होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बामदेव अझै तटस्थ, विभाजन रोक्न सक्रिय
राजनीति

बामदेव अझै तटस्थ, विभाजन रोक्न सक्रिय

  • नागरिक रैबार
बामदेव अझै तटस्थ, विभाजन रोक्न सक्रिय

काठमाडौं, २० जेठ । नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतम अझै तटस्थ छन् । उनी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमध्ये कुनैपनि पक्षमा खुलेका छैनन् ।ओलीले गौतमलाई स्थायी कमिटी सदस्य बनाएपनि अस्वीकार गरे । नेपाल समूहले बैठकमा डाकेपनि गएका छैनन् । उनले एकता अभियान जारी राखेका छन् ।

गौतमले एमालेका ओली र नेपाल पक्षीय मध्यमार्गी नेताहरुसँग नियमित छलफल गर्दै आएका छन् । अर्थमन्त्री विष्णु पौडेलसँग उनले नियमित छलफल गरी एकताको पहल गरिरहेका छन् । नेपाल पक्षका नेताका रुपमा परिचित सुरेन्द्र पाण्डे र योगेश भट्टराईसँग पनि गौतमको नियमित कुराकानी चल्दै आएको छ । यी नेताहरु एमाले फुट्न नदिन सक्रिय छन् ।

विगतमा एमाले फुटाएर माले गठन गरेका गौतमले विभाजनको ठूलो असर पर्ने भन्दै गम्भीर हुन दुवै पक्षलाई आग्रह गर्दै आएका छन् । अन्तिम समयसम्म एमाले एकता कायमै राख्ने र माओवादीसँग पनि एकता निर्माण गर्ने उनको प्रयास चल्दै आएको छ ।

विज्ञापन

गौतम एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन् । उनले ओलीलाई अध्यक्ष जिताउन मुख्य भूमिका निभाएका थिए । एमालेभित्र ओली र नेपाल पछि बलियो गुट भएका नेताका रुपमा गौतमलाई चिनिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार