होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — नेकपा एमाले फुटको असर देशका सातै प्रदेशमा देखिएको छ । अधिकांश प्रदेशमा केपी शर्मा ओली पक्ष हावी देखिएको छ । कतिपय स्थानमा विगतमा माधवकुमार नेपालको समर्थनमा रहेका नेताहरू नयाँ पार्टीको पनि पक्षमा नखुलिसकेकाले फुटको स्पष्ट चित्र आउन केही दिन लाग्ने देखिएको छ । अहिलेकै अवस्थामा भने प्रदेश २ मा नेपाल पक्ष बलियो देखिएको छ भने लुम्बिनीमा […]
धनगढी : सुदूरपश्चिममा एमालेका उपाध्यक्ष भीम रावलको प्रभाव बलियो छ। विगतदेखि नै माधवकुमार नेपाललाई साथ दिदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थ जस्तै देखिएका छन्। उनले नेपालको साथ छोडेको चर्चा पनि छ। रावलले नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्तामा पनि साथ दिएनन्। उपाध्यक्ष रावलले साथ छोडेका कारण माधव नेपालले सुदूरपश्चिमका प्रदेशसभा […]
नागरिक रैबार/बाजुरा २ भदाै । अध्यादेशविरुद्धको प्रदर्शनमा प्रहरीकाे लाठी चार्जपछि अनेरास्ववियुका विद्यार्थी नेता नरेश राेकाया घाईते भएका छन् । प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा विद्यार्थी नेता राेकाया सहित दर्जनभन्दा बढी अनेरास्ववियुका विद्यार्थी घाईते भएका हुन् । बुधबार दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा उत्रिएका नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रहरीबीच झडप भएकाे थियाे । काठमाडौंको प्रदर्शनीमार्गस्थित […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले माधवकुमार नेपाललाई साथ दिएकी छन् । प्रदेश सरकारको प्रवक्तासमेत रहेकी जोशी नेपालले दर्ता गराएको एमाले (समाजवादी) पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा छिन् । जोशीसँगै प्रदेशसभा सदस्य एंवम् पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पनि माधव नेपाललाई साथ दिएकी छन् । […]
धनगढी: बुधबार नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन्। यस्तै एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमका २ सांसद प्रेम […]
ओली र नेपालबीच सुरुवाती सम्बन्ध; माधवकुमार नेपाल बिराटनगरको रानीस्थित एउटा बैंकमा लेखापाल हुनुहुन्थ्यो । वीरगञ्जमा कलेज पढ्दादेखि नै उहाँ वाम समर्थक हुनुहुँदोरहेछ । पछि बैंकको कर्मचारी हुँदा पनि उहाँमा अलिअलि राजनीतिक चासो भइरहेका कारण राजनीति वरिपरिका वाम समर्थकसँग उहाँको सम्पर्क रहेछ । त्यही क्रममा हामी झापालीहरुको सम्पर्क माधव नेपालजीसँग भयो । २०२९ सालतिर ओलीजी र […]
काठमाडौं : नेकपा (एमाले)का नेता माधवकुमार नेपाल नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा पुगेका छन्। नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराइसकेको छ। नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राखेको छ। नेकपा एमाले समाजवादी पार्टीमा नेता नेपाललाई नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको नेता राजेन्द्र पाण्डेले […]
हटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए । वाग्मती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ । प्रदेशमा एमालेका ५६ जना सांसद छन् । १ सय १० सदस्यीय प्रदेशसभामा एक स्थान रिक्त रहेको छ । एमाले सांसद पशुपति चौलागाईंको निधन भएको कारण रिक्त […]
जसपाका असन्तुष्ट नेता महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।नयाँ दल दर्ताका लागि महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरू निर्वाचन आयोगसँग परामर्श गरिरहेका छन् । उनीहरूले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखेर दर्ता गर्दैछन् । र, उक्त पार्टीको निर्वाचन चिह्न साइकल हुनेछ । ठाकुर समूहमा १२ जना सांसद […]
धनगढी : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ। संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेसंगै नेपाल समूहले नयाँ दल दर्ता गर्ने तयारी गरेको हो। नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी […]
काठमाडौँः नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ।पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको मेटमणि चौधरीले जानकारी दिए। ‘निर्वाचन आयोगले दर्ता गरेको छ। अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने।
अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सकिएपछि एमालेको असन्तुष्ट पक्ष (माधव नेपाल समूह) नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको छ । सरकारले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो हुने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै एमालेको माधव नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको हो । मंगलबार सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न राष्ट्रपति […]
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश शीतल निवास पुगिसकेको र आजै जारी गर्ने तयारीमा राष्ट्रपति रहेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रक्रियाअनुसार आजै राष्ट्रपतिले अध्यादेश जारी गर्ने तयारी गरेको बताए । ‘सिफारिस राष्ट्रपतिज्यू कहाँ आइपुगेको छ’, उनले […]
काठमाडौं, भदौ २ । नेकपा एमालेका नेता डा. विजय पौडेलले माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता हुने नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न किताब हुने बताएका छन् । पार्टी एकताका लागि अधिकतम प्रयास गर्दा पनि विभाजन हुने स्थिति आएको उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई […]
नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गर्दै संसद सचिवालयलाई पत्र पठाएको छ । एमालेले पठाएको यो पत्रको प्रक्रिया अब के हुन्छ ? पार्टीले गरेको कारवाही सदर हुन्छ कि हुँदैन ? यसबारेमा राजनीतिक वृत्तमा चासो बढेको छ । एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय भन्दै माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द […]
सरकारले मंगलबार ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश बुधबार बिहानसम्म राष्ट्रपति कार्यालय शीतलनिवासमा अड्किएर बसेको छ । देउवा सरकारले चालेको यो कदमको चौतर्फी विरोध भएको छ । सरकारी निर्णयको प्रतिरक्षामा कसैले पनि खुलेर बोल्न सकेको छैन । सरकार सर्वत्र आलोचनाको शिकार बनेको छ । बुधबार बिहान प्रकाशित मूलधारका पत्रपत्रिकाले सम्पादकीय लेखेर अध्यादेश ल्याउने सरकारी निर्णयको विरोध […]
धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकटका सांसद र नेताको छुट्टै भेला आयोजना गरेका छन्। भेलामा सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद र नेताको सहभागीता रहेको छ। रावलले पार्टी विभाजन हुने स्थितिमा के गर्ने, कुन पक्षमा लाग्ने भन्ने विषयमा परामर्श थालेका हुन्। पार्टी विवादको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित रावल […]
१ भदौ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । भेलामा नेता नेपाल पनि सहभागी छन् । एमालेका एक सांसदका अनुसार उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन् । ‘आगामी योजनाबारे छलफल गर्न हामीहरु भेला भएका छौं,’ एमाले एक सांसदले भने ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकलेकेन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न […]
१ भदौ, काठमाडौं । नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।आज बसेको पार्टी स्थायी कमिटीको बैठकले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको छ । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद […]