होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भीम रावल माधव नेपालको नयाँ पार्टीमा नजाने !
देश/प्रदेश

भीम रावल माधव नेपालको नयाँ पार्टीमा नजाने !

  • नागरिक रैबार
भीम रावल माधव नेपालको नयाँ पार्टीमा नजाने !

धनगढी : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ। संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेसंगै नेपाल समूहले नयाँ दल दर्ता गर्ने तयारी गरेको हो।

नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ। तर नेपाल पक्षमा खुलेका केही स्थायी कमिटी सदस्यहरू नेपालले गठन गर्ने नयाँ पार्टीमा सहभागी नहुने सम्भावना बढेको छ। एमाले उपाध्यक्ष भीम रावलसहित केही स्थायी कमिटी सदस्यहरु नेपालको नयाँ पार्टीमा नजाने सम्भावना बढेको हो।

अहिले नेपाल पक्षका नेताहरू अहिले बानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन्। जहाँ नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरू छलफलमा छन्। तर, उपाध्यक्ष रावल भेलामा पनि गएका छैनन्। मंगलबार साँझ सामाजिक सञ्जालमार्फत रावलले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर देशलाई अस्थिर तुल्याउने खेल भइरहेको बताएका थिए। उनले अघिल्लो सरकारले दल विभाजन अध्यादेश ल्याउँदा अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू त्यही बाटोमा हिँड्न खोजेको बताएका छन्।

विज्ञापन

‘दल विभाजन सम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहीत स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो। विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन,’ उनले प्रश्न गरेका छन्। उपाध्यक्ष रावलले २०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का किन नरहेको होला भन्ने प्रश्न पनि गरेका छन्। ‘२०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन?,’ उनले भने। रावलको पछिल्लो धारणाले उनी ओली पक्षमा रहने देखिन्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार