होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ६ भदौ ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको आईतबार मार्तडीको अपि होटेलमा बसेको पार्टीको पूर्ण बैठकमा दुई जना सचिवको टुँगो नलाग्दा बैठकको कार्यक्रम अध्यक्ष काली बहादुर शाहीले चलाएका छन् । नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेब रेग्मी हुँदाहुँदै नेकपा माओबादी केन्द्रका सचिवलाई मनोनित गरेर दुई जना सचिव पार्टीले पाएसँगै यसो गरिएको एक जिल्ला कमिटी […]
६ भदौ, धनगढी। नेकपा एमाले छाडेर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि सुदूरपश्चिममा उनी निकटका नेता अलमलमा परेका छन् । केन्द्रमा माधव नेपाललाई साथ दिँदै आएका भीम रावल तटस्थ बसेपछि सुदूरपश्चिममा त्यसको प्रभाव देखिएको हो । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित २५ सांसदमध्ये सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए । तर […]
नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले बुढीनन्दा नगर कमिटीको इन्चार्जमा राजन रोकायालाई जिम्मेवारी दिएको छ ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको सदरमुकाम मार्तडीमा आइतबार बसेको पूर्ण बैठकले बुढीनन्दा नगरपालिका ४ का वडा अध्यक्ष समेत रहेका रोकायालाई नगर कमिटीको इन्चार्जको जिम्मेवारी दिईएको हो । एमाले जिल्ला कमिटीको पूर्ण बैठकले बुढीनन्दा नगर कमिटीको इन्चार्जमा आफुलाई जिम्मेवारी दिएको नेता […]
नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको पूर्ण बैठक बाजुराको सदरमुकाम मार्तडीमा सूरु भएको छ ।मार्तडीको अपि होटलमा एमाले जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा सूरु भएको बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य बलदेव रेग्मी लगायत जिल्ला स्तरका नेताहरुको […]
काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्री हुनेको नामावली पनि टुंग्याउने सम्भावना छ । यसअतिरिक्त आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।
काठमाडौं, भदौ ६ । माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । स्थायी कमिटीका सदस्यहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले शनिबार बालकोटस्थित ओली निवासमै पुगेर अध्यक्ष ओलीसँग यस्तो आग्रह गरेका हुन् । तर, अध्यक्ष ओलीले १० बुँदे […]
काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि नेता नेपालसँगै ५८ केन्द्रीय सदस्यहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले सनाखतका लागि बुधवारको समय […]
नेपालका प्रसिद्ध लोकतान्त्रिक समाजवादी नेता बीपी कोइरालाको नेपाली कंग्रेस पार्टी फेरि सत्तामा छ । सरकारको गठबन्धन दलहरू समाजवादको पक्षमा छन् । नेपालका चरम दक्षिणपन्थीदेखि चरम वामपन्थी कम्युनिस्ट राजनीतिक दलहरू समाजवादको वकालत त गर्छन् तर, उनीहरूमा उपयुक्त शब्दावली, उपकरण, प्रक्रिया र तालमेलको अभाव देखिन्छ । लोककल्याणकारी नीति, प्रणाली र राजनैतिक दृढसंकल्पको समेत अभाव देखिएको छ । […]
नागरिक रैबार/बाजुरा ५ भदौ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा एक वर्षपछि सदरमुकाम मार्तडीमा आईपुगेका छन् । प्रदेश अध्यक्ष थापा नेकपा एमाले जिल्ला कमिटी बाजुराको विस्तारित बैठकमा सहभागि हुन एक वर्षपछि बाजुरा सदरमुकाम मार्तडी आईपुगेका हुन् । निरन्तरको वर्षासंगै सडकमाथिबाट खसेको पहिरोका कारण करिव ३ महिनादेखि अवरुद्ध बनेको साँफे–मार्तडी सडक खण्डको स्थलगत अनुगमनसहित […]
काठमाडौं । नेकपा एमालेबाट अलग भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन आयोगमा पार्टी नाम परिवर्तन सहित निवेदन दिएका छन् । बुधबार नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएको भएपनि आयोगले अर्को नाम ल्याउन भनेपछि नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ । ‘एमाले राख्न नदिइएपछि हामीले नयाँ नाम प्रस्ताव गरेका छौं । चुनाव चिन्हबारे छलफल चलिरहेको छ’, […]
बारामा स्थानीय तहका एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् । पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै उक्त समूहले हातपात […]
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]
नागरिक रैबार/बाजुरा ३ भदौ। नेकपा एमाले (समाजबादी) पार्टीका नेता तथा पूर्व माधव समूहका जिल्ला कमिटी सचिव पुरबहादुर रावतले नेकपा एमाले (समाजबादी) पार्टी बाजुरामा झन बलियो बन्ने दावी गरेका छन् । बुधबार नागरिक रैबारको “खासकुरा” विषेशमा बोल्दै नेता रावतले सो कुराको दावी गरेका हुन् । यस अघि बाजुरामा नेकपा एमालेको माधव समूहले गठन गरेको समानान्तर कमिटीको […]
धनगढी : केपी शर्मा ओली र माधवकुमार नेपालबीच दूरी बढेदेखि नै सुदूरपश्चिमका अधिकांश प्रदेश सांसदले नेपाललाई साथ दिदै आएका छन्। पछिल्लो समय माओवादी नेतृत्वको प्रदेश सरकारले विश्वासको मत पाउँदा एमालेका १७ जना माधव समूह र ७ जना ओली पक्षमा खुलेका थिए। पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको बताएका छन् । बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताए । उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको बताएका हुन् । ‘अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि […]
चन्द्रकिशाेर । विचार । भारतीय कवि सर्वेश्वरदयाल सक्सेनाको एउटा प्रसिद्ध कविता छ— देश कागजमा कोरिएको नक्सा होइन । त्यसमा कविले भनेका छन्, ‘यदि तुम्हारे घर के/एक कमरे में आग लगी हो/तो क्या तुम/दूसरे कमरे में सो सकते हो ?/यदि तुम्हारे घर के एक कमरे में/लाशें सड रहीं हों/तो क्या तुम/दूसरे कमरे में प्रार्थना कर सकते हो ?/यदि हाँ/तो […]
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकतालाई कायम राख्न सबैको समर्थनमा आफू मुख्यमन्त्री बनेको बताएकी छन् । बुधबार राति बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंको कार्यालयमा मुख्यमन्त्री नियुक्त भई सपथ ग्रहणपछि पत्रकारसंगको कुराकानीमा उनले केन्द्रीय नेतृत्वलाई एकताको सन्देश दिने उद्देश्यका साथ प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र एमालेका सबै सांसदहरुको समर्थनमा आफू मुख्यमन्त्री भएको […]
काठमाडौँ — पाँच दशक दुःख गरेको पार्टी परित्याग गरेर वरिष्ठ नेता माधव नेपालले नयाँ दुःख बेसाएका छन् । तर, यो विभाजनपछि नेपालले मात्र होइन, शक्तिशाली भनिएका अध्यक्ष केपी शर्मा ओलीले पनि धेरै गुमाएका छन् । २०७४ को निर्वाचनपछि ओली नेतृत्वमा यति शक्तिशाली सरकार बनेको थियो, त्यस्तो दुर्लभ अवसर ६० वर्षअघि बीपी कोइरालाले मात्र प्राप्त गरेका थिए । तर, […]
२३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाविपरीत ओलीले २८ फागुनमा जुन निर्णय गर्नुभयो, त्यो अवैध छ भन्दै आएका छौँ । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनविपरीत, पार्टी विधानविपरीत र सर्वोच्चको फैसलाविपरीत भएका कारण त्यो अवैध छ भन्ने थियो । ओलीजीले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर कथित दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अध्यक्ष हुँ भनेर जे भन्नुभएको थियो, […]