होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२२ जेठ, काठमाडौं । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष शुक्रबार सरकारमा सहभागी भएपछि सोही पार्टीका अर्का नेता डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका छन् । सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा […]
काठमाडौं। नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले संविधान संशोधन गर्न गठित कार्यदल राष्ट्रघाती भएको बताएका छन्। दुई पटक संविधानसभाको निर्वाचन भई जनताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको रावलले बताए। ‘संविधान संशोधन कार्यदल राष्ट्रघात र जनघात हो। कामचलाउ प्रधानमन्त्रीको यो कार्य लोकतान्त्रिक मान्यता विरोधी […]
नेकपा एमाले झलनाथ खनाल– माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ । शनिबार मध्यान्ह १२ बजे भर्चुअल मिटिङले विहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले रातोपाटीलाई जानकारी दिइन् । विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । उनका अनुसार केन्द्रीय कमिटी […]
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । उनले आज जनता समाजवादी पार्टीलाई सरकारमा समावेश गरी मन्त्रिमण्डल पुर्नगठन गरेका हुन् ।मन्त्रिमण्डलमा यसअघि नेकपा एमालेबाट मन्त्री रहेकाहरु पनि दोहोरिएका छन् । नयाँ अनुहारलाई पनि ओलीले मन्त्री बनाएका छन् । एमालेबाट मन्त्री भएकाहरु विष्णु पौडेल, उपप्रधान तथा अर्थमन्त्री रघुवीर महासेठ, उपप्रधानसहित परराष्ट्रमन्त्री […]
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)को महन्थ–राजेन्द्र पक्ष सरकारमा सहभागी भएपछि एमालेको तर्फबाट मन्त्री बनेका ३ जना हटाइने भएका छन्। वन तथा वातावरण मन्त्री प्रेम आले, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङफे र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो मन्त्रीबाट हटाइन लागेका हुन्। स्रोतका अनुसार जसपाका लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा […]
एक साताभित्र वार्ता टुंगो नलागे नयाँ क्रान्तिकारी पार्टी घोषणा गर्ने उद्घोष गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफू एकताबद्ध एमालेको विपक्षमा नरहेको बताएका छन् । शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा समापन मन्तव्य राख्दै उनले एमालेको एकताकै पक्षमा आफू पनि रहेको बताएका हुन् । एकताका लागि भने उनले सर्त अघि सारेका छन् । लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको […]
२१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्नेछन् । […]
पोखरा । गण्डकी प्रदेशको सांसदबाट पार्टीले हटाएपछि जनमोर्चाका कृष्ण थापा सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । पार्टी निर्देशन विरुद्ध लागेको भन्दै जनमोर्चाले उनलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको थियो । जनमोर्चाले बिहीबार उनलाई सांसदबाट हटाउन प्रदेशसभा सचिवालय र सभामुख […]
काठमाडौं, २१ जेठ । मधेशवादी दुई दलहरु राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर एक वर्ष अघि बनेको जनता समाजवादी पार्टी चुनावको मुखमा फुटको संघारमा छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला नगरे अबको ५ महिनामा देश चुनावमा जान्छ । विघटनको पक्षमा फैसला गरेपनि अर्को वर्ष आवधिक चुनावमा देश जाने नै छ । […]
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुट मानव सभ्यताको कलंक भएको बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानव सभ्यताको कलंकका रुपमा रहेको छुवाछुत प्रथालाई कानुनी रुपमा अन्त्य गरेको बताए । ‘यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ-आफ्नो स्थानबाट सक्रिय रहन यस अवसरमा म सबैमा हार्दिक आह्वान […]
नागरिक रैबार/बाजुरा २१ जेठ। सुदूरुपश्चिम प्रदेश सरकारका एमालेका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहलाई प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४८ घण्टे स्पष्टिकरण सोधेका छन् । मन्त्री शाहलाई पार्टी स्थायी कमिटीको निणर्य विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर अध्यक्ष ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् । […]
२१ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ । बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र […]
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ ।कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न शुक्रबार बैठक बोलाइएको हो । कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेर बैठक बस्न लागेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।विविध विषयअन्तर्गत […]
काठमाडौँ– नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार अहिले रिक्त रहेका सामाजिक विकास मन्त्रालय र उर्जा तथा जलस्रोत मन्त्रालयमा कांग्रेसले दुईजना सांसदलाई मन्त्री बनाउने भएको हो । नेता शाहीले दिएको जानकारीअनुसार सामाजिक विकास मन्त्रालयमा सुर्खेतका यज्ञहादुर बीसी र उर्जा तथा जलस्रोतमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई […]
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।
काठमाडौं, २० जेठ । नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतम अझै तटस्थ छन् । उनी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमध्ये कुनैपनि पक्षमा खुलेका छैनन् ।ओलीले गौतमलाई स्थायी कमिटी सदस्य बनाएपनि अस्वीकार गरे । नेपाल समूहले बैठकमा डाकेपनि गएका छैनन् । उनले एकता अभियान जारी राखेका छन् । गौतमले एमालेका ओली र नेपाल […]
काठमाडौं, २० जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताएका छन् । आज एमालेको ओलीविरोधी समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले तत्काल नयाँ पार्टी खोल्नुपर्ने बताएका हुन् । ‘केपी ओलीले विधि विधान सबै उल्लंघन गरिसके अब मिल्न सकिदैन,’ भर्चुअल बैठकमा खनालको […]
काठमाडौं, २० जेठ । नेकपा एमालेको माधवकुमार नेपाल निकट नेताहरुको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । बैठकमा बोल्ने अधिकांश नेताहरुले ओलीले सहमतिका नाममा अलमलाउन खोजेको निष्कर्ष समेत निकालेका छन् । पार्टी विधि र विधानलाई समेतको धज्जी उडाएर ओलीले एकपछि अर्को कदम चालिरहेको भन्दै नेताहरुले कुनै कार्डबाट अलमलिन नहुने समेत […]
२० जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । दिउँसो चार बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बुधबार बोलाइएको बैठक पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए । मंगलबारको बैठकले भने अन्तिम समयसम्म एकताको प्रयास गर्ने निर्णय […]
राष्ट्रिय जनमोर्चा (राजमो)गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ । बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ । राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र राजमोकी दलको नेता पियारी थापाले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापाको प्रदेशसभा सदस्य पद खारेजीका सचिवालयमा पत्र बुझाएका हुन् । आजै […]