होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
राजनीति

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

  • नागरिक रैबार
खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले झलनाथ खनाल– माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ । शनिबार मध्यान्ह १२ बजे भर्चुअल मिटिङले विहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले रातोपाटीलाई जानकारी दिइन् ।

विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । उनका अनुसार केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

साथै पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने बैठकको निष्कर्ष छ ।

विज्ञापन

बैठकमा सहभागी बहुसंख्यक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीले अझै जालझेल र दाउपेच गरेर समूहलाई कमजोर बनाउने चलखेल गरिरहेकाले सकभर निश्चित समयसीमा तोकेरै वार्ता गर्नुपर्नेमा जोड दिएका थिए ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक शाक्यले बताइन् ।

उनले भनिन्, ‘केपी ओली एमालेका लागि मात्र होइन, देशकै लागि बोझ भइसके । अब अब हामीले पनि आफ्नो दिशा तयार गर्नुपर्ने बेला भएको छ । आजको बैठकमा यसबारे गम्भीर छलफल हुन्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार