होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भिम रावलले लेखराजलाई भने, जसको सिङ छैन उसको नाम तिखे !
समाचार

भिम रावलले लेखराजलाई भने, जसको सिङ छैन उसको नाम तिखे !

  • नागरिक रैबार
भिम रावलले लेखराजलाई भने, जसको सिङ छैन उसको नाम तिखे !

धनगढी । नेकपा एमालेका निलम्बित उपाध्यक्ष भीम रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टमाथि खनिएका छन्। माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका भटकाे नेकपा एमालेमा कुनै योगदान नरहेको भन्दै खनिएका हुन्।

 

शनिबार धनगढीमा उत्पीडित जातीय मुक्ति समाज सुदुरपश्चिमले आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता रावलले भने, “जसले पार्टीका लागि पसिना बगायो। भोग भोकै डाँडाकाँडा र बस्ती घुम्यो संगठन विस्तार गर्यो, उसलाई पार्टीबाट निष्कासन गर्ने तर जसले एमालेको लागि सिन्को समेत नभाँचेका व्यक्तिलाई प्रदेश इन्चार्ज बनाइएको छ। यसैलाई भन्छन्, जसको सिङ छैन, उसको नाम तिखे।

विज्ञापन

२०३५ साल देखि ०४७ सालसम्म नेकपा माले रहेको भन्दै परिस्थिति अनुसार पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन हुन सक्ने उनले बताए । केही गरी एमाले पार्टीको नाम बदल्नु परे पनि हाम्रो अर्को पार्टी कसरी हुन्छ रु पछिल्लो समय यस्ता प्रश्न आइरहेका छन्,’ रावलले भने, ‘आजभन्दा ३ वर्ष अहिले कुन पार्टीमा काम गर्‍यौँ  र नेकपा एमाले थियो  नेपाल कम्युनिस्ट पार्टी थियो ।

 

उनले थपे, ‘जब हामी नेकपा र माओवादी मिल्यौं, तपाईंहरुले हँसिया हतौडामा पनि भोट दिनु भयो । अनि माओवादी केन्द्रकाले पनि सूर्य चिन्हमा भोट हालेका त हुन् । त्यस्तै नेता रावलले प्रधानमन्त्री तथा पार्टी केपी शर्मा ओलीलाई पार्टीको विधान मिचेको र विदेशीको अगाडि झुकेको आरोप लगाएका छन्। देशमा राजनीतिक स्थिरता, अराजकता र पार्टीमा फुट ल्याउने ओली नै रहेको नेता रावलको भनाइ छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार