्टी स्थापना दिवसको अवसर पारेर सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकबाट बाजुरामा एमालेको १ सय १ जनाको जिल्ला कमिटी बनाएको हो । त्यस्तै प्रथम विस्तारित बैठकले ११ जनाको सल्लाहकार समिति समेत गठन […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमाले जिल्ला कमिटी बाजुराको ओली पक्षले जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका विरामीहरुलाई फलफुल र मास्क बाँडेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा उक्त पक्षले विरामीलाई फलफुल र मास्क बाँडेको हो । विहिबार पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमाले ओली पक्षका नेता जनक बोहराको नेतृत्वमा अस्पतालमा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच होटल मेरियटमा भेटवार्ता जारी छ । हिजो साँझ दुई घण्टा बढी कुराकानी गरेका ओली र नेपाल बीच अहिले पनि एक्लाएक्लै भेटवार्ता भइरहेको हो । भेटका क्रममा होटलबाटै धरहराको अवलोकन गरेको तस्वीर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका छन् । […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। बुढीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तथा नेकपा एमालेका जिल्ला कमिटी सदस्य भरत थापाले पूर्व उद्योगमन्त्री तथा नेकपा एमाले ओलीसमूहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई आफुसंगै वडामा वडा अध्यक्षमा सँगै लडाए आफुले चुनाव जितेर देखाउने चेतावनी दिएका छन् । विहिबार नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा सदरमुकाम […]
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्नेबारे खुल्न बाँकी रहेको छ । यद्यपि बुधबार साँझ भएको वार्तामा भने ठोस सहमति जुट्न सकेको थिएन ।मेरियटमा बुधबार साँझ […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका १५ जना नेताले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनको दिशामा लगेको भन्दै आफूहरु आफुहरुले त्यसलाई रोक्ने विभाजनबाट रोक्न चाहेको बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा माधव नेपाल, झलनाथ खनालसहितका १५ नेताहरुले सामुहिक रुपमा अपिल जारी गर्दै अध्यक्ष केपी ओलीले नेकपा एमालेलार्ई विभाजन, विघटन हुदै कम्युनिष्ट आन्दोलनकै […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमाले जिल्ला कमिटी बाजुराका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पार्टीका बाजुरा अध्यक्ष गगन रावल, सचिव पुरबहादुर रावत र उप-सचिव निरबहादुर शाहीलाई नेकपा एमालेका केन्द्रिय सदस्य प्रकाश शाहले एकैसाथ सपथ ग्रहण गराएका हुन् । नेकपा एमाले जिल्ला कमिटी बाजुराको प्रथम विस्तारित बैठकमा उनीहरु तिनै सहित जिल्ला कमिटीका सवै पदाधिकारीहरुलाई पनि […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमाले जिल्ला कमिटी बाजुराको प्रथम विस्तारित बैठक सदरमुकाम मार्तडीमा सूरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा उक्त विस्तारित बैठक पहिलोपटक मार्तडीमा बसेको हो । नेकपा एमाले बाजुराका जिल्ला कमिटी अध्यक्ष गगन रावलको अध्यक्षतामा बसेको बैठकमा एमालेका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री […]
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप लगाएका छन् । उनले नेपाल समूहले पार्टीमा उपद्रो गर्दै आएपनि भरसक अहिले पनि आफूहरु सम्झाउने प्रयासमा रहेको बताए । ‘हाम्राविरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर […]
९ वैशाख, काठमाडौं । नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार साँझ भेटवार्ता भएपछि नेता नेपाल आन्तरिक छलफलमा बसेका हुन् । एक नेताका अनुसार छलफलमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गर्दैछन् । ओलीसँगको भेटपछि पनि नेता नेपालले ‘साथीहरुसँग कुरा गरेर’ प्रतिक्रिया दिने […]
काठमाडाैं । नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय आज नयाँ भवनमा सर्दैछ । धुम्बाराहीस्थित पासाङल्याह्मु प्रतिष्ठानमा बस्दै आएको कार्यालय आजदेखि थापाथलीमा सर्न लागेकोे हो । दिउँसो ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । त्यसअघि भुकम्पले भत्काएको एमालेको पार्टी कार्यालय मदन नगर बल्खुमा नयाँ भवन निर्माणका लागि शिलान्यास […]
काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ । यद्यपि यो पार्टी स्थापनासँगै मनमोहन अधिकारी, […]
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । यसअघि गत कात्तिक २३ गते एक्लाएक्लै छलफल गरेका ओली र नेपाल पार्टीमा अनेकन उच्छालकुदपछि बुधबार संवादमा जुटेका हुन् । ओली र नेपाल पक्षीय नेताहरूबीच गत चैत १ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल तिक्ततापूर्वक सकिएपछि यी दुई समूह आआफ्नो बाटो […]
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सम्वादहिनताको अवस्था तोडिएको छ । लामो समयपछि दुई नेताबीच आज काठमाडौंस्थित् मेरियट होटेलमा दुई घण्टा लामो भेटवार्ता भयो । योसँगै एमालेका नेता तथा कार्यकर्ता पँक्तिमा भने उत्साह देखिएको छ । एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला भएको ओली र नेपालबीचको भेटवार्ताले पार्टी एकता […]
निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय सभातर्फको रिक्त पदका लागि उपनिर्वाचन गर्न प्रस्ताव गरेको हो । तर, सरकारले भने आयोगको प्रस्तावलाई सुनेको छैन । यस्तै प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका रिक्त पदमा […]
प्रतिनिधिसभा विघटनपछि सरकारविरुद्ध सडक आन्दोलन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत समर्थन फिर्ता लिन सकेको छैन । माओवादीको पटक–पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय लिन नसकेपछि समर्थन फिर्ता लिने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ । बुधबार बसेको माओवादीको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि […]
८ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो । बुधबार मात्र नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए । मंगलबार प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सांसदहरुलाई सांसद पदबाट किन […]
धनगढी । नेकपा एमालेका निलम्बित उपाध्यक्ष भीम रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टमाथि खनिएका छन्। माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका भटकाे नेकपा एमालेमा कुनै योगदान नरहेको भन्दै खनिएका हुन्। शनिबार धनगढीमा उत्पीडित जातीय मुक्ति समाज सुदुरपश्चिमले आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता रावलले भने, “जसले पार्टीका लागि पसिना बगायो। भोग भोकै […]
नेपाली काँग्रेसले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने विश्लेषण गरेको छ । सो पार्टीले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएकाले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति […]
८ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने भएको छ । बुधबार दिउँसो बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले भोलि अपिल जारी गर्ने निर्णय गरेको हो । ‘पार्टी स्थापना दिवसको अवसर पारेर भोलि एकताको आह्वानसहित अपिल जारी गर्छौं,’ एक नेताले भने । उनका अनुसार पार्टीभित्रको विवाद कसरी र […]