होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन्। गोरखा सदरमुकाममा शनिबार आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए। ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौं, मुलुकमा परिवर्तन गर्न हिँडेका हौं,’ उनले भने। नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रूपमा हेरेको उनको […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको विषयमा छलफल हुने बताइएको छ । साथै प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउनेछन् ।प्रधानमन्त्री प्रचण्ड […]
काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन् । बिहीबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले स्वर्गीय नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताए । उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताए । उनले […]
काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बांै लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई ऋण नदिएको अध्यक्ष ओलीको भनाई थियो । उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि […]
हेटौंडा : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले दबाब महसुस गरिरहेको बताएका छन्। आतबार हेटौंडामा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै दाहालले सरकार भ्रष्टाचार, बेथिती र कुशासनविरुद्धको अभियानमा भएकाले सरकार र आफूविरुद्ध दबाब बढाउन एक समूह नै लागिपरेको बताएका बताए। उनले भने, ‘सरकारविरुद्ध एक प्रकारको दबाब महसुस भइरहेको छ।’ उनले परिवर्तनको रक्षा र समाजवादी अभियानलाई […]
हेटौंडा : नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अब वर्तमान सरकारको विकल्प खोज्नुपर्ने समय भएको बताएका छन्।आइतबार हेटौंडामा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबीसमेत गरे। उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक हुँदै गएको र जातीय, धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउन खोजेको आरोप लगाए।‘देशमा […]
धनगढी । दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।व्याँस गाउँपालिका-१ को छयाँलेकमा सशस्त्र प्रहरीले शुक्रबार बीओपी स्थापना गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बर बिष्टले तिङ्करमा स्थापना गरिएको बीओपीको सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल (एआईजी)ले विधिवत् रूपमा शुक्रबार उद्घाटन […]
धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी र नाम सुदू्रश्चिम प्रदेश फेर्न बर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारले छलफल थालेको हो । तत्कालीन माओवादी नेतृत्व (नेकपा) को सरकारले तोकेको राजधानी र नाममा नेपाली कांग्रेसले त्यतिबेलै बिरोध जनाएर सडकमा उत्रेको थियो । तर, […]
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन दलबीच भइरहेको छलफल सहमति उन्मुख रहेको नेताहरुले बताएका छन् । तीन दलका दोस्रो तहका नेताहरुको छलफलका आधारमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमतिको मस्यौदा तयार पारेको छ । त्यसमाथि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच […]
सर्वसम्मत नेतृत्व चयन हुन नसकेको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पदाधिकारीका लागी १५ जनाको उम्मेदवारी परेको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षमा निवर्तमान अध्यक्षसमेत रहेका पाल्पाका राधाकृष्ण कँँडेल र प्युठानका हरि रिजालको उम्मेदवारी परेको छ। कँँडेल र रिजालले […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने गरी बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी माघ १४ गतेदेखि सुरु हुने पार्टीको दसौँ महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठकले रिक्त स्थानमा केही नेताहरूलाई […]
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बस्नेगरी बैठक बोलाइएको भए पनि समय भने तय गरिएको छैन । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।बैठकमा आउँदो माघमा तय भएको महाधिवेशनको तयारी र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि छलफल हुनसक्ने बताइएको छ । खबरहवबाट
सुर्खेत । समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समितिको घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो । समितिमा समाजवादी मोर्चामा आवद्ध दलको सिफारिसमा तीन/तीन जना सदस्य रहेका छन् । जसमा नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष बिमला केसी, कृष्ण बहादुर जिसी र दिनेश चँदारा रहेका छन् […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ५ असोजदेखि हुने चीन भ्रमणमा बिजुलीका एजेण्डाहरुले प्राथमिकता पाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार चीनसँग विद्युत व्यापार थालनी गर्ने प्रारम्भिक समझदारी गर्ने र विद्युत व्यापारको पूर्वाधार निर्माणलाई गति दिने विषयमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनेछ । भारतले चिनियाँ लगानीका र चिनियाँ ठेकेदारले काम गरेका आयोजनाको बिजुली […]
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार साँझ ६ बजेका लागि बैठक बोलाइएको छ । गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरेपछि सो गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी (जसपा नेपाल) […]
काठमाडौं, ३१ साउन । नेकपा (एमाले) ले पार्टीको कार्यक्रममा कसैलाई पनि आसन ग्रहण नगराउने भएको छ ।गत सोमबार बसेको पार्टीको सचिवालय बैठकले पार्टीको बैठकमा कसैलाई पनि आसन ग्रहण नगराउने निर्णय गरेको हो ।कार्यक्रममा व्याच, खादा लगायतका व्यवस्था पनि हटाउँदै लैजाने एमालेले बताएको छ । रिपोर्टस् क्लवनेपाल बाट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति […]
काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । काठमाडौंमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको आइतबार बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाएर उक्त मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए । जनमत पार्टीले यसअघि नै मन्त्रीको नाम सिफारिस गरिसकेको र प्रधानमन्त्री […]
काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् । राजीनामा दिन बाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो भएको उनको भनाइ छ […]