होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओली–नेपालबीचको वार्ता सकियो
राजनीति

ओली–नेपालबीचको वार्ता सकियो

  • नागरिक रैबार
ओली–नेपालबीचको वार्ता सकियो

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्नेबारे खुल्न बाँकी रहेको छ ।

यद्यपि बुधबार साँझ भएको वार्तामा भने ठोस सहमति जुट्न सकेको थिएन ।मेरियटमा बुधबार साँझ करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान वार्ता भएको थियो ।

पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो । सत्तारुढ दल नेकपा एमालेमा भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तालाई महत्वको साथ हेरिँदै आएको छ ।

विज्ञापन

भेटपछि दुबै नेता प्रफुल्ल मुद्रामा होटलबाट बाहिरिएका थिए । तर कसैले पनि वार्ताबारे प्रतिक्रिया भने दिएका थिएनन् ।

गत चैत २ गते एमाले कार्यालय धुम्बाराहीमा भएको भेटवार्ता भएपछि पहिलो पटक ओली र नेपालबीच बुधबार वार्ता हुन पुगेको थियो भने आज त्यसैलाइ निरन्तरता दिइएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार